पश्चिम सुर्खेतको चौकुनेमा सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनका लागि पुनः काम अघि बढाइने भएको छ । यसअघि नै काम थालिए पनि सरकारबाट सहयोग नपाएको भन्दै रोकिएको थियो । कर्णाली प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएपछि पुनः उद्योग स्थापनाका लागि बाँकी काम अघि बढाउन लागिएको हो ।
दाङ जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको छ । पछिल्लो समय जिल्लामा उन्नत नस्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि सो जिल्ला दुधमा आत्मनिर्भर बन्दै गएको हो । दुधबाट राम्रो आम्दानी लिन सकिने भएपछि पछिल्लो समय गाईभैँसी पाल्ने मानिसको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको आवश्यकता अनुसार दुध पुगेर पछिल्लो समय जिल्ला बाहिरसमेत जाने गरेको छ । दुग्ध विकास संस्थान (डिडिसी) ले लमही तथा तुलसीपुर क्षेत्रबाट किसानले उत्पादन गरेको दुध सहकारीमार्फत खरिद गरेर लग्ने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र दाङले जनाएको छ । वार्षिक रूपमा प्रतिव्यक्ति ५४ लिटर दुध आवश्यक रहेको र जिल्लामा उत्पादित दुधले पुगिरहेको केन्द्रले जनाएको छ ।
काठमाडौँ नयाँ बानेश्वरका शत्रुधन ढकालले भैरहवा–परासी औद्योगिक कोरिडोरमा स्थापना गरेको डाइपर उद्योगले नेपाली र अन्तर्राष्ट्रिय बजारको माग धान्न सकेको छैन । काठमाडौँमा उद्योगलाई चाहिने पर्याप्त जग्गा एकै ठाउँमा नपाएपछि उहाँले भैरहवा–परासी औद्योगिक कोरिडोरमा पर्ने नवलपरासीपश्चिमको रामग्राममा उद्योग स्थापना गर्नुभएको थियो । दुई वर्षअघि स्थापना भएको यो उद्योगले अहिले स्वदेशी र अन्तर्राष्ट्रिय बजारको माग धान्न नसक्ने अवस्थामा आइपुगेको हो ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानद्वारा प्रदान गरिने ‘पद्मश्री साहित्य पुरस्कार’ समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई (मनु उपन्यासका लागि) एक समारोहबिच अर्पण गरिएको छ । मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक, सांस्कृतिक उपन्यास हो । मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबिचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानव जातिको विकास भएको कथा यस उपन्यासमा चित्रण गरिएको छ ।
सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेसनल मिस एन्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल २०२३’ को उपाधि क्रिस्मा कुँवर र सोलिना लामाले जित्नुभएको छ । करुणाज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेस्ट इभेन्ट्सद्वारा आयोजित प्रतियोगिताको ‘मिस’ र ‘मिसेस’ विधामा क्रिस्मा र सोलिनाले शीर्ष उपाधि हात पार्दा ‘मिस’ तर्फ अरुणा पुरी तथा ‘मिसेस’ तर्फ प्रिना राई गुरुङ फस्ट रनरअप र ‘मिस’ तर्फ विनिता खड्का र ‘मिसेस’ तर्फ झरना काफ्ले सेकेन्ड रनरअप हुनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित नेपाल भाषा
हुम्ला जिल्लामै सबैभन्दा बढी मार्सी धान उत्पादन हुने चङ्खेली गाउँपालिका–२ र ३ को दार्म र मिमी गाउँमा पाकेको धान भित्र्याउन सुरु भएको छ । जिल्लामै सबैभन्दा पछि धान उत्पादन हुने भएका कारण किसानलाई यति बेला धान भित्र्याउने कार्यले भ्याइनभ्याइ भएको हो । दार्म गर्खा गाउँकी सुहान हमाल
पोखरेलीको सपना छ, गृह नगरकै विमानस्थलबाट विदेश उड्न पाइयोस् । उताबाट पनि पोखरा विमानस्थलमै ओर्लन मिलोस् । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि नियमित उडान नहुँदा यो सम्भव भएको छैन । त्यसमाथि पृथ्वी राजमार्ग स्तरोन्नतिको कामले पोखरा भित्रिने सडकसमेत सहज छैन । यसबाट प्रभावित पोखरेलीमाझ अहिले नयाँ आशा सञ्चार भएको छ ।
गुल्मीमा दुई वर्षमा ७१८ को सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३६९ जना र २०७९/०८० मा ३४९ जनाको सम्बन्ध विच्छेद भएको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
दसैँमा बिक्री नभएका कुखुरा बेच्नका लागि व्यवसायीले त्यसको मूल्य घटाउने भएका छन् । दसैँलाई लक्षित गरी उत्पादन गरेको कुखुरा लक्ष्य अनुसार बिक्री नभएपछि त्यसलाई बेच्नका लागि मूल्य घटाउन लागिएको कुखुरा बजार व्यवस्थापन सङ्घका अध्यक्ष जङ्गबहादुर सिंहले बताउनुभयो ।
दसैँ मनाउँदा लागेको ऋण तिर्न व्यास–१० कोमलटारीका १० भन्दा धेरै बोटेहरू सुनको कण खोजीमा त्रिशूली किनारातर्फ लागेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा आज राति काठमाडौँ आउँदै हुनुहुन्छ । उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुहुने छ ।
म्याग्दी र मुस्ताङमा पर्यटकको घुइँचो लागेको छ । घुम्न आएका पाहुनाले होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी होटल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घका अध्यक्ष ताराप्रसाद आचार्य ९बाबुराम०ले दसैँलगत्तै पाहुनाको चाप बढेर होटल भरिभराउ भएका जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले मङ्गलबार गौतम बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुहुने भएको छ । लुम्बिनी विकास कोषले उहाँको स्वागतका लागि विशेष तयारी गरेको छ । गुटेर्रेस राष्ट्रसङ्घको छैटौँ महासचिवका रूपमा लुम्बिनी आउन लाग्नुभएको हो । यसअघि राष्ट्रसङ्घका पाँच जना महासचिवले लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ । जस अनुसार ड्याग ह्यामरसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहाइमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ नोभेम्बरमा लुम्बिनीको भ्रमण गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार तीनदिने नेपाल बसाइका क्रममा गुटेर्रेसले सोमबार लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।