जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दुध सङ्कलन विवरणको आधारमा दुध उत्पादन अनुदान वितरण गरेको हो । यही हिसाबका आधारमा ३६ लाख १२ हजार ४०३ रुपियाँ अनुदान वितरण गरिएको छ । दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अगाडि बढाएको हो । नगरपालिकाले नियमित रूपमा पशु बिमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।
यस वर्षको बडादसैँ सराय नाचेर बिदाइ गर्ने तयारी गरिएको छ । पाल्पाको विभिन्न स्थानमा रहेका कोतघर, देवीका मेन्दिर, दुर्गा मन्दिर, थुम्का, मौलादेवीका मन्दिरमा सराय नाचेर दसैँलाई बिदाइ गर्ने तयारी गरिएको हो । विगतका वर्षमा जस्तै यो वर्ष पनि सराय नाचेर यस वर्षको बडादसैँलाई बिदा गर्ने तयारीमा लागेको यहाँका स्थानीय बासिन्दाले बताएका छन् । घटस्थापनादेखि सुरु गरिएको दुर्गा, देवी, भगवतीको पूजा आराधना सराय नाच नाचेपछि पूजासमेत विसर्जन गर्ने प्रचलन छ । यस्तो प्रचलन पाल्पासहित गुल्मी, अर्घाखाँची, पर्वतलगायतका जिल्लामा समेत कायम रहेको छ ।
मुस्ताङ जिल्लामा भदौ दोस्रो हप्तादेखि बन्द भएको शल्यक्रिया सेवा अझै पनि सञ्चालन भएको छैन । दुई महिनादेखि सेवा बन्द हुँदा सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । मुस्ताङ जिल्ला अस्पतालमा रहेका विशेषज्ञ चिकित्सकको सरुवा भएपछि अर्को व्यवस्था नभएकाले समस्या भएको हो ।
मेलम्ची भन्ने बित्तिकै खानेपानीको मुहान भनेर चिन्ने गरेपनि मेलम्ची बजारकै नागरिकले खानेपानीको अभाव झेल्दै आएका थिए ।
वालिङका युवाले स्वतःस्फूर्त रूपमा वृद्धवृद्धालाई ‘साथीसँगै नातिसँग’ जोड्न भन्दै अभियान सुरु गरेका छन् । पछिल्लो समय युवा तथा बालबालिका मेबाइल, ल्यापटप जस्ता आधुनिक शैलीमा भुल्न थालेको र वृद्धवृद्धा एक्लै परिरहेको भन्दै युवाले ‘मातापिता प्रतिष्ठान’ नामक संस्थासमेत खोलेका छन् ।
पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कोशी गाउँपालिकाका सबै वडा कालोपत्रे सडक सञ्जालसँग जोडिएको छ । सडक कालोपत्रे भएसँगै कोशी गाउँपालिका धुलोमुक्त पालिका बनेको छ । वडाका सबै मूल बाटाहरू कालोपत्रे गर्ने काम सकिएको छ । पालिकाका सबै वडाका सडक कालोपत्रे भएपछि कोशी गाउँपालिका धुलोमुक्त पालिका बनेको हो । महेन्द्र राजमार्गसँग लौकहीदेखि कोशी ब्यारेज क्षेत्रमा जोडिएको गाउँपालिकाको आठवटै वडाका सडक कालोपत्रे गरिएको छ । स्थानीय तहको पुनर्संरचना हुनुअघिसम्म वर्षको चार महिना स्थानीय बासिन्दा हिलो र पानीमा डुबेर बाटामा हिँड्नुपर्ने बाध्यता थियो । घरदेखि राजमार्गका दुवैतर्फका सडक डुबानमा पर्ने गरेका थिए । “महेन्द्र राजमार्गदेखि घरसम्म पुग्न जुत्ताचप्पल हातमा बोकेर पानीको बाटो हिँड्नु पथ्र्याे । अहिले कालो सडकमा जुत्ता चप्पल लगाएर हिँडिन्छ,” स्थानीय ६५ वर्षीय शम्भु शाहले भन्नुभयो ।
धनुषाको सहिदनगर नगरपालिका–५, पचहर्वास्थित मुसहर बस्तीका ५५ वर्षीय श्रीप्रसाद सदा हरवाचरवा अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । आफू पनि बँधुवा मजदुरी गर्ने निरक्षर सदा पहिले आफ्नो हकअधिकारका कुरा राख्न अकमकाउनुहुन्थ्यो । अहिले उहाँ बँधुवा मजदुरलाई मुक्ति दिलाउन र मुसहर समुदायका अधिकारबारे खरर बोल्न सक्ने हुनुभएको छ । उहाँ भन्नुहुन्छ, “पहिला पहिला आफ्नो समस्याको विषयमा बोल्न पनि सकिँदैनथ्यो । अचेल प्रधानमन्त्री, मधेश सरकारका मन्त्री, सभा सदस्य र स्थानीय जनप्रतिनिधिसमक्ष आफ्नो भनाइ निर्धक्क राख्छु ।”
