सङ्घीय संसद् सचिवालयको आयोजनामा पाँच दिने नमुना बाल संसद् अभ्यास वीरेन्द्रनगरमा समापन गरिएको छ। सांसद अम्मरबहादुर थापाले नमुना बाल संसद् अभ्यास कार्यक्रमले सबल नेतृत्व जन्माउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले बाल अवस्थामै संसदीय अभ्यास र मुलुक सञ्चालन कसरी हुन्छ भन्ने जानकारी लिनुले मुलुकको सक्षम जनशक्ति उत्पादनमा ठूलो सघाउ पुग्ने बताउनुभयो। नमुना अभ्यासले बालबालिकालाई आदर्श राजनीति सिकाउन प्रेरित गर्ने उहाँको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी कार्यकर्तासँगको भेटलाई सहज बनाउन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुग्नुभएको छ । नेकपा (माओवादी केन्द्र) ले आजदेखि प्रधानमन्त्री, मन्त्रीलगायतसँग पार्टी केन्द्रीय कार्यालयमा नेता, कार्यकर्तालाई भेट गर्ने व्यवस्था मिलाएको छ ।
गुर्भाकोट नगरपालिका–९ की सविता थापा (नाम परिवर्तित)ले सम्बन्धविच्छेदको झन्झटिलो प्रक्रियाबाट वाक्क भएर अंश र खाना खर्चको दाबी छाडी सम्बन्धविच्छेद मात्र गर्नुभयो। सविताले २०७८ भदौमा जिल्ला अदातल सुर्खेतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नुभएको थियो। अंशसहित सम्बन्धविच्छेद गर्ने सोचले अदालत जानुभएकी थापाले ‘अंश तथा खाना खर्च दिलाई सम्बन्धविच्छेद गरिपाऊँ’ भनी मुद्दा दर्ता गर्नुभएको थियो। श्रीमान्को सम्पत्तिको आधा हिस्सामा हक हुने कानुनी व्यवस्थाअनुसार उहाँले अंशमा दाबी गर्नुभएको थियो। तर अदालती प्रक्रिया झेल्दै जाँदा उहाँलाई अंशभन्दा छिटो सम्बन्धविच्छेद गर्नु थियो। उहाँ आफ्नो निर्णयबाट पछि हट्नुभयो। अन्ततः थापाले अंश तथा खाना खर्च नलिने र सम्बन्धविच्छेद मात्रै गर्ने निर्णयमा पुग्नुभयो।
सूर्य आज मेष राशिमा प्रवेश गरेको छ । सूर्यसँग सम्बन्धित हाम्रो राष्ट्रिय पात्रो नयाँ आएको छ । अँध्यारो हटेपछिको नयाँ बिहान, नयाँ हावा र राग । खडेरीमा पात झरेर उराठ, सुक्खा वनस्पतिका झिक्रा नयाँ पल्लव र पुष्पले कुत्कुतिएका छन् । चराचुरुङ्गी वंशचक्र जोगाउने अनुरागमा उन्मत्त छन् । बिहान उज्यालो भयो, उठ् भन्दै आफ्नै भाषामा सन्देश दिने चराले कानमा सुरिलो सन्देशदिएपछि झस्किँदा शङ्खघण्टाका ध्वनिको तालमा ती नाचिरहेका देखिन्छन् । पहाडी थुम्का अनि फाँट–तराईका खेतबारीमा बाली पालुवा स्वागतमा लहराइरहेका छन्
‘सरकार बनिसकेपछि स्रोतको बाँडफाँटमा घटकहरूको प्रभाव पर्छ । धेरैजसो बार्गेनिङ प्रक्रिया चुनावी अभियानअघि र चुनावको दौरानमा चल्छ । पदलक्षित उम्मेदवारले विभिन्न नीति लागू गर्ने वाचा गर्छन् ।’ क्याम्ब्रिज विश्वविद्यालय प्रेसद्वारा प्रकाशित पुस्तक’ मल्टिपार्टी डेमोक्रेसीः इलेक्सन्स एन्ड लेजिस्लेटिभ पोलिटिक्स’ मा लेखकद्वय नर्मन स्कोफिल्ड र इताई सेनेदले प्रकट गरेको यो विश्लेषण विशेषतः बहुदलीय लोकतन्त्रमा सामान्य मानिनुपर्छ । वास्तवमा, आममतदाताको समालोचनात्मक एवं विश्लेषणात्मक क्षमता उच्च भएको मुलुकमा निर्वाचनमा उम्मेदवारी दिने बेलैमा पार्टीले आफ्ना साङ्गठनिक पिंधसँग पहिले नै नीतिगत सम्झौता गर्नुपर्ने हुन्छ । यसले बहुदलीय राजनीतिमा नियन्त्रण र सन्तुलनको अर्थ प्रवाहित गर्छ । हामीकहाँ निर्वाचनअ
