कैलालीमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । भजनी नगरपालिका –२ पल्टुपुरकी १३ वर्षीया सुस्मा चौधरीको ज्यान गएको हो ।
काठमाडौँ महानगरपालिका–२७ ठमेलस्थित वाल्डो होटलमा बस्दै आएका भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
पोखरा–बागलुङ सडक मार्गमा पर्ने पर्वतको मोदी गाउँपालिका –६ स्थित बेतेनीमा आइतबार दिउँसो तीन वटा गाडीहरू एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सहजीकरण गर्ने बताउनुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ९४ मा सीमित भएको छ ।
दुई चार पेज कण्ठ पारेको सुनिएकै हो, तर यहाँ एक १८ वर्षीय युवकले मुस्लिमको धर्मग्रन्ध कुरान नै कण्ठ पार्नुभएको छ । भीरकोट नगरपालिका –२ ठूलो गाउँका साजितद्दिन मियाँले ७९१ पृष्ठको कुरान कण्ठ पार्नुभएको हो ।
६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना मुआब्जा निर्धारण नहुँदा अन्योलमा परेको छ । लामो समयसम्म पटक–पटक मुआब्जाका लागि छलफल भए पनि अहिलेसम्म निर्धारण हुन सकेको छैन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने अपेक्षा गरिएको अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई उद्धृत गर्दै दि टाइम्स अफ इजरायलले बताएको छ ।
वासिङ्टनको दुर्लभ भ्रमण पूरा गर्नुभएका चिनियाँ विदेशमन्त्री वाङ यीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटघाटको बाटो ‘सहज थिएन’ भन्नुभएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको खेतमा पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भन्सार विधेयक, २०८० मा वैदेशिक सहायतामा सञ्चालित आयोजनाका लागि आवश्यक वस्तु आयात गर्दा उच्चस्तरीय कर सुधार आयोगको सुझावको आधारमा पुनरावलोकन गरी कार्यान्वयन गरिने व्यवस्था गरिएको बताउनुभएको छ ।
कैलालीमा एक छोराले ढुङ्गा प्रहार गरी बुबाको हत्या गरेका छन् । घरायसी विवादमा गएराति जानकी गाउँपालिका –३ लाइकपुरका गणेश चौधरीले आफ्नो बुबा हिरासिंह चौधरीको हत्या गरेका हुन् ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ ।
प्रतिनिधिसभा बैठकमा आइतबार दुई वटा विधेयक पेस भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा “बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’’ र “भन्सार विधेयक, २०८०’’ प्रस्तुत भएको छ ।
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ ।