• ३० वैशाख २०८३, बुधबार

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

blog

दुर्घटना भएको ट्याक्टर ।

प्रदीप पन्त 

बागलुङ, वैशाख ३० गते । बागलुङको ढोरपाटनमा टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–५, अधिकारीचौरबाट बुर्तिवाङ आउँदै गरेको ध. १ त. ५७७ नम्बरको ट्याक्टर बाउनगाउँमा दुर्घटना हुँदा ट्याक्टरमा सवार १६ वर्षीय सुशीला सुनारको मुत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो । 

सुनारको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्याक्टर चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

ट्याक्टर सडकदेखि ११ फिट तल स्थानीयको गोठमा दुर्घटना भएको थियो । दुर्घटना मङ्गलबार राति १२ बजेको समयमा भए पनि प्रहरीलाई भने बुधबार बिहान मात्र स्थानीयले खबर गरेका थिए ।