पाकेर थन्क्याउने बेलासम्म पनि धानमा दान (बाला) नलागेपछि वालिङका कृषक चिन्तित बनेका छन् । वालिङ नगरपालिका–१४ स्थित हुल्काङका कृषकले यस वर्ष लगाएको उन्नत जातको धान ‘युएस ३१२’ मा दाना नलागेपछि स्थानीय चार जना कृषक समस्यामा परेका हुन् ।
जिल्ला कारागार मोरङका एक जना कैदीको मृत्यु भएको छ । पाचन प्रणालीमा समस्या देखिएपछि उपचारका लागि कोशी अस्पतालमा उपचाररत ५४ वर्षे मानबहादुर खपाङ्गीको मृत्यु भएको हो ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका –११ कासीपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार साँझ छिन्चु–जाजरकोट सडकखण्डमा छिन्चुबाट जहरेतर्फ जाँदैगरेको भे १२ प ६४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर कल्भर्डमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।
नेकपा (एमाले) का नेता एवम् पूर्वमन्त्री अग्नि खरेलले झापाको क्षेत्र १ को प्रमुख समस्या नै हात्तीको आतङ्क रहेकाले सो समस्याको स्थायी समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
काठमाडौं, कात्तिक १६ गते । बलिउडका चर्चित अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो टिजर सार्वजनिक गरिएको छ । आज शाहरुखको जन्मदिनको अवसर पारेर युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नुभएको हो भने निर्माण आदित्य चोपडाको छ । फिल्ममा प्रमुख पात्रको रुपमा शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम हुनुहुन्छ ।फिल्म पठान २०२३ जनवरी २५ देखि प्रदर्शनमा आउने भएको छ ।
अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्समा मङ्गलबार साँझदेखि सुरु भएको छ । यो अरब लिगको ३१ औँ शिखर सम्मेलन भएको बताइएको छ ।
चुनावी घोषणापत्रमा कांग्रेस र एमालेले मुख्य गरेर समृद्ध नेपाल बनाउनका लागि राष्ट्रिय अर्थतन्त्र, कृषि, रोजगारी, उद्योग र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् ।
नेपालमा आसन्न निर्वाचनका समय नेपाल भारत सीमा तीन दिन सील गर्ने सहमति भएको छ । भारतको बिहारसँग जोडिएका नेपालका पर्सा, बारा, रौतहट, चितवन र नवलपरासी (बर्दघाट सुस्तापूर्व) र नवलपरासी (बर्दघाट सुस्तापश्चिम) का सीमा ७२ घण्टाका लागि सील गर्ने सहमति भएको हो ।
नेपाल प्रहरीले महोत्तरी जिल्लाको मटिहानीबाट भारतीय नक्कली नोटसहित भारतका दुईजना नागरिकलाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा भारतको मधुवनी बेनीपट्टी कटैया बस्ने वर्ष ३५ को सुनिल कुमार शास्त्री र सितामढी चोरौत पूर्वी वडा न.१ बस्ने वर्ष २४ को मनिषकुमार पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) र बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) का खेलाडीहरु मैत्रीपूर्ण खेलपछि सेल्फी लिंदै
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली सम्मिलित नेपाल क्रिकेट सङ्घ (क्यान–११) र बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) का खेलाडीहरु मैत्रीपूर्ण खेलपछि सेल्फी लिंदै
डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा रहेको पाँच हजार २२० मिटर अग्लो छोइलापास लेकमा हिउँले सेताम्य ।
निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारहरुको ध्यानाकर्षण गराएको छ । आयोजले भित्ते लेखन गर्न निषेधदेखि झण्डा र चुनावचिन्हको आकार निर्धारण, १० भन्दा बढी राष्ट्रिय झण्डा प्रयोग गर्न रोक, आमसभा र कोणसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्ने जस्ता मापदण्ड तय गरेको छ ।
आगामी निर्वाचनका लागि आचारसंहिताविपरीत कार्य गरेको भन्दै इलाममा १५ वटा उजुरी परेका छन्। निर्वाचन अनुगमन अधिकृत भूमिराज भुसालले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालमा प्रचार गरेको तथा प्रतिक्रिया गरेकोमा छवटा, निर्वाचनमा प्रभाव पार्ने तथा धार्मिक सहिष्णुता खलल गर्ने गरी प्रचार–प्रसार तथा प्रकाशन गरेकोमा तीनवटा सञ्चारमाध्यमविरुद्ध उजुरी परेको जानकारी दिनुभयो।
पाँचथर जिल्लामा सुरु भएर अधुरो रहेका योजना पूरा गर्ने वचन दिँदै प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएका दल र स्वतन्त्र उम्मेदवारहरू मतदातासँग भोट मागिरहेका छन्। लामो समयसम्म पूरा नभएका योजना पाँच वर्षभित्र पूरा गर्ने भन्दै उम्मेदवारहरूले विकासकै मुद्दालाई चुनावी एजेन्डा बनाएका हुन्।