झन्डै एक दशकयता ठूला राजनीतिक दलको चुनावी एजेन्डा बन्ने गरेको मोरङको मरियाबक्राहा खोलाको पुल २०७९ को चुनाव सम्पन्न भएको वर्ष दिन पुग्नै लाग्दा पनि निर्माण सम्पन्न भएको छैन। संविधान सभा चुनावको बेलादेखि सधैँ यो पुल चुनावी एजेन्डा बनिरहेको छ। तत्कालीन मोरङ–२ बाट संविधान सभा सदस्य निर्वाचित चण्डीप्रसाद राईले निर्वाचन क्षेत्र विकास कोषको बजेटमार्फत पुल निर्माण सुरु भएको थियो। २०७२ सालमा निर्माण सुरु भएको पुल ८ वर्ष बितिसक्दा पनि बन्न सकेको छैन।
बैतडीको दोगडाकेदार गाउँपालिका –८ कालागाउँका ३७ वर्षीय वासुदेव जोशीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
बाँकेमा किसानलाई अति आवश्यक पर्नेभन्दा तीन हजार मेट्रिक टन युरिया मल र एक हजार चार सय मेट्रिक टन डीएपी मल कम मौज्दात रहेको छ । कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले जिल्लामा धान बालीका लागि तीन हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म ५२८ मेट्रिक टन मात्र मौज्दात रहेको छ भने एक हजार पाँच सय मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा हालसम्म कार्यालयको गोदाममा १२५ मेट्रिक टन मात्रै मल मौज्दात रहेको छ । खेतीका बेला हरेक वर्ष मलको अभाव हुने बाँकेमा यस पटक पनि सोही अवस्था दोहोरिने प्रमुख पौडेलले बताउनुभयो ।
गायक खड्ग गर्बुजाको नयाँ लोकदोहोरी गीत लाहुरे ठाडो भाका सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत गर्बुजाकै रहेको छ । द भ्वाइस अफ नेपालकी तारा शीर्ष मगरले गर्बुजालाई गायनमा साथ दिनुभएकी छ ।
वैदेशिक रोजगार कार्यालयबाट हुने सेवालाई थप चुस्त र पारदर्शी बनाउन थालिएको छ । वैदेशिक रोजगारीमा जानेले अनलाइनबाट आवेदन दर्ता गरेर आएपछि पनि वैदेशिक रोजगार कार्यालयको शाखा/शाखामा जानुपर्ने बाध्यता अन्त्य गर्दै सोमबारदेखि एउटै शाखाबाट सेवा दिन थालिएको हो ।
जिल्लाको दुर्गमका स्वास्थ्य चौकीमा रहेका प्रसूति गृह विद्युत सुविधा नहुँदा टुकी बालेर सुत्केरी गराउनु पर्ने बाध्यता रहेको छ ।
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले पुराना स्थापित राजनीतिक दलले मात्र देशको विकास गर्न सक्ने बताउनुभएको छ। चितवनको निर्वाचन क्षेत्र नं. २ मा हुन लागेको उपनिर्वाचनको प्रचारप्रसार कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्वमन्त्रीसमेत रहनुभएका नेता विष्टले पुराना पार्टीका नेताले मात्र विकास गर्न सक्ने देखिएको दाबी गर्नुभयो । कहिलेकाहीँ पुराना पार्टीलाई सचेत पार्न जनताले मत नदिन सक्ने भन्दै उहाँले चितवनका जनताले सबै बुझेको बताउनुभयो। जनताको आधारभूत आवश्यकता, भविष्य निर्माणमा एमाले मात्रै सक्षम रहेको बताउनुभयो।
उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस् अस्पताल, बाँसबारीका कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडबाट पेसाकर्मी सरल कर्जा प्रवाह हुने भएको छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाली भएको छ वर्ष भएको छ। पहिलो पटक निर्वाचित स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गरेका छन् भने दोस्रो निर्वाचनबाट आएका जनप्रतिनिधिले पनि एक वर्ष पूरा गर्नै लागेका छन्। नेपालको संविधानले स्थानीय तहका अधिकार र जिम्मेवारी स्पष्ट रूपमा तोकेको छ। अघिल्लो शासन प्रणालीअन्तर्गतका स्थानीय निकाय थप अधिकार र जिम्मेवारीका साथ सशक्त स्थानीय सरकार बनेका छन्।
मान्छेभित्र उम्लिएका कुण्ठा, आक्रोस मिसिएका कथाहरूको सङ्ग्रह हो कथाकार नवराज रिजालको ‘अब उप्राप्त’ कथासङ्ग्रह । साहित्यक पत्रकारितामा दत्तचित्त भएर लागिपरिरहेका रिजालका ‘अब उप्रान्त’ कथा सङ्ग्रहमा १७ वटा कथा सङ्ग्रहित छन् । कथामा नेपाली समाजमा रहेका सामाजिक, रा
म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आह्वान गर्नुभएको छ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वैशाख ८ गते शुक्रबार बिहान ९ बजे बस्ने गरी परिषद्को बैठक आह्वान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का शीर्ष नेताहरूबीच सोमबार भएको बैठकमा प्रधानन्यायाधीश नियुक्त गर्ने विषयमा सहमति जुटेपछि प्रधानमन्त्रीले बैठक आह्वान गर्नुभएको जानकारी दिनुभयो ।
नेपालमा चार हजारभन्दा बढी हेमोफिलिया भएका व्यक्ति उपचारको पहुँचबाहिर रहेको देखिएको छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा हेमोफिलियाका व्यक्तिको सङ्ख्या चार हजार ९३७ रहेकोमा उपचारको पहुँचमा ८१४ जना हेमोफिलिया भएका बिरामी मात्र रहेका छन्।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वैशाख १५ गतेभित्र सबै विद्यालयमा पाठ्यपुस्तक पु-याइसक्ने दाबी गरेको छ। पुस्तक छपाइ तथा वितरणको काम अन्तिम चरणमा पुगिसकेको जनाउँदै केन्द्रले सरकारले भर्ना अभियान सञ्चालन गरेको समयभित्रै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाली बालबालिकाले क्यान्सरको औषधि निःशुल्क पाउने भएका छन् । बालबालिकाको क्यान्सरमा प्रयोग हुने ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र अन्य सरकारी तथा गैरसरकारी अस्पतालमा उपचार गरेका क्यान्सरपीडित बालबालिकाले क्यान्सर रोगविरुद्धको औषधि निःशुल्क रूपमा प्राप्त गर्ने जानकारी दिनुभयो ।