मङ्गोलियाको राजधानी उलान बाटोरमा बिहीबार बिहान एक भवनमा भएको आगलागीमा परी सात जनाको मत्यु भएको आपत्कालीन व्यवस्थापन एजेन्सीले बताएको छ ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले देशलाई समृद्धि र विकासका लागि सबैले एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
बाँके जिल्लाको चारवटा पालिकामा साढे १० हजार जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पूरा भएको छ । समाज विकास केन्द्र, नेपालको आयोजनामा यही कात्तिक १५ देखि २२ गतेसम्म हुने प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पूरा भएको हो ।
पोखराको पर्यटकीय फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिकस्थल तालवाराही मन्दिर पुनर्निर्माणका क्रममा बिहीबार जग पूजा गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जगपूजा गर्नुभएको हो । तस्बिर : ऋषिराम बराल, रासस
नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाएपछि घुमफिर गर्न चाहनेका लागि बुद्ध जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र महत्वपूर्ण गन्तव्य बनेका छन् ।
मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रबन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन् ।
वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन् । बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन भएका हुन् ।
व्यक्ति वा संस्थाले आफ्नो उद्देश्य प्राप्तिका लागि अवलम्बन गर्ने मार्गदर्शक मान्यताहरु हुन्छन् । समाज विकासको क्रममा अभ्यासबाट परिस्कृत हुँदै र सभ्यता विकास तथा धार्मिक, सांस्कृतिक एवम् अध्ययन अनुसन्धानका माध्यमबाट निश्चित आकार पाए ती मूल्यमान्यता नै विकास र प्रगतिका जग हुन् ।
बागलुङको गलकोट नगरपालिकाका किसानलाई बडादसैँ लगत्तै धान भित्र्याउन चटारो भएको छ । तस्बिर : रामबहादुर थापा, रासस
तुलसीपुर उपमहानगरपालिका –७ गणेशपुरस्थित राप्ती शान्ति उद्यानमा फुलेका फूलको रस चुस्दै पुतली । तस्बिर स् कुलदीप न्यौपाने, रासस
बाँकेको नेपालगन्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाउँपालिका ४ स्थित साहपुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार हजार बढीले प्रसाद ग्रहण गरेका छन् ।
सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ ।
तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ ।