सनम कुमार वैरागको निर्देशनमा बनेको फिल्म ’कैदीको पत्र’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूलाई कुनै पनि शुल्क नलिन आग्रह गरेको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा निर्माण भइरहेको जनता आवास भवनमा कमसल सामग्री प्रयोग भएको पाइएको छ । लुम्बिनी प्रदेश सरकारको योजनामा निर्माण हुन लागेका ती भवनमा प्रयोग गरिएका इँटा कमसल भएको स्थानीय अगुवाहरूको भनाइ छ ।
नेपाल रत्न पदवीबाट पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला सम्मानित हुनुहुँदैछ। राष्ट्र गौरवको पदवीबाट राजनीतिज्ञ स्व. जीवराज न्यौपाने ‘आश्रित’, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी सम्मानित हुनुहुँदैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।
पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडाँै उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ । डढेलोका कारण उपत्यकाको वायुमण्डलमा दूषित हावा थुप्रिएको वन तथा वातावरण विभागले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिस्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।
बैतडीमा भएको जिप दुर्घटनाका चालकलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलबार राति खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झौलेक मोडमा से १ ज ७६४ नंम्बरकाे जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकको मध्य सागिङ क्षेत्रमा अवस्थित कानबालु गाउँमा मङ्गलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित एक सय ३३ जनाको मृत्यु भएको छ ।
नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
म बाबाममीसँग शनिबारको दिन पशुपतिनाथको दर्शन गर्न गएको थिएँ । मेरो सानी बहिनी पनि हामीसँगै गएकी थिइन् । पशुपतिनाथ मन्दिरमा मानिसको भीड थियो । बाँदरहरू पनि धेरै थिए । प्रहरीदाइले लाइनमा लागेका मानिसलाई पालैपालो पूजा गर्ने व्यवस्था मिलाइदिनुभएको थियो । म पनि बाबाममीसँगै पशुपतिनाथको दर्शन गरेर फर्किएँ । पुरानो बानेश्वर चोक पुगेपछि मेरो बहिनीले जुस पिउने कुरा गरिन्
पोखराको लेकसाइडमा १८औँ फेवा नववर्ष महोत्सव बुधबारबाट सुरु भएको छ। होटल सङ्घ पोखराद्वारा आयोजित तीनदिने महोत्सवमा पर्यटन, संस्कृति र खानालाई प्राथमिकता दिइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”सँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको छलफल गर्नुभएको छ।
एउटै उडानबाट १८० जना चिनियाँ पर्यटक काठमाडौं आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले स्वागत गर्नुभएको छ ।