कटेरोमा बास बस्दै आएका सुकुमलाल प्रजाको परिवारले यो वर्षको दसैँ चिटिक्कको नयाँ घरमा मनाएको छ । मनकारी दाता र सहयोगी संस्थाको सहयोगमा दुईकोठे भवन बनेसँगै यो वर्षको दसैँ सुकुमलाल र उहाँको परिवारले खुसियाली साटासाट गर्दै मनाएका हुन् । उहाँको बारेमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो ।
धनुषाको सहिदनगर नगरपालिका–५, पचहर्वा मुसहर टोलकी ५० वर्षीया महिला उर्मिला सदा ल्याप्चे लगाउन छाडेर अचेल हस्ताक्षर गर्नुहुन्छ । तीन वर्षअघिसम्म निरक्षर उर्मिला प्रौढ शिक्षा हासिल गरेपछि लेखपढ गर्न थाल्नुभएको हो ।
कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन् ।सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ ।
धनकुटा नगरपालिका–१, हिलेका छविलाल सार्कीको घरमा अहिले जताततै मादल मात्रै देख्न पाइन्छ । घरको बाहिरी भाग होस् वा भित्री कोठा, कतै मादल झुन्डिएका छन् त कतै लडिरहेका छन् । कुनै बन्ने क्रममा छन् त कुनै बनिसकेका छन् । कुनै बनाउनका लागि कच्चा अवस्थामा छन् ।
नेपालको औपचारिक भ्रमणमा रहनुभएका उहाँ आज बिहान पर्यटकीय नगर पोखराबाट लुम्बिनी आउन लाग्नुभएको हो । महासचिव गुटेरेस अहिले बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमा बिहान लुम्बिनी आइपुग्ने कार्यक्रम रहेको छ ।
नियम उल्लङ्घन गर्दा सवारीसाधन दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यसलाई रोक्न प्रहरीले काठमाडौँ उपत्यकाको तीनै जिल्ला ९काठमाडौँ, ललितपुर र भक्तपुर०मा विशेष प्रहरी टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ ।
पछिल्लो समय बागलुङमा नयाँ नयाँ पर्यटकीय ठाउँ चर्चामा आउन थालेका छन् । पहिले नै चर्चित रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पनि पर्यटकको सङ्ख्या झण्डै दोब्बरले वृद्धि भएको पाइन्छ ।
दुर्गम गाउँका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता बुझ्न दिनभर हिँड्नुपर्ने बाध्यता रहेको छ । लेकम गाउँपालिका–६, तिउने गाउँका ९० वर्षीय मनिनाथ केही दिनपहिले सामाजिक सुरक्षा भत्ता बुझ्न लेकम–५ मा रहेको लक्ष्मी सनराइज बैङ्कमा पुग्नुभयो । पालो कुरेर भत्ता बुझ्दै गरेका नाथले भन्नुभयो, “गाडी नपाए बैङ्कसम्म आउन सक्दिनँ, गाडी पाउँदासमेत आउँदाजाँदा पाँच सय भाडा तिरेर कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।” गाउँमै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था भए सहज हुने उहाँको भनाइ छ ।
तीन दिने औपचारिक नेपाल भ्रमण आउनु भएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज संघीय संसदमा सम्बोधन गर्नुहुने भएको छ । महासचिव गुटेरेसले दिउँसो ४ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने संघीय संसद सचिवालले जनाएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिका–१, बाहुनी र रुडीमा उत्पादन गरिएको प्याजले बजार पाएको छ । स्थानीय पालिकाले ढुवानीका लागि अनुदान दिएसँगै गाउँमा उत्पादन भएको प्याजले बजार पाएको हो । बाहुनी र रुडीका स्थानीय किसानले गत असारमा उत्पादन गरेको प्याज ढुवानी तथा बजारको अभावमा बिक्री नभई गाउँमै भण्डार गर्नु परेको थियो । यतिबेला जिल्लामा प्याजको अभाव भएसँगै गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएको हो ।
करिब डेढ महिनादेखि डिभिजन वन कार्यालय, वीरेन्द्रनगरमा दुई जना कार्यालय प्रमुख रहेका छन् । तत्कालीन प्रमुख प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभिजन वन अधिकृत मुनबहादुर रावतलाई मन्त्रालयमै सरुवा गरे पनि उहाँले अवैध सरुवा भन्दै रमाना लिनु भएन । डिभिजन वन कार्यालय भेरी बावियाचौरका अधिकृत वसन्तबाबु श्रेष्ठ सोही स्थानमा सरुवा भई आएपछि डिभिजन वन कार्यालय वीरेन्द्रनगर एउटा कार्यालयमा दुई जना प्रमुख भएका हुन् ।
दक्षिणी इजरायलमा हमास समूहका आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये इजरायलमा मारिएका थप दुई नेपालीको शव पहिचान भएको छ ।
पाल्पा जिल्लाका विभिन्न पर्यटकीय स्थलमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि भएको छ । एक महिनायता पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । बडादसैँको बिदा भएलगत्तै रानीमहल, श्रीनगर, पाल्पा दरबार सङ्ग्रहालय, भैरवस्थान, नारायणस्थानलगायत दर्जनभन्दा बढी क्षेत्रमा घुम्न आउने पर्यटक बढेको गेट अप पाल्पाका अध्यक्ष मनमोहन श्रेष्ठले बताउनुभयो ।
गत जेठको पहिलो हप्तादेखि बन्द रहेको स्टिमर सेवा सुचारु भएको छ । वर्षायाममा कालीगण्डकी नदीको सतह बढेका कारण बन्द रहेको स्टिमर सेवा सुचारु भएको हो । स्याङ्जाको आँधीमुहान मिर्मीदेखि सेतीबेनीसम्मको छ किलोमिटर दुरीमा स्टिमर चलाइने छ । नदीमा पानीको सतह घटेपछि यस भेगका यात्रुलाई मध्यनजर गर्दै स्टिमर सञ्चालनमा ल्याइएको शिला शालिग्राम कालीगण्डकी जलयातायात प्रालिले जनाएको छ ।
तीन महिनादेखि निर्माण अवरुद्ध बनेको सिद्धबाबा सुरुङ मार्गको निर्माण पुनः सुरु भएको छ । सुरुङ मार्गको दुई वटा ढोका पहिरोले बगाएपछि अवरुद्ध बनेको थियो । निर्माणको काम पुनः सुरु गरिएको आयोजना पक्षले जनाएको छ । गत साउन पहिलो साता पहिरोले सुरुङ मार्गको दुवैतर्फको ढोकामा क्षति पु¥याएको थियो । क्षति पुगेको ढोका निर्माणको काम सुरु गरिएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले जनाएको छ ।