नेपाली नयाँ बर्षको अबसर पारेर धनकुटामा कोप्चे फेस्टिवल सुरु भएको छ । धनकुटा नगारपालिका –५ स्थित बिहीबारे हटियामा आजदेखि वैशाख ३ गते सम्म ३ दिन प्रथम कोप्चे फेस्टिवल सुरु भएको हो ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिरमा एक महिने मेला शुक्रबारबाट सुरु भएको छ । पूर्व–पश्चिम लोकमार्गसँग जोडिएको धार्मिक एवं पर्यटकीयउन्मुख शम्भुनाथ मन्दिरमा लाग्ने एक महिने मेलाको विधिवत सुरु भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८४ पटक रक्तदान गर्नुभएको छ।
राउटेको मूलप्रवाहिकरण गर्न भनेर बजेट छुट्याएको भए पनि पछिल्लो समय यो समुदाय भने संकटमा पर्न थालेको छ । राउटे समुदायमा समस्या बढ्दै गए पनि सरकारी लगानी भने घटदै गएको छ ।
धनगढीमा आयोजना भएको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगितामा नेपाल आर्मीका मुकेश पाल प्रथम हुनुभएको छ । नयाँ वर्षको उपलक्ष्यमा धनगढी जेसिजले आज आयोजना गरेको हाफ म्याराथनको खुल्लातर्फको उपाधी पालले जित्नुभएको हो ।
गोरखापत्र दैनिकका उपसम्पादक लक्ष्मीप्रसाद उपाध्याय राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री चतुर्थ श्रेणी मानपदवीबाट विभूषित हुनुभएको छ । संविधान दिवसका अवसरमा घोषणा गरिएको सो विभूषण नयाँ वर्ष २०८० का दिन राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएका बिभूषण वितरण कार्यक्रममा उहाँ विभूषित हुनुभएको हो ।
भक्तपुर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठरातसम्म मनाइने बिस्केट जात्राले यतिखेर स्वदेशी तथा विदेशी पर्यटकलाई समेत आकर्षित बनाएको छ ।
नेकपा (एमाले) का नेताहरुले एक–अर्कालाई सिस्नु लगाएर सुदूरपश्चिमको मौलिक पर्व विसु र नयाँ वर्ष मनाएका छन् । सो पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेतालाई सिस्नु लगाएर कार्यक्रमको उदघाटन गर्नुभएको हो ।
नेपाली सेनाका युनिटअन्तर्गत कोरोना महामारीका बेलामा प्रयोग गर्न बनाइएको 'होल्डिङ सेन्टर' प्रयोग विहीन भएको पाइएको छ । महालेखा परीक्षणको ६० औं वार्षिक प्रतिवदेन २०७९ मा अर्बौं खर्च गरेर बनाएका होल्डिङ सेन्टर प्रयोगविहीन रहेको पाइएको हो ।
नयाँ बर्षको अबसरमा प्युठानको झिमरुक गाउँपालिका –५ ओखरकोटमा डोकोबुन्ने प्रतियोगिता सम्पन भएकोछ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने तथा स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने हेतुले सो प्रतियोगिता गरिएको आयोजकले जनाएको छ ।
याँ विमानथलहरूको सञ्चालन, विमान कम्पनीहरूबाट एकैपटक सयौँ विमान खरिदको ‘अर्डर’, लाखौँ यात्रीको भारतीय विमानस्थलबाट दैनिक आगमन एवम् प्रस्थानसँगै उड्डयन उद्योगको विस्तार, बढ्दो विश्वसनीयता र प्रतिष्ठाले भारतीय उड्डयन सेवा स्वर्णिम युगमा प्रवेश गरेको छ ।
जर्मनीले युक्रेन युद्ध अन्त्यको पहल गर्न चीनसँग आग्रह गरेको छ । चीनको भ्रमणमा रहनुभएकी जर्मनीकी विदेशमन्त्री एनालेना बेरबकले आफ्ना चिनियाँ समकक्षीसँगको भेटमा त्यस्तो आग्रह गर्नुभएको हो ।
राजकीय जिम्मेवारीमा पुगेपछि पार्टी व्यवस्थित बन्न नसकेको ठहर गर्दै नेकपा (माओवादी केन्द्र)ले अब नागरिकसँग नियमित रुपमा भेटघाट तथा अन्तरक्रिया गर्ने भएको छ । यसका लागि एक कार्ययोजना नै बनाएर आज (शुक्रबर) देखि कार्यान्वयन सुरु गरिएको छ ।
पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट १४ सय २४ जनाको कोरोना परीक्षण गर्दा १३६ जना कोरोना सङ्क्रमित थपिएका छन्।
नयाँ वर्ष २०८० को सुरुआतसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा ‘मौलाकाली केबलकार’ सञ्चालनमा आएको छ।