सञ्चार तथा सूचना प्रविधि एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रेसको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ ।
निर्वाचनको मिति नजिकिएसँगै मोरङ – २ मा दलका उम्मेदवार र स्वतन्त्र उमेदवारहरूले प्रचारप्रसारलाई तीव्र पारेका छन् । सत्ता गठबन्धनले नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट पार्टीका जिल्ला अध्यक्ष ऋषिकेश पोख्रेलसहित १० वटा दलका उम्मेदवार र तीन स्वतन्त्र गरी १३ जना उम्मेदवार हुनुहुन्छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षा सुरु गरिएको छ । निर्वाचन आयोगले स्थानीय तहसँगको समन्वयमा शुक्रबारदेखि मतदाता शिक्षासँगै नमुना मतदान कार्यको आरम्भ गरेको हो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा भालुको आक्रमणबाट एक युवक घाइते हुनुभएको छ । जङ्गली भालुको आक्रमणबाट सिदिङ्वा गाउँपालिका–३ आङ्खोप खर्कगाउँका २१ वर्षीय फुर्वा तामाङ गम्भीर घाइते हुनुभएको हो ।
भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका क्षेत्रमा बसोबास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोग भएको देखाएको छ ।
विगतका निर्वाचनमा व्यक्त प्रतिबद्धताहरू अधिकांश पुरा गरेकाे भन्दै वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल घरदैलोमा पुग्दा मतदाताले शुभेच्छा प्रकट गरिरहेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारहरू अहिले घरदैलोमा व्यस्त छन् । काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि घरदैलोमा व्यस्त हुनुहुन्छ ।
सन् २००९ सेप्टेम्बरमा वाटर फाउन्डेसनले अराल सागरका बारेमा एक डकुमेन्ट्री बनाएको थियो, जुन इसाबेलले बनाएकी थिइन्। सन् १९५० को दशकसम्ममा आरल पृथ्वीको चौथो ठूलो सागर थियो। पहिलो थियो क्यास्पियन समुद्र तथा त्यसपछि लेक सुपेरियर र लेक भिक्टोरिया थिए, ६७ हजार तीन सय वर्ग किलोमिटर क्षेत्रफल भएको अराल चौथो स्थानमा पर्दथ्यो। अराल सागरमा धेरै माछा पाइन्थे र सोभियत सङ्घमा त्यति बेला उपभोग गरिने कुल माछाको छ भागको एक भाग अरालबाटै आपूर्ति हुने गथ्र्यो। अरालका माछाको स्वाद राम्रो हुने भएकाले विश्वभरि त्यहाँको माछाको माग हुने गर्दथ्यो।
रुँदा रुँदा थाकेको आँखा लोलाएर चमेली कुर्सीमा झोक्राइरहेकी थिई । बाहिर टन्टलापुर घाम लागिरहेको थियो । पसिनाले निथ्रुक्क भिजेर बसेकी आमालाई घरमा देखेर फराज र समिन खुसी भए । बिहान सबैरै र बेलुका रातपरेपछि मात्र उनीहरू आमालाई कोठामा देख्न पाउँथे ।
कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मिथिलामा मनाइने सामाचकेवा पर्व अन्तिम चरणमा पुगेको छ ।
लहान–३ मा रहेको प्रादेशिक अस्पतालको हाताभित्र रहेको एक बिगाहा पन्ध्र कठा जमिन अस्पतालको नाममा रजिस्ट्रेसन नहुँदा अस्पतालको स्तरोन्नतिमा समस्या भएको अस्पतालले जनाएको छ ।
विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र त्यसको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ।