सप्तरीको विष्णुपुर गाउँपालिकामा घरेलु मदिरा तथा भट्टी नियन्त्रणमा लिइ प्रहरीले नष्ट गरेको छ ।
तनहुँमा फैलिएको डेंगुको प्रकोप बढ्दो छ । जिल्लामा छ हजारभन्दा बढीमा सङ्क्रमित भएको पुष्टि भइसकेको छ । तनहुँका करिब दैनिक एक सय जनामा डेंगुको सङ्क्रमण थपिरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ ।
पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिगको उद्घाटन खेल रोयल किंगले जितेको छ । रोयल किंगले ३४ रनले खेल जितेको हो । सात बाघले टस जितेर फिल्डिङ रोजेको थियोे ।
नेपाली कांग्रेसले शनिबार कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौँडा मकवानपुरले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने सवारी साधनलाई कारवाही गरेको छ ।
सब डिभिजन वन कार्यालय मूर्तियाबाट खटिएको वन गस्ती टोलीले नयाँरोड–बरहथवा सडकअन्तर्गत धरहरा नजिक सडकमा हिँडिरहेको अवस्थामा लोपोन्मुख सालक फेला पारेको हो । सालक शान्त एवम् लजालु स्वभावको स्तनधारी जङ्गली जनावर हो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी ओलीबीच शुक्रबार दिउँसो भेटवार्ता भएको छ ।
नेपालगन्ज नाका भएर आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा सात करोड रुपियाँ बढी मूल्यको प्लाईउड भारततर्फ निकासी भएको छ ।
नवलपुरमा दसैँको समयमा नियमविपरीत सञ्चालन भएका छसय ३१ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।
धनकुटाको महालक्ष्मी नगरपालिकामा १५ शय्याको अस्पताल निर्माणको तयारी गरिएको छ । गत असारमै निर्माण सम्पन्न भएर अहिले सो अस्पताल सञ्चालन हुनुपर्ने थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले जिल्लामा आएको ११औं दिनमा शान्तिपूर्ण रुपमा ‘दुर्गा मूर्ती विसर्जन’ आफ्नो पहिलो सफलता भएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणामा उहाँ यहाँ आउन लाग्नुभएको हो ।
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय –(कोकिवन) बाट तेक्वान्दोको छैटौँ डान डिग्री हासिल गर्नुभएको छ । आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौँ डान प्राप्त गर्नुभएको हो ।
स्थल आक्रमणको तयारी गरिरहेको बेला लडाकू विमान र ड्रोनहरूको सहयोगले स्थल सेनाले पछिल्ला दिनमा गाजामा ‘लक्षित आक्रमण’ गरेको इजराइली सेनाले शुक्रबार बताएको छ ।