नेपाल वायुसेवा निगमले आगामी जेठ दोस्रो सातादेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुर उडान गर्ने भएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट नयाँ दिल्ली र क्वालालम्पुरमा नियमित उडानको तयारी गर्न कार्यदल गठन गरिएको छ । जेठ दोस्रो साता (मे अन्तिम)बाट कम्तीमा दुई गन्तव्यमा उडान सुरु गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार दुई देश र इनरुट पर्ने देशमा आवश्यक अनुमतिका लागि निगमले निवेदन दिइसकेको छ । सातामा कम्तीमा एक उडान हुने गरी प्रक्रिया अगाडि बढेको छ ।
उपत्यकाको एकीकृत विकासका लागि उपत्यकाका तीन जिल्लाका १८वटै नगरपालिकाले एकीकृत योजना बनाउने भएका छन्। सबै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्यालाई सामूहिक रूपमा समाधान गर्ने रणनीति बनाउन लागेका हुन्। उपत्यकाको एकीकृत विकासका लागि केही दिनअगाडि ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनको अध्यक्षतामा काठमाडाँै उपत्यका नगरपालिका फोरमको नयाँ कार्यसमिति चयन भएको छ।
निर्देशक निरेन श्रेष्ठले आफ्नो एउटै एल्बमको सातवटा गीत सार्वजनिक गर्नुभएको छ। शनिबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकर मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा अरुणको कोसेली भाग–१ को विमोचन गरिएको हो। हाँसेको हिमाल, बाबाआमा, छोडी गयौ, धोका दिने निष्ठुरी, युवा फर्की नेपाल आऊ, सक्दिन बिर्सन, अस्पताल जाऊ बोलको गीत एल्बममा समावेश छन्। गीतमा आनन्द कार्की, अञ्जु पन्त, रामकृष्ण ढकाल, अस्मिता धमला, रामकुमार केसीलगायतको स्वर रहेको छ भने शब्द अरुणकुमार गिरीले लेख्नुभएको हो।
नयाँ वर्ष २०८० को अवसरमा उपन्यासकार कल्पना खरेलले आफ्नो नवीनतम कृति ‘पुरुष’ उपन्यास बजारमा ल्याउनुभएको छ। उहाँले यस उपन्यासमार्फत पुरुषको अन्तर्भावनाको आवाज मुखरित गरेको बताउनुभयो। उपन्यासकार खरेलले उपन्यासमा नारी मात्र पीडित छैनन्, पुरुष पनि पीडित छन् भन्ने भाव व्यक्त भएको बताउनुभयो। उपन्यासमा पुरुषभित्रको सकसलाई भित्रैसम्म पसेर सूक्ष्म अन्तर्दृष्टि लगाएर विषयवस्तु उनिएको लेखक खरेलको भनाइ छ। उहाँले पुरुष उपन्यास घर–घरको कथा भएको पनि बताउनुभयो। महिलाद्वारा मनोविज्ञानमा आधारित भएर लेखिएको उपन्यासमा ‘मर्द’को खोलभित्र लुकेका अनेकौँ कुण्ठा उद्घाटन गरिएको छ।
नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलले विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न सकेको छैन। ललितपुर महानगरपालिकासँग विवाद बढेपछि सो स्कुलले गत चैत ९ गते वेबसाइटमा सूचना प्रकाशित गर्दै अनिश्चितकालका लागि भर्ना प्रक्रिया स्थगित भएको जनाएको थियो।
स्वास्थ्य प्रणालीमा चुनौती सिर्जना भएको अनुसन्धानले देखाएको छ। विभिन्न छ संस्था सम्मिलित ग्लोबल रिसर्च टोलीले नेपालको स्वास्थ्य प्रणालीमा सङ्घीयताको प्रभावबारे गरिएको अनुसन्धानले स्वास्थ्य क्षेत्रमा चुनौती सिर्जना गरिरहेको देखाएको हो। सन् २०२० देखि हालसम्म जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा स्वास्थ्य प्रणालीमा के–कस्ता परिवर्तन भए भन्ने विषय समेटिएको छ। अनुसन्धान टोलीमा मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान, फेज नेपाल र बेलायतका तीन संस्था (सेफिल्ड, बर्नमाउथ र हडर्सफिल्ड विश्वविद्यालय)का अनुसन्धानकर्ता संलग्न हुनुहुन्छ। मुगु, नवलपरासी, सिन्धुपाल्चोक र काठमाडौँका दुई–दुईवटा पालिकामा अनुसन्धान केन्द्रित भएर गरिएको थियो।
नेपालमा अनुमति पाइसकेपछि पनि २४१ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण सुरु हुन सकेको छैन । महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवदेनमा गत वर्ष ६५५ स्थानीय तहलाई अनुमति दिएकोमध्ये ४१४ तहमा निर्माणाधीन अवस्थामा रहेको र २४१ तहमा निर्माण सुरु नै नभएको उल्लेख छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे सङ्घीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ।
कास्की जिल्लाको पोखरा महानगरपालिका १५ स्थित सिताराम हाउजिङ नजिकै खेल मैदानमा रहेको भासिएको प्वालमा खसी अड्किएकी एक जना बालिकालाई सशस्त्र प्रहरीले करिब दुई मिटर गहिराइबाट निकालिएको छ ।
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ स्थित बाटो विस्तार विवादलाई लिएर भएको झडपमा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ का लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गर्नुभएको छ।
साहित्य सन्ध्याको ४३९ औँ विशेष शृङ्खला आज शनिबार सम्पन्न भएको छ । पदमोदय मावि रामशाहपथ काठमाडौँमा आयोजना गरिएको विक्रम संवत् परिचर्चा, नथाकेको घाउ कथासङ्ग्रहको लोकार्पण तथा ‘अमर सूक्तिसुधा’ कृतिको परिचर्चा गरिएको छ ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले परिवर्तन संस्थागत गर्न पाँच वर्षको लागि गठबन्धन गरिएको बताउनुभएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले बीपी कोइरालाकै बाटोमा देश हिँडिरहेको बताउनुभएको छ । सत्ता गठबन्धनले शनिबार व्यास नगरपालिका –२ मा गरेको उपनिर्वाचन सभामा डा. रिजालले सो कुरा बताउनुभएको हो ।
माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुँदै हुम्लाको सिमकोट गाउँपालिका भित्र रहेका सात विद्यालयका विद्यार्थी। तस्बिरः दाने बोहरा/रासस