तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम धमाधम भइरहेको छ । निर्धारित समयमा पूरा गर्ने उद्देश्य दसैँको बिदामा समेत काम जारी राखिएको हो ।
बाँके ट्राफिकले जिल्लाका विभिन्न ठाउँठाउँमा पुगेर ट्राफिक नियम कानुनसम्बन्धी सचेतना कार्यक्रम निरन्तर गरिरहेको छ ।
दाङको तुलसीपुरमा प्रथम नवयूथ कप पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १ को आयोजना तथा नवयूथ क्लबको समन्वयमा यही कार्तिक १७ गतेदेखि प्रतियोगिता हुन थालेको हो ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथीभराको जिल्ला भनेर ताप्लेजुङलाई चिनिन्छ । ताप्लेजुङका उक्त दुई मुख्य पर्यटकीय तथा धार्मिक गन्तव्य हुन् भने अन्य थुप्रै पर्यटकीय गन्तव्यहरु रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरेसको आसन्न नेपाल भ्रमणबाट विश्व समुदायमा नेपालको प्रतिष्ठा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दसैँ बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दसैँअघि सुनसान रहेका होटल दसैँपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका हुन् ।
नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुभएको छ ।
आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बताउँदै बाँकेको विभिन्न सरकारी कार्यालय तथा सङ्घ संस्थामा ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका-१ मालुङ्गाका ४७ वर्षीय रुक्मागत न्यौपानेले मलेसिया, कतार, दुबई, भारतलगायतका मुलुकमा १२ वर्ष बिताउनुभयो ।
कृषियन्त्रको प्रयोगले खेती गर्न जनशक्ति, लागत र समय समेत कम लाग्ने भएपछि पछिल्लो समय दाङमा कृषियन्त्रको प्रयोग बढ्दैगएको छ ।
कास्की जिल्लामा अवस्थित विश्व प्रख्यात मर्दी पदयात्रामा जाने पर्यटकको यतिबेला घुइँचो लागेको छ । दसैँअघिदेखि नै यस पदयात्रामा पर्यटकको आगमन बढ्दा होटल तथा रेष्टुरेन्ट भरिभराउ भएका छन् ।
कोजाग्रत पूर्णिमासँगै महोत्तरीसहितका मिथिला क्षेत्रका नवविवाहित जोडीको आज ‘चुमाउन’ विधि गरिँदै छ । पछिल्लो एक वर्ष अवधिभित्र विवाह भएका मैथिल दम्पतीको पहिलो कोजाग्रत पूर्णिमाका दिन दुलही पक्षका आफन्तले दुलाहाका घरमा गएर गरिने वरपूजन परम्पराको ‘चुमाउन’ विधि आज हुन लागेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरबाट १२ जना जुवाडे पक्राउ परेका छन् । टहरामा जुवा खेलिरहेको अवस्थाबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
चाडपर्वको अवसर पारेर बर्दिबासस्थित साना सहरी सरसफाइ तथा खानेपानी उपभोक्ता सङ्घले महिना दिनका लागि निःशुल्क पानी वितरण गरेको छ ।
एक दशक अगाडिसम्म बागलुङका धेरै जसो गाउँहरूमा सराय नाच नाच्ने प्रचलन भए पनि पछिल्लो समय एक-दुई गाउँमा मात्र देख्न पाइन्छ । मौलिक संस्कृति बोकेको सराय नाच हराउँदै जान थालेपछि बुढापाकाले चिन्ता गर्न थालेका छन् ।