रौतहट, असार २६ गते । गौर नगरपालिका १ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रूपियाँ र २ लाख १५ हजार ५ सय भारतीय रूपियाँ सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही रामनगर गाउँपालिका २ बस्ने ३० वर्षीय चन्दन पण्डितलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चन्दनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।