काठमाडौँ, असार २६ गते । प्रहरीले युके पठाइ दिने भनी एकचालिस लाख पचास हजार रुपियाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासी (पूर्व) सुनवल नपा १ स्थायी घर भई हाल ललितपुर मनपा २३ बस्ने २९ वर्षीया अकृजा भन्ने बिन्दु पोखरेललाई प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिनुभयो ।
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन पारी रोजगारीका लागि अमेरिका पठाउने भनी लामो समयसम्म झुक्यानमा राखी उनले सो रकम ठगी फरार भएको थियो ।