निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्सिर ४ गतेपछि बन्ने एमाले नेतृत्वको सरकारले मात्र देशको आर्थिक समृद्धि कायम गर्न सक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चुनावका बेला अनेक उम्मेदवारको चुनावी नारामा मतदाता नपरेर विकासप्रेमी उम्मेदवारको पहिचान गरेर मतदान गर्नुपर्ने बताउनुभएको छ ।
रुकुमपूर्व अस्पतालमा सुत्केरी भएकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको सिस्ने गाउँपालिका– ५ की ३४ वर्षीया सावित्री गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको छ ।
काठमाडौंको जोरपाटीबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी केदारनाथ मिश्रलाई प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम अठराई गाउँपालिका–५ घर भएका ५४ वर्षीय केदारनाथ मिश्रलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
एक हप्तामा देशभरबाट तीन हजारभन्दा बढीमा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका गैरआवासीय नेपालीहरुको हकहितको सम्बर्धन गर्नका लागि सहकार्य गर्न आवश्यक रहेको बताउनुभएको छ ।
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक ६.४३ अङ्क घटेर १९५८.९४ बिन्दुमा झरेको हो ।
पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट एक हजार ५४८ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको हो ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा स्थायित्व, शान्ति र विकासका लागि चुनावमा एमालेको जीत आवश्यक रहेको बताउनुभएको छ । उहाँले गठबन्धनको झुठा प्रपञ्च भत्काउँदै मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो ।
पाकिस्तानमा केही महिना यतादेखि सुरु भएको डेंगुको प्रकोप झन् बढेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार पाकिस्तानका पूर्वी प्रान्त पञ्जावमा पछिल्लो समयमा यसको प्रकोप बढेको पाइएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यवस्थापन, सुरक्षा र अनुगमनका कार्यमा समन्वय बढाउन निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा आएको छ ।
काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कमा डलर साट्ने बहानामा ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार वैदेशिक रोजगारीको सिलसिलामा ओमनबाट काठमाडौं आएका व्यक्तिलाई ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कर्णाली करिडोरको हुम्ला र बाजुरा खण्डको सडक एक महिनाभन्दा बढी समय हुँदा पनि सुचारु भएको छैन । पहिरोले विभिन्न ठाउँमा अवरुद्ध भएको सडकको मर्मतकार्य हुन नसकेपछि हालसम्म सडक सुचारु हुन नसकेको हो ।