नयाँ सरकार गठनलगत्तै प्रधानमन्त्रीबाट बारम्बार विकासको नयाँ मोडेल आवश्यक रहेको विषय उठान भइरहेको छ । हुन पनि यो निकै जरुरी देखिएको छ किनकि विगतका विकास प्रयास प्रभावकारी र परिणाममुखी हुन सकेका छैनन् । असफल विकास प्रक्रिया या मोडेलको पुनरोक्ति गर्नु भनेको नवीनता र सिर्जनशीलता अभावको सङ्केत हो । के साँच्चिकै सरकार विकासको प्रतिमानमा परिवर्तन गरेर नयाँ मोडेलको खोजीमा छ ? यसको जवाफका लागि धेरै कुर्नु पर्ने छैन किनकि सरकारले छिट्टै आगामी वर्षका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउनु पर्नेछ । आउँदो जेठ १
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार देशमा १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना मानिस विदेशिएका छन् । त्यसमध्ये ८२.२ प्रतिशत पुरुष छन् भने १७.८ प्रतिशत महिला । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या ५६ लाख ६२ हजार नाघिसकेको छ । जसमा पुरुष ५३ लाख ४८ हजार र महिला ३ लाख १६ हजार छन् । सरकारले हालसम्म व्यक्तिगत रूपमा १७८ र संस्थागत रूपमा ११० मुलुकलाई वैदेशिक रोजगारीका लागि खुला गरेको छ । पछिल्लो चार वर्षमा नेपाली श्रमिक रोजगारीका लागि १५० देशमा गएको तथ्याङ्क छ । यसले श्रम आप्रवासन नेपालको आर्थिक र सामाजिक परिदृश्यको एक महìवपूर्ण पाटोको रूपमा स्थापि
अघिल्लो दिन उच्च अङ्कले बढेको सेयर साता र वर्षकै अन्तिम दिन भने ओरालो लागेर बन्द भएको छ । अघिल्लो दिन ९२ अङ्कले उकालो लागेको बजार बिहीबार भने दोहोरो अङ्कले ओरालो लागेको हो । बिहीबार सेयर बजारमापक नेप्से परिसूचक २९ दशमलव ०८ अङ्कले ओरालो लागेर एक हजार ९३४ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि पाँच दशमलव ७२ अङ्कले ओरालो लागेर ३६७ दशमलव ९८ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से १ दशमलव ४८ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५३ प्रतिशतले ओरालो लागेको छ ।
सुदूरपश्चिम प्रदेशमा आज ‘बिसु’ पर्व धुमधामका साथ मनाइँदैछ । यहाँ नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसुपर्वका रूपमा मनाउने चलन छ । हरेक वर्ष बिसुमा मीठा–मीठा खानाका परिकार बनाउने र विशेष गरेर सिस्नु लगाउने चलन रहिआएको छ ।
विक्रम संवत्को नयाँ वर्ष अर्थात् वैशाख नजिकिने क्रमसँगै राजा सलहेशको नाम चर्चामा आउँछ। अहिले यसका लोकगीतले मधेश गुञ्जायमान छ। मिथिला संस्कृतिका शिखर पुरुषमध्ये सलहेशको जन्म दिन पनि हो नयाँ वर्ष अर्थात् वैशाख १ गते। मधेशको जनजीवनले आत्मसात गरेको सलहेशको स्मरण मात्रले उहाँका अनेकन छवि एकसाथ उपस्थित हुन्छ।
