बितेका २४ घण्टामा देशभर १० हजार ७५३ जना कोरोनाका बिरामी थपिएका छन् । शुक्रबार ११ हजार १०९ जना बिरामी भेटिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले आज (शनिबार) जनाएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कोलम्बियाको शान्ति प्रक्रियाका सकारात्मक अनुभवबाट पाठ सिकेर नेपालले बाँकी काम पूरा गर्न सक्ने बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपाल राष्ट्र बैङ्कमा जागिर पाउनका लागि कुनै पनि खालको भनसुन नलाग्ने दाबी गर्नु भएको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशी विदेशी शक्ति मिलेर देश लुटिरहँदा पनि सत्तामा बस्नेहरू बोल्न नसकेको आरोप लगाउनुभएको छ । विदेशी शक्ति केन्द्रले नेपालमा हस्तक्षेप गर्दा पनि ठूला दलका नेताहरू मौन बसेको उहाँले आरोप लगाउनुभयो ।
हिमाली जिल्ला मनाङमा वर्षायाममा वर्षात् र हिउँदमा हिमपातका कारण विकास निर्माणका काममा बाधा पुग्ने गरेको छ । वर्षमा करिब पाँच–छ महिना मात्र काम गर्न मौसम अनुकूल रहन्छ । जिल्लामा विकासका योजना धेरै छन् । केही निर्माणका क्रममा छन् भने केही सम्झौता सकिने बेलासम्म प्रक्रियामा नै पुगेका छैनन् ।
मिथिलाञ्चलमा आज (शनिबार) हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदैछ । वैशाख २ गते मनाइने यस पर्वमा मिथिलावासी एकअर्कालाई हिलोपानी लगाउने गर्दछन् ।
व्यापक विरोधका बीच फ्रान्समा निवृत्तिभरण प्राप्तिको उमेर बढाइएको छ । निवृत्तिभरण प्राप्तिको विद्यमान ६२ वर्षलाई बढाएर ६४ वर्ष कायम गरिएको छ ।
चितवनमा पर्यटकीय गतिविधि बढाउने उद्देश्यका साथ प्याराग्लाइडिङको व्यावसायिक उडान थालिएको छ ।हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनी चितवनले नयाँ वर्षको अवसर पारी उडान सुरु गरेको हो ।
प्रधानमन्त्री फुमियो किशिदामाथि देशको पश्चिमी भाग वाकायामामा आक्रमणको प्रयास भएको छ । वाकायामा आयोजित एक चुनावी कार्यक्रममा मन्तव्य व्यक्त गर्न लागेका प्रधानमन्त्रीमाथि ‘स्मोक बम’ प्रहार भएको सरकारी समाचार समिति क्योदो तथा प्रसारण संस्था एनएचकेले जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताउनुभएको छ ।
चलचित्रबाट भएको आम्दानी वैशाखदेखि मासिक रूपमा सार्वजनिक गरिने भएको छ । चलचित्र विकास बोर्डले आम्दानी कति भयो भनी यकिन गर्न अव मासिक रूपमै सार्वजनिक गर्ने भएको हो ।
अमेरिकाको गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) वर्षौंदेखि केही अनौठा र असामान्य योजना संलग्न रहेको छ तर हृदयाघात गराउने बन्दुक (हर्ट अट्याक गन) निकै चर्चाको विषय रह्यो। कुरा कस्तो चलेको थियो भने सीआईएले यस्तो हतियार बनाएको छ जसले टाढैबाट लक्षित व्यक्तिमा हृदयाघात गराउन सक्छ। के उनीहरूले त्यस्तो गरे ? वा यो एक अर्को षडयन्त्रकारी सिद्धान्त मात्र हो ?
तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गा लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।
नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन निवासमा शुक्रबार राति गोली पड्केको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी दीपेन्द्र जिसीका अनुसार गोली नियतवश नभई अञ्जानमा पड्किएको जानकारी दिनुभयो ।