• ३० वैशाख २०८३, बुधबार

राष्ट्रिय सभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

blog

राष्ट्रिय सभा बैठक । तस्बिर : केशब गुरुङ

काठमाडौँ, वैशाख ३० गते। राष्ट्रिय सभामा आगामी आर्थिक वर्ष २०८३ र ८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।

सभाको आजको बैठकमा दलीय आधारमा नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो ।

बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नीति तथा कार्यक्रममाथि १९ जना सदस्यबाट एक संयुक्त संशोधन प्रस्तावसहित आठ वटा संशोधन प्रस्ताव प्राप्त भएको जानकारी दिनुभयो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘राष्ट्रपतिबाट २०८३ वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८३र८४ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव राख्नुभयो । रासस