सलहेश फूलबारीमा भारत विहारका मधुबनी र दरभङ्गा जिल्लाका भक्तजनहरू सलहेशको दर्शन गर्न दुई दिनअगावै आइपुगेका छन्। नयाँ वर्ष वैशाख १ गते लाग्ने फूलबारी मेलामा लहान नगरपालिका वडा नं. १२ र २२ स्थित सलहेशको मन्दिरअगाडि रहेको हारमको रुखमा फूल्ने सुनाखरी फूल हेर्न भव्य मेला लाग्ने गर्दछ। दुई दिनअगावै आइपुगेका भक्तजनहरू सलहेश फूलबारीमा रहेको रुखमुनि सफा गरेर खाना पकाउने र रुखमुनि नै रात काटेर मेला सकिएपछि लहान–१८ स्थित पकडियागढ, लहान–२४ स्थित मानिकदह र सलहेशको जन्मस्थल सिरहा नगरपालिकाको महिसोथा पुगेर तीन दिनपछि गृहस्थानतर्फ फर्किने गर्छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिनुभएको छ ।
नयाँ शैक्षिक सत्र २०८० सुरु भयो तर सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका छैनन्। जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा ल्याउन नसकेपछि उदयपुरका विद्यालयमा अध्ययनरत करिब २८ हजार बालबालिका समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित भएका हुन्। अघिल्ला शैक्षिक वर्षहरू कोरोना भाइरसको सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय सञ्चालन हुन नसकी घरमै बसेर अध्ययन गरेका बालबालिका यस वर्ष भने कोरोना कहरबाट मुक्त भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन प्रभावित हुनसक्ने सम्बन्धित विषय शिक्षकले बताएका छन्।
भारतका पर्यटन अभियन्ता तथा हिमालयन टुरिजम प्रवद्र्धनमा लाग्नुभएका सुप्रितम राजवशुले सीमा क्षेत्रमा हात्तीको आवागमनलाई समस्याका रूपमा नलिई यसबाट लाभ लिन सकिने बताउनुभएको छ। उहाँले मानव चेतना जागृत गरेर हात्ती र मानवमैत्री समाज निर्माणमा लाग्नुपर्ने बताउनुभयो। झापा र भारतका हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई मानव र हात्तीबीचको सह अस्तित्वसम्बन्धी तीन दिवसीय छलफलमा बोल्दै राजवशुले कुनै समय भगवान्का रूपमा पूजा र सम्मान गरिने हात्ती र मानवबीचको द्वन्द्व न्यूनीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो।
नयाँ वर्ष २०८० प्रारम्भसँगै मोरङका विभिन्न क्षेत्रमा सिरुवा पर्वको रौनक सुरु भएको छ। राजवंशी र ताजपुरिया समुदायले मनाउने यो पर्व १५ दिनसम्म मनाउने चलन छ। कोशी प्रदेशको झापा, मोरङ र सुनसरीका दक्षिणी गाउँमा मनाइने सिरुवा पर्व अचेल सांस्कृतिक रूपमा मनाउन थालिएको छ। विक्रम संवत्को नयाँ वर्षसँगै मोरङ र झापामा बस्ने अल्पसङ्ख्यक राजवंशी र ताजपुरियाको सिरुवा (पावनी) सुरु हुने गर्छ। भूमिपति राजवंशी र ताजपुरियाहरू मेला भर्न बर्सेनि घरखेत बेचेकै कारण अहिले भूमिहीन भएका बताइन्छ। परिवारबीच भेटघाट गर्ने, दैनिक भोजभतेर खाने र रमाइलो गर्ने चलनले भूमिहीन बनाएको राजवंशी समुदायका अगुवाहरू स्वीकार्छन्।