वैदेशिक रोजगारीबाट राम्रो कमाउन आसमा बिदेशिएका युवाहरू अहिले स्वदेश फर्केर कृषि पेसामा रमाउन थालेका छन् । पूर्वी नवलपरासीबाट वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू पछिल्लो समय स्वदेशमा विदेशकोजस्तै परिश्रम गर्ने हो भने राम्रो कमाउन सकिन्छ भन्ने जोस र जाँगर बोकेर कृषिमुखी व्यवसायमा रमाउन थालेका छन् ।
आयोजक अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा दोस्रो जित निकालेको छ । ब्रिसबेनमा सोमबार भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हरायो ।
नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा ५४ वटा प्रतिबद्धता व्यक्त गरेको छ ।
स्पेनिस ला लिगाको उपाधि दौडमा रहेको रियल म्याड्रिड तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी गिरोनासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको रियलले गिरोनासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रूपमा लिएको छ ।
शाीर्षटोली आर्सनल र म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई ५–० गोलले हरायो । अर्को खेलमा युनाइटेडले वेस्टहामलाई १–० गोलले स्तब्ध बनायो ।
विगत तीन वर्षदेखि कोरोना महामारीका कारण हुन नसकेको मेला यो वर्ष भव्य रुपमा हुने सत्यवती ताल संरक्षण तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले टेनिस र १० किमी रोड रेस खेलकुद प्रतियोगिता आयोजना गर्नेभएको छ । कमिटिले सोमबार पत्रकार सम्मेलन गरी दुई खेलको राष्ट्रिय प्रतियोगिताबारे जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ८८७ जनाको पीसीआर परीक्षण गर्दा छ जनामा कोरोना पुष्टि भएको हो ।
घर अगाडिको खेतमा लगाएको धानबाली बोटमै सुकेर नोक्सान हुँदा रामपुर नगरपालिका–५ स्थित भम्बक निवासी राना वर्षभरि के खाने भन्ने चिन्तामा हुनुहुन्छ ।
शुक्र अस्त भएका बेला शास्त्रले निषेध गरेका श्रीमद्भागवतलगायत पुराणवाचन गरिएकामा कारबाहीको माग गर्दै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा उजुरी आउन थालेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार २४ घण्टामा दुई जना डेंगु सङ्क्रमितको मृत्यु भएसँगै नेपालमा डेंगु सङ्क्रमित भई मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आगामी निर्वाचनको घोषणापत्र मङ्गलबार दिउँसो १ः३० बजे सार्वजनिक गर्नेभएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको घोषणापत्र भोलि सार्वजनिक हुने जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै आम्दानी र रोजगारी दिने कार्य आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
तिहारपछिको पहिलो कारोबारको दिन नेप्से परिसूचक वृद्धि भएर कारोबार बन्द भएको छ । तिहारअघि १४ अङ्कले बढेर बन्द भएको नेप्से तिहारपछिको पहिलो कारोबारको दिन सोमबार १६ अङ्कले बढेको हो ।