रेडियोमा पनि कर तिर्नु पथ्र्याे भन्दा अहिलेका युवालाई अचम्म लाग्न सक्छ तर चार दशकअघि तत्कालीन सरकारले रेडियोमा पनि कर लगाएको थियो । रेडियोमा कर र मूल्य पनि राम्रै पर्ने भएपछि सामान्य परिवारले रेडियो किन्न सक्दैनथे । वराहक्षेत्र–४ बस्ने ५६ वर्षीय चमेरा मुसहरको रेडियोमोह अझै पनि छँदै छ । समय बित्यो, व्यवस्था फेरियो, सञ्चारका प्रविधि थपिँदै गए तर उहाँको मन भने फेरिएको छैन । जवानीदेखि रेडियो सुन्ने बानी लागेको उहाँमा जवानी ढल्किँदै जाँदा पनि रेडियोमोह त्यत्तिकै छ । काम गर्दा होस् वा आराम गर्दा, उहाँको साथमै रेडियो हुन्छ । अहिले पनि उहाँको दैनिकी बिहान उठेदेखि रेडियोबाटै सुरु हुन्छ । काममा जाँदासमेत रेडियो उहाँको साथैमा हुन्छ ।
यात्रा गर्ने बटुवाको सुविधाका लागि निर्माण गरिएका परम्परागत धर्मशाला लोप हुँदै गएका छन् । नुन र तेल ल्याउनका लागि हाट जाने हटेरु तथा देश प्रदेश गर्नेको बास बस्ने व्यवस्थाका लागि समाजका दानी तथा परोपकारी व्यक्तिले धर्मशाला बनाउने र नाम कमाउने प्रचलन रहेको थियो । पछिल्लो पुस्ताले भने यस्ता कार्यमा भने खासै चासो नदेखाउँदा लोप हुँदै गएका हुन् । त्रिवेणी नगरपालिका–८ का दिनेश सार्कीले पहिलेका पुस्तालाई दैनिक उपभोग्य सामग्री ल्याउन महिनौँ दिन लाग्ने गरेको बताउनुभयो । उहाँले ती हटेरु तथा बटुवालाई बास बस्न सहज हुने गरी गाउँका धर्मीले गोरेटो, घोरेटो बाटोको बिच बिचमा धर्मशाला निर्माण गर्ने गरेको बताउनुभयो ।
रास्कोट नगरपालिका–३ का जगत् फडेरा कुनै बेला माओवादीका चर्चित कमान्डर हुनुहुन्थ्यो । अहिले उहाँ भारतको केदारनाथ क्षेत्रमा घर खर्च जुटाउन डोली बोक्दै आउनुभएको छ ।
नेपाल र चीनको सिमाना हिल्साको दश गजा क्षेत्रको सडकको ढलान कार्य सुरु भएको छ । चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएको कारण सामानहरू धुलाम्मे हुन थालेपछि सडकलाई ढलान कार्य सुरु गरिएको हो ।
यस वर्षको बडादसैँ अवधिभर सुदूरपश्चिमका विभिन्न स्थानमा ११ वटा सवारी दुर्घटना भएका छन्। असोज २८ देखि कात्तिक ९ गतेसम्म भएका दुर्घटनामा परेर आठ जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक नेत्रमणि गिरीले गत वर्षको दसैँभन्दा यस वर्ष सवारी दुर्घटनामा कमी आएको बताउनुभयो। यस वर्षको दसैँमा सवारी दुर्घटनामा परेर नौ जना घाइते भएका छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरमा यस वर्षको नवदुर्गामा पहिलेका वर्षहरूभन्दा धेरै भक्तजन पुगेका छन् । मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष पहिलेको भन्दा भक्तजनको ठुलो सङ्ख्यामा भीड लागेको हो ।
म्याग्दीका ग्रामीण क्षेत्र मेला र खेलकुदमय भएका छन् । दसैँ, तिहारको अवसर पारेर ग्रामीण क्षेत्रमा भलिबल, बास्केटबल, फुटबल, महिला भलिबल, ब्याडमिन्टनलगायतका प्रतियोगिता आयोजना भएका हुन् ।