प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकास गर्नु आफ्नो कर्तव्य रहेको बताउनुभएको छ । संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा डडेल्धुराको अजयमेरु गाउँपालिकामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
प्रतिनिधिसभा सदस्यको लागि रौतहट क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग गौर नगरपालिकाका पूर्व नगरप्रमुख तथा नेकपा एमालेका उम्मेदवार अजय गुप्ताले याे पटक पनि कडा टक्कर दिने सम्भावना बढेकाे छ ।
ओखलढुङ्गा सदरमुकाममा नमुना मतदान गरिएको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालयको आयोजनामा नमुना मतदान गरिएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गर्नुभएको छ । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा शनिबार उदघाटन गर्दै उहाँले सो टिप्पणी गर्नुभएको हो ।
जसपाले सार्वजनिक गरेको ३५ पृष्ठ लामो प्रतिबद्धता पत्रमा संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता उल्लेख गरिएको छ ।
एक कप अभियान अन्तर्गत उठेको चन्दाबाट युथ आई सर्भिसले ४३ जनाको आँखाको निशुल्क शल्यक्रिया गरेको छ । २६ औँ निशुल्क आँखा शिविर कीर्तिपुरको नगरमण्डप श्री कीर्ति विहारमा शनिबार देशका विभिन्न स्थानबाट आएका विरामीलाई उपचार नेत्र विशेषज्ञ गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता डा. प्रकाशशरण महतले मङ्सिर ४ को निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गर्नुभएको छ । शनिबार कैलालीको धनगढी पुग्नुभएका डा. महतले प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो ।
वन कर्मचारीको टोलीले तस्करीका काठसहित बर्दिबासबाट एकजनालाई नियन्त्रणमा लिएको छ भने दुईजना फरार छन् । ५८ वर्षीय शोभा थिङलाई काठ चिरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
रुसको पश्चिमी शहर कोस्ट्रोमामा रहेको एक रात्रि क्लबमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
एकमात्र निर्वाचन क्षेत्र रहेको रसुवामा १० जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।
तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट सय जनाको स्वास्थ्य बीमा गरिनेभएको छ । सुनकोशी गाउँपालिका –१ बलखु आम्बोटका सय जनाको स्वास्थ्य बीमा गरिनेभएको हो ।
दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नं. १ र २ गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा रहेको न्युरो सर्जरी सेवालाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण र जनशक्ति थाप्नु पर्नेमा जोड दिइएको छ । सर्जरी विभाग अन्तर्गत न्युरो सर्जन इकाइले शुक्रबार गरेको कार्यक्रममा कम्तीमा पनि तीन जना न्युरो सर्जन डाक्टरसहित आवश्यक उपकरण थाप्नु पर्ने बताइएको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थित भैरहवा बसडिलियाको सिङ्गो गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गर्दै गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गरेको छ ।
काँठ क्षेत्र हिमालको काखमा लुकेको जस्तो देखिन्छ भने खेतमा पाकेको धानले झनै सुन्दरता थपेको छ । उदाउँदो सूर्यले झनै काँठ क्षेत्रको सुन्दरतालाई बढाएको छ, हरियो बोटबिरुवाको आफ्नै सुन्दरता थपिएको छ ।