भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा बिहीबार कार र ट्याङ्कर ट्रक ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले तीनै तहका सरकार जनतातिर फर्किनुपर्ने बताउनुभएको छ । उहाँले स्थानीय, प्रदेश र संघीय सरकार जनमैत्री भएमा मात्रै बदलिएको व्यवस्थाको अनुभूति जनताले गर्न पाउने बताउनुभयो ।
कैलालीको धनगढी उपमहानगरपालिका – १२ जुगेडा बस्ने २८ वर्षीय राकेश भट्ट, सोही उपमहानगरपालिका–७ मनेहरा बस्ने ३४ वर्षीय अमिर खाती र २३ वर्षीय नरेश थापालाई अवैध लागूऔषध खैरो हेरोइन ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
देउडाको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्चले प्रत्येक महिना देउडा गीत गाउने कार्यक्रम आयोजना गर्ने गरेर यसको जगेर्नामा लागेको हो ।
नागार्जुन नगरपालिका वडा नं ९ मा रहेको ह्वाइट गुम्बा ।
गुल्मीका स्थानीय तहले कृषि र पशुपालनमा आत्मनिर्भर बन्न घोषणापत्र जारी गरेका छन् । ‘समृद्ध किसान आत्मनिर्भर गुल्मी’ भन्ने नारासाथ यस जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ वटै स्थानीय तहले संयुक्त रुपमा दश बुँदे घोषणापत्र जारी गरेका हुन् ।
आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
मधेस प्रदेशका शिक्षामन्त्री महेशप्रसाद यादवले शिक्षालाई निजीकरण गर्ने रोगले नेपाल र मधेशको समग्र शिक्षाको गुणस्तर ध्वस्त भएको बताउनुभएको छ ।
नेकपा (एमाले) को चियापान कार्यक्रम निर्धारित समयभन्दा एक दिन ढिलोगरी १५ गतेका लागि सरेको छ । पार्टी केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार दसैं, तिहार, छठ लगायतको पर्वको अवसरमा आयोजना हुने चियापान कार्यक्रम एक दिन पछि सरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त राज्य अमेरिकाको भ्रमणका लागि बिहीबार साँझ प्रस्थान गर्नुभएको छ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ ।
कालीकोटमा छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ । खाडाँचक्र नगरपालिका वडा २ का वर्ष २८ का सर्जन पाण्डे र सान्नीत्रिवेणी गाउँपालिका वडा ५ का ६५ वर्षीय लाले तिरुवाको भिरवाट लडेर मृत्यु भएको हो ।
अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्लाफाँटा नगरपालिका–३ का थारु समुदायका व्यक्तिहरु झुम्रा नृत्य देखाउँदै ।
धादिङको ऐतिहासिक भैरवी मन्दिर पहाडको चुचुरोमा छ । दुईतिर कहालिलाग्दो भिर छ, अर्को दुईतिरबाट मन्दिर प्रवेश गर्ने गोरेटोमा सिँढी हालिएको छ ।