शान्ति, धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले विश्व हिन्दु महासङ्घ स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको छ । महासङ्घ स्याङ्जाले वेदको उजागर भएको तनहुँको दमौलीमा रहेको वेदआश्रम स्थलमा स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको हो ।
लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
बुटवल लुम्बिनी फुटबल क्लबले सोमबार दोस्रो नेपाल सुपर लिग (एनएसएल)का लागि क्यामरुनी स्ट्राइकर स्टेफेन समीर बिनोङलाई आबद्ध गरेको छ ।
आइसीसी टि२० विश्वकप एसिया क्षेत्र क्वालिफायरको उद्घाटन खेलमा सोमबार सिङ्गापुरले घरेलु टिम नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा १४५ रन बनाएको छ ।
कालिकोटको पलाँता गाउँपालिका वडा नं २ राडुनेटामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि वडा नं २ का वर्ष ६५ का शिव चन्द न्यौपानेको मृत्यु भएको हो ।
अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गर्नुभएका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाउनुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिनको २ः३० बजे पार्टी कार्यालय बालकुमारीमा बस्दै छ ।
खै के भन्नु आज त्यसै मन छट्पटाएको छ । क्यान्सर पीडित बिरामी श्रीमान्लाई केही सोध्न पनि सक्दिनँ । डाक्टरले भनेको छ कुनै पनि किसिमको तनाव नदिनु भनेर । एउटै छोरो पनि अमेरिकातिर भासिएको छ । छोरी पनि पढाइका लागि अर्कै सहर पुगेकी छ, लामो
यसको सुरुवात सन् १९४० को दशकमा भयो, परमाणु बम विकास गरिँदै गरेको स्थल नजिक । परमाणु संयन्त्रहरू नजिक अज्ञात उडनतस्तरी (युएफओ) देखिने घटना बढी किन भएका छन् ? किन अमेरिकी सरकारले सम्भावित राष्ट्रिय खतराको गहिराइ आकलन गर्न अधिक तत्परता देखाइरहेको छैन ? यी प्रश्न गरिरहेका छन् अमेरिकी सुरक्षा र गुप्तचर निकायका पूर्वउच्च अधिकारीहरू, ‘एयरोस्पेस’ उद्योगका अग्रजहरू, विद्वान्हरू तथा ‘टु द स्टार्स एकेडेमी अफ आर्ट्स एन्ड साइन्स’ सँग आबद्ध व्यक्तिहरूसहितको एउटा टोलीले । यस टोलीले युएफओ देखिएको सम्बन्धमा भएका अनेक घटनाको अनुसन्धान गरिरहेको छ तथा यसले सरकारको गम्भीर भएर ध्यानआकर्षण गराउन वकालत गरिरहेको छ ।
छैरोत्तन जातिका बारेमा विवाद छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजातिमा सूचीकृत गरे पनि अन्य सरकारी दस्ताबेजमा यो जातिको अस्तित्व पाइँदैन । मुस्ताङ जिल्लाको पाँचगाउँ क्षेत्रस्थित छैरोमा बसोबास रहेकाले यिनीहरूलाई छैरोत्तन भनिएको विश्वास गरिन्छ । कतिपयले छेरोतन वा छैरोत्तन भन्ने गरे पनि यो सामान्य उच्चारणको भिन्नता मात्र हुन सक्छ ।
आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज हुन गइरहेको उद्घाटन खेलमा नेपालले सिङ्गापुरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
आज बिहानैदेखि पर्यटकीय नगरी पोखराको मौसम खुलेको छ । चाँदीजस्तै टलक्क टल्किएका माछापुच्छ«ेसहितका हिमालका कारण मनमोहक बनेको छ पोखरा ।
उमेरका अधिकांश दिन बितिसकेपछि बाँकी केही रहँदैन । जीवन थाक्दैमा बितिहाल्ने पनि के हुँदो रहेछ र ? आजबाट प्रारम्भ भएको विखण्डन र विस्थापनमा हिजोका ती दिन हराउने छन् । म आफैँसँग प्रश्न गर्न सक्दिनँ, मलाई कहाली लागेर आउँछ । हुन सक्छ भने म कुनै यस्तो अचुम्बकीय क्षेत्रमा रहूँ जहाँ उभिन वरपर, यताउताको कुनै आधार चाहिँदैन ।
मुगुस्थित छायाँनाथ रारा नगरपालिका वडा नं – ६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि प्रहरीले एक जना शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो अन्दाजी १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थित बिच बजारको (नगरपालिका जाने बाटो) बाट प्रहरीले शंकास्पत ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
दसैँको अवधिमा साढे २५ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।