छुट्टाछुट्टै स्थानमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । मेल्लेख गाउँपालिकाको नन्देगडा र चौरपाटी गाउँपालिकाको बिउनीमा छुट्टाछुटै जीप दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।
नेपालका करिब ६० प्रतिशत घर एकतले रहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजासम्बन्धी विवरणअनुसार नेपालभर कूल ७५ लाख ५२ हजार ६६ वटा घर छन् ।
पूर्वी नवलपरासी जिल्लामा सिनेमा हल सञ्चालन हुने भएको छ । कावासोतीमा यस अघि सञ्चालनमा रहेको गणपति फिल्महलमै सुविधा सम्पन्न सिनेम्याक्स सञ्चालनको तयारी गरिएको छ ।
आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ । मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मत र अभिमत जितेर २०८४ मा एकल बहुमतको सरकार बनाउने बताउनुभएको छ ।
बडा दसैंको अवसरमा पाँचथरको फिदिम नगरपालिका १३ जेभालेस्थित पञ्चमी भञ्ज्याङमा आयोजित दशमी मेला फुटबल प्रतियोगिताको उपाधी सुकेटार फुटबल टिम लुङरुपाले जीतेको छ ।
दसैँ तथा शुभदिपावलीको अवसरमा पन्ध्र दिने सांस्कृतिक, पर्यटन तथा कृषि व्यापार मेला सोमबारदेखि सुरु भएको छ राजविराजस्थित राजरङ्गशाला खेलमैदानमा सप्तरी युथ नेपालले आयोजना गरेको सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउन ३० भन्दा बढी स्टल रहेको सप्तरी युथका उपाध्यक्ष मोहन यादवले जानकारी दिनुभयो ।
लण्डनस्थित नेपाली दूतावासले मङ्गलबार नेपालमा लगानी र व्यापारका अवसर विषयक उच्चस्तरीय सम्मेलन आयोजना गर्दैछ ।
धनगढी, कात्तिक १३ गते । कैलालीको धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई मृतक व्यक्तिको दाहसंस्कारमा सघाउन थालेको छ ।
मलको अभाव झेल्दै आएको बाँके जिल्लामा मल अभाव टार्न गड्यौलाबाट मलको उत्पादन गर्न सुरु गरिएको छ ।
प्राकृतिक फूलको आयात कम गर्न नवलपुर जिल्लामा व्यावसायिक फूल खेती सुरु गरिएको छ । तिहार आउन दुई साता बाँकी हुदाँ बगैँचामा फुलेको फूलले छुट्टै रौनक बढाएको छ ।
बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी रहेको छ ।
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । सो गैरसरकारी विधेयक राष्ट्रियसभाको मङ्गलबार बस्ने बैठकमै प्रस्तुत गर्ने तयारी छ ।
नेपाल क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले सिंगापुरमाथि आठ विकेटको जित निकालेपछि हरेक खेल फाइनलसरह नै खेल्ने बताउनुभएको छ ।