सर्वोच्च अदालतले सरकारी कोषबाट सुविधा प्राप्त गर्ने निर्वाचित पदाधिकारीसमेत लाभको पद धारण गर्नेभित्र पर्ने नयाँ व्याख्या गरेको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पदमै रहेर भाग लिन पाउनुपर्ने हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका तत्कालीन अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमा सर्वोच्चले स्थानीय तहका निर्वाचित पदाधिकारीको पदलाई लाभको पदको व्याख्या गरेको हो।
निर्वाचनमा प्रयोग गर्ने गरी भारतले नेपाललाई दुई सयवटा सवारीसाधन प्रदान गरेको छ। मङ्गलबार राजधानीमा आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई उक्त सवारीसाधन प्रदान गर्नुभएको हो। यी सवारीसाधन निर्वाचनको समयमा प्रयोग गरिनेछ। जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ। समारोहमा अर्थमन्त्री शर्माले नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिनुभयो।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थाल्ने विषयमा नियामक नागरिक उड्डयन प्राधिकरणसँग वायुसेवा कम्पनीहरूको रस्साकस्सी चलिरहँदा हिमालय एयरलाइन्सले भने उडान सुरु गर्ने भएको छ। नेपाल–चीन संयुक्त लगानीको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालयले गौतम बुद्व विमानस्थलमा यात्रुवाहक चार्टर उडान गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको छ।
काठमाडौँको तारकेश्वर नगरपालिकाले ३५ दिनभित्र अनिवार्य व्यवसाय दर्ता नगरे त्यस्ता व्यवसायीलाई कारबाही गर्ने भएको छ ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ मा रहेको रमणीय धम्जा गाउँ
तनहुँमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।
जापानको होन्डा मोटर कर्पोरेसनले आफ्नो साना व्यवसायिक विमान होन्डा जेट एलिट–२ को नयाँ मोडल सार्वजनिक गर्ने भएको छ।
क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो।
नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा कात्तिक ३० गते पाकिस्तानसँगै मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार मैत्रीपूर्ण खेलको मिति तय गरेको हो ।
शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी योजना अन्तर्गत मङ्गलबार धनगढीमा कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
नेपाली कांग्रेसका नेता एवम् झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णप्रसाद सिटौलाले आसन्न चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा रहेको बताउनुभएको छ ।
आयोजक बंगलादेशले साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबारदेखि सुरु भएको च्याम्पियनसिपको उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८–० गोलले हरायो ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-४ इखाबुको खानीगाउँमा एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ।
गृहमन्त्री बालकृष्ण खाणले संविधान च्यात्ने षड्यन्त्रविरुद्ध सचेत हुनुपर्ने बताउनुभएको छ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘ए’ को शीर्षस्थानमा रहेको न्युजिल्यान्ड इङ्ल्यान्डसँग पराजित भएको छ । ब्रिस्बेन क्रिकेट मैदानमा मंगलबार भएको खेलमा न्युजिल्यान्ड इङ्ल्यान्डसँग २० रनले पराजित भयो ।