संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको औपचारिक भ्रमणमा आइतबार यहाँ आइपुग्नुहुने भएको छ । नेपाल सरकारका विभिन्न निकायले उहाँको भ्रमणको आवश्यक तयारी थालेको छ । आपसी भाइचारा र शान्तिको सन्देश विश्वलाई दिने उद्देश्यसहित महासचिव गुटेर्रेसको नेतृत्वमा संयुक्त राष्ट्रसङ्घको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउन लागेको हो । विश्वका विभिन्न देशबिच आपसी मतभेदसँगै युद्ध र कलहमा जेलिइरहेका बेला महासचिव गुटेर्रेसको शान्ति भूमि नेपालको भ्रमणलाई महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार महासचिव गुटेर्रेस कतार एयरलाइन्सको जहाजबाट आइतबार दिउँसो १ बजे नेपाल अवतरण गर्नुहुने छ ।
फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् ।
गत असोज २६ गते कलेजो प्रत्यारोपण गरिएका सासूबुहारी डिस्चार्ज भएका छन् । ६२ वर्षीय सासूलाई उहाँकी ३७ वर्षीय बुहारीले आफ्नो आधा कलेजो दान गर्नुभएको थियो । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बुहारी छ दिन र सासू १२ दिनपछि डिस्चार्ज भएको जानकारी दिनुभयो । उहाँले अङ्गदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य रहेको जानकारी दिनुभयो ।
कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । दसैँतिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताउनुभयो । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले भन्नुभयो, “बिपीले तत्कालीन अ
शनिबार राति खण्डग्रास चन्द्रग्रहण लाग्ने छ । शनिबार राति ११:४७ बजे विरल छायाले ढाक्न सुरु गर्ने र सघन छायाले आइतबार बिहान १:२० बजे ढाक्ने छ । ग्रहणको मध्य आइतबार बिहान १:५९ बजे हुने छ भने आइतबार बिहान २:३८ बजे ढाक्न छोड्ने छ । बिहान ४:१२ बजे विरल छायाले ढाक्न छोड्ने छ ।
दसैं मनाउन गाउँ आएकाहरु फर्किन थालेका छन् । घरबाट कार्यथलो फर्किनेहरू बढेपछि कालिपुल बसपार्कमा भीड बढेको छ ।
रुकुमपश्चिमको मुसिकोट नगरपालिका –४ बोहरागाउँमा अटो दुर्घटना भएको छ । मुसिकोट नगरपालिका १ खलङगाबाट वडा ४ सोलाबाङ्गतर्फ जाँदैगरेको रा १ ह ७३०९ नम्वरको अटो आज दिउँसो साढे ४ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेशकुमार यादव (बब्लु) माथि गोली प्रहार भएको छ । दोषीको तत्काल पहिचान गरी पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ ।
दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् ।
विजयादशमीपछिको चौथो दिन आज पनि नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को देखिन्छ ।
जिल्लाको ब्यास नगरपालिका-११ मा सञ्चालित ‘बाराही-रानीमार्ग’ सडकको कालोपत्र लक्ष्य अघि नै सम्पन्न भएको छ । वि.सं.२०८० फागुन ११ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले आठ महिनाको अवधिमा निर्माण सम्पन्न गरेको हो ।
आगामी तीन दिन देशका केही पहाडी भू–भागको मौसम सामान्य बदली रहने भए पनि अधिकांश स्थानको मौसम सफा रहनेछ ।
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १९ जना पक्राउ गरेको छ ।
भेनेजुएलामा प्रहरी र सैन्य कारवाहीका क्रममा १० टनभन्दा बढी कोकिन बरामद भएको अधिकारीहरूले बताएका छन् । यो गत वर्ष बराबद गरिएको सबै बरामदको करिब एक चौथाइ बराबर हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा शुक्रबार दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।