बुधबार साँझ माइनको लेविस्टन सहरमा भएको गोलीबारीमा कम्तीमा २२ जनाको मृत्यु र अन्य थुप्रै घाइते भएको सहरका अधिकारीहरूले बताएका छन् ।
कपिल ज्ञवालीसिद्धार्थनगर, कात्तिक ९ गते । रुपन्देहीको तिलोत्तमास्थित तीन घरमा चोरी भएको छ । तिलोत्तमा–७ मा भलवारीमा यही कात्तिक ७ गते मङ्गलबार चोरी भएको इलाका प्रहरी कार्यालय मङ्गलापुरले जनाएको छ ।दसैंको दिन साँझ तीन घरबाट पाँच तोला सुनका गरगहनासहित नगद चोरी भएको प्रहरीले जनाएको छ । दसैंमा टीका थाप्न आफन्तको घरमा गएको मौका छोपी स्थानीय अनिशा गुरुङको घरबाट पाँच तोला र धालबहादुर श्रीसको घरबाट २५ लाखको गरगहना चोरी भएको हो । यसैगरी, ओमबहादुर क्षेत्रीको घरबाट ३० हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।रातिको समयमा घरमा कोही नभएको मौका छोपी मूल गेट नाघेर भित्र प्रवेश गरी चोरी भएको इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रहरी सहायक निरीक्षक लोकनाथ पाण्डेले जानकारी दिनुभयो । चोरीको घटनाबारे थप अनुसन्धान भइरको र चोरी गर्ने व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ । यद्यपी चाडवार्डको समयमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरेको थियो ।
मलेसियामा भएको एसी सी यु–१९ प्रिमियर कपको उपाधि विजेता नेपाली पुरुष क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटाकी १९ वर्षीया कलावती पन्तले तीन वर्षअघि धर्मजनता माध्यमिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत हुँदादेखि नै कवड्डी खेल्न सुरु गरिन् ।
प्रतिनिधिसभा सदस्य भएपछिको पहिलो दसैँ सांसद सुनीता बरालका लागि केही भिन्न अनुभूतिको रह्यो । आफन्त र टोल–छिमेकमा छोरी, चेली, बहिनी भनेर विगतमा गरिने व्यवहारमा सायद भूमिकाका हिसाबले केही परिवर्तन पार्यो होला । उहाँसँग भेटघाटका अवसरमा व्यक्तिगत कुराकानीका साथै विकास, निर्माण र राजनीतिक स्थिति आदिबारे छलफल भए । “देशको राजनीति किन यस्तो भएको होला ? र अबको राजनीति कुन दिशातिर मोडिएला ?” भन्ने प्रश्नहरू सांसद बरालका सामु तेर्सिए ।
सर्लाही सदरमुकाम मलङ्गवा शान्त बनेको छ । बुधवार दिउँसोपख दुर्गा पूजाको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएको थियो । मलङ्गवास्थित जिविस चोकमा गरिएको दुर्गा पूजाको मूर्ति अघिल्ला वर्षहरूमा प्रयोग गरिएको बाटो हुँदै सेलाउनका लागि लैजान पाउनुपर्ने माग गरी युवाहरूले प्रदर्शन गर्दा केहीबेर प्रहरीसँग झडप भएको थियो ।
बाजुराका अधिकांश ठाउँमा महिनावारी हुँदा महिलालाई बाटो बन्द हुने गरेका छन् ।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ ।
मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल एकादशीका दिन असन तथा त्यस आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा खड्ग जात्रा गरेका छन् ।
सन् १८१५ अप्रिलमा इन्डोनेसियको माउन्ट तामबोरामा भएको ज्वालामुखी विस्फोटलाई अहिलेसम्मकै भयङ्कर मानिएको छ, ज्वालामुखीको ज्ञात इतिहासमा यत्तिको ठूलो विस्फोट भएको छैन । यस विस्फोटका कारण दक्षिणपूर्व एसियामा हजारौँ मानिसको ज्यान गएको थियो तथा पृथ्वीको सतहदेखि वायुमण्डलको दोस्रो तह ‘स्ट्राटस्फियर’ मा खरानीको घनघोर बादल मडारियो। खरानीको बादल जसै जसै विश्वमा फैलिन थाल्यो त्यसले सूर्यको प्रकाश नै छेक्यो।
सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिक रुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो ।
वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो ।
कैयौँ शताब्दीदेखि मानिसबीच छलफलको विषय बनेको छ– के मानव शरीर आगोको बाह्य स्रोतबिना अनायास जल्छ वा आगोको लप्काले घेरिन्छ ? विदेशी विद्वान्ले भन्ने गरेको ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’ अर्थात् मानव शरीर स्वःस्फूर्त दहन हुने पहिलो ज्ञात घटना सन् १६४१ को छ तर यस्तो घटनाले इस्वी संवत्को १९ औँ शताब्दीमा त्यतिबेला व्यापक चर्चा पायो जब प्रख्यात लेखक चाल्र्स डिकेन्सले आफ्नो उपन्यास ‘ब्लिक हाउस’ मा आफ्नो पात्रलाई मार्न ‘स्पन्टेनियस ह्युम्यान कम्बस्टन’लाई प्रयोग गरे।
विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित देशका युवामाझ प्रचलित टाटुको लोकप्रियता न्यून आय भएका देशका सबै वर्गमा समेत विस्तार भएको छ तर लोकप्रिय टाटु कतिको सुरक्षित छ ?