• १६ भदौ २०८१, आइतबार

मनाइयो स्थापना दिवस

blog

काठमाडौँ , भदौ १२ गते । नेपालभाषा मिसा खलःको ३५ औँ स्थापना दिवस सोमबार काठमाडौँमा मनाइएको छ । सो अवसरमा बिकुमाया श्रेष्ठलाई ‘रमा कौशल्या लुमन्ति सिरपाः’ प्रदान गरिएको थियो । सो पुरस्कारका दाता साहित्यकार मथुरा सायमिले पुरस्कार प्रदान गर्नुभयो । विसं २०१८ मा वीर अस्पतालमा नर्सिङ सेवामा प्रवेश गरेकी बिकुमायाले लामो समय स्वास्थ्य सेवा दिनुभएबापत सो पुरस्कार प्रदान गरिएको हो । 

भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धर, केदारेश्वर स्थापित, जलेश्वरी श्रेष्ठ, मङ्गला कारञ्जितलाई सम्मान गरिएको थियो । सो अवसरमा ‘पाँचौँ कमला लुमिन सिरपाः’ भवानी तुलाधरलाई प्रदान गरिएको थियो । संस्थाको अक्षयकोषका लागि संस्थाका पूर्वअध्यक्ष सुवर्णकेशरी चित्रकारले एक लाख, जलेश्वरी श्रेष्ठले २५ हजार र संस्थाका संस्थापक सदस्य मङ्गला कारञ्जितले २५ हजार रुपियाँ प्रदान गर्नुभयो । नेवार महिलालाई सङ्गठित गर्ने उद्देश्यले मोतीलक्ष्मी उपासिकाको नेतृत्वमा २०४७ सालमा सो संस्था गठन भएको थियो ।