आगामी मङ्सिर ४ गतेलाई तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार तीव्र हुँदैछ। चुनावी रौनक व्यापक, उल्लासमय र प्रभावी बन्दैछ। यो केवल व्यवस्थापकीय मात्र निर्वाचन होइन। हामीले संसदीय प्रजातन्त्र र संसद्बाट निर्वाचित हुने कार्यकारी प्रधानमन्त्रीको व्यवस्था अवलम्बन गरेका छाँै। तसर्थ, यो निर्वाचन संसद्सँगै सरकार निर्माण गर्ने पनि निर्वाचन हो। राष्ट्रपतीय प्रणालीमाजस्तो कार्यपालिका र व्यवस्थापिकाको लागि छुट्टाछुट्टै निर्वाचन नभई यहाँ एउटै निर्वाचनले दुवै दायित्व बहन गर्नुपर्छ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा अबको सरकार शीर्षकमा ५६ पेज लामो चुनावी सङ्कल्पपत्र जारी ग¥यो। यसलगत्तै नेकपा माओवादी, नेकपा समाजवादी र राप्रपाले समेत आ–आफ्ना घोषणापत्र जारी गरे सदाझैँ। साइजमा सबैभन्दा ठूलो ८० पेजको प्रतिज्ञापत्र माओवादीको छ भने सबैभन्दा सानो २० पेजको राप्रपाको। समाजवादीको कांग्रेसको जत्रै ५६ पेजको छ।
पूर्वअर्थमन्त्री ऋषि सुनक पहिलो ब्रिटिस–एसियाली प्रधानमन्त्री बन्नु भएको छ। यो वर्षको पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको डेढ महिनापछि यसपालि विजयी भएर उहाँ बेलायतको प्रधानमन्त्री बन्नु भएको हो। अहिले बेलायतले ठूला आर्थिक र राजनीतिक चुनौती सामना गरिरहेकाले देशलाई निकास दिन उहाँलाई सजिलो छैन। मुलुक चलाउन नसकेरै उहाँका दुई पूर्ववर्ती प्रधानमन्त्री बोरिस जोन्सन
गुठी संस्थानले कात्तिक १७ गते स्थापनाको ५९ औँ वर्ष पार गरेको छ। नेपाली समाजको सभ्यता र परम्पराको आधार स्तम्भको रूपमा रहेको गुठी प्रथाको संरक्षण एवं संवद्र्धन गर्नका लागि हाम्रा पूर्वजहरूले मठ मन्दिर, धर्मशाला, पाटी–पौवा आदि स्थापना गरी सोसँग सम्बन्धित जात्रा पर्व एवं नित्य नैमित्य पूजा सञ्चालन गर्न तथा अन्य परोपकारी कार्य सञ्चालन गर्न छुट्याइ राखिदिएका चल अचल सम्पत्ति नै गुठी हुन्। गुठी कला, संस्कृति, परम्परा र धर्मको समग्र रूप हो, राष्ट्रको पहिचान हो, जीवन पद्धति पनि हो।
ललितपुर क्षेत्र नं. ३ का वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ जस्ता अभियानसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। ऊर्जामन्त्रीसमेत रहनुभएकी ललितपुर क्षेत्र नं. ३ प्रतिनिधि सभाकी उम्मेदवार पम्फा भुसालले ललितपुरमा पर्यटकीय चक्रपथ, हाइकिङ तथा साइक्लिङ मार्ग निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि राजनीतिक दलहरूले जारी गरेका घोषणापत्रमा शासकीय स्वरूप फेर्ने प्रतिबद्धता पनि छन् । त्यसका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ र त्यसको प्रतिबद्धता पनि घोषणा पत्रमा पाइन्छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि चुनावमा होमिएका विभिन्न दलका उम्मेदवार चुनाव प्रचारमा केन्द्रित भएका छन्। अहिले उनीहरू ग्रामीण भेगमा घरदैलो र मतदातालाई भेटघाट गर्दै मतदान गर्दा बदर नहुने गरी मतदान गर्नसमेत सिकाइरहेका छन्।
धनकुटाको पर्यटकीय नगरी भेडेटारदेखि चौबिसेको जेफालेसम्म चारवटा भ्यु टावर (दर्शनटुप्पो) निर्माण भएका छन्। भेडेटारदेखि जेफालेसम्मको दूरी करिब २० किलोमिटर मात्र छ। यो २० किलोमिटरको दूरीमा करिब पाँच/पाँच किलोमिटरको अन्तरमा एउटा भ्यु टावर देख्न पाइन्छ। यी चारमध्ये तीनवटा त साँगरीगढी गाउँपालिकामै छन्।
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी इलामका विभिन्न पालिकाका केन्द्रमा नमुना मतदान सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय इलामले मतदाता शिक्षा दिने र मत बदरको अवस्था बुझ्न नमुना मतदान सम्पन्न गरेको हो।
कोभिड–१९ सङ्क्रमण र रुस–युक्रेन युद्धका कारण छाला निकासी घटेको छ । कोभिड–१९ सङ्क्रमणको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा छालाको माग घट्दै जाँदा त्यसको प्रभाव नेपालमा पनि परेको थियो । तीन वर्षपछि पुनः युरोपलगायतका देशमा निकासी हुन थालेको छाला कारोबारलाई रुस–युक्रेन युद्धले प्रभावित बनाएको उद्योगीको भनाइ छ ।
कोइला अभावका कारण बन्द रहेको हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ । कोइला अभावसँगै उद्योगको किल (क्लिङ्कर उत्पादन गर्ने) मा समस्या आएका कारण गत साउन महिनादेखि उद्योगको उत्पादन ठप्प रहेको थियो । उद्योगका प्रवक्ता अशोक गौतमले कोइला आपूर्ति हुन थालेसँगै बन्द उद्योगबाट क्लिङ्कर उत्पादन प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
मङ्सिर ४ गते हुने निर्वाचनका लागि यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म दल तथा उम्मेदवारहरूले आमसभा, जुलुस, कोणसभा जस्ता कार्यक्रम एवं सञ्चारमाध्यमको प्रयोग गरेर आफ्नोबारेमा प्रचारप्रसार गर्न पाउनेछन्। निर्वाचन आयोगका अनुसार यद्यपि यस्ता कार्यक्रमहरू गर्दा निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्डहरू पालना गर्नुपर्ने व्यवस्था छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षा र लोकतन्त्र सुदृढीकरणका लागि आगामी निर्वाचन महत्वपूर्ण हुने बताउनुभएको छ । चुनावी अभियानका क्रममा गृह प्रदेश सुदूरपश्चिम आइपुग्नुभएका प्रधानमन्त्री देउवाले धनगढीमा बुधबार गोरखापत्रसँग विशेष कुराकानी गर्नुहुँदै आगामी निर्वाचन राजनीतिक स्थायित्वका लागि महत्वपूर्ण हुने बताउनुभएको हो ।
देशभरि कार्यालयमा काम गर्ने समय घटेको छ। बुधबार (कात्तिक १६)देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको काम गर्ने समय एक घण्टा घटेको हो।
रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ मा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर चार जना घाइते भएका छन् ।