अर्जेन्टिनाका लियोनेल मेसीले मङ्गलबार वर्षका सर्वश्रेष्ठ फुटबलरलाई दिइने बालन डी ओर जित्नुभएको छ । मेसी कीर्तिमान आठौँ पटक विश्वका सर्वश्रेष्ठ फुटबल खेलाडी घोषित हुनुभएको हो । उहाँले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९, २०२१ र अहिले २०२३ मा बालन डी ओर जित्नुभएको हो । क्रिस्टियानो रोनाल्डोले पाँच पटक, मिचेल प्लाटिनी, योहान क्रुफ र मार्को भान बास्टनले तीन–तीन पटक बालड डी ओर जित्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले नेपाल जस्ता देशहरूले औद्योगिक र धनी राष्ट्रहरूको क्रियाकलापको असर भोग्नुपरेको औँल्याउनुभएको छ । उहाँले जलवायु परिवर्तनमा कुनै भूमिका नहुने देशका बासिन्दा भोग्नुपरेका सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय साथ र सहयोग जरुरी हुने औँल्याउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न उहाँ यहाँ आइपुग्नुभएको हो । महासचिव अन्नपूर्ण बेसक्याम्पबाट भैरहवा हुँदै लुम्बिनी आउँदै हुनुहुन्छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत)का ट्रेजरी लर्डस्मन्त्री बारोनेस पेनबीच लण्डनस्थित अर्थ मन्त्रालयमा सोमबार भेटवार्ता भएको छ ।
पर्वतको कुस्मा नगरपालिकाले वडा कार्यालयको भवन निर्माण गर्न भनी भीरको जग्गा खरिद गरेको पाइएको छ । भवन निर्माणका लागि भनी खरिद गरिएको एक रोपनी छ आना क्षेत्रफलको भिरालो जग्गा अनुपयुक्त रहे पछि बजेट हुँदाहुँदै भवन निर्माणको काम नै अलपत्र परेको छ ।
मसिनीले चियापसल खोलिछ । मसिनी भनेपछि ऊ एक महिला, भनिरहनु परोइन । माधव महिलाहरूका विषयमा धेरै सरोकार राख्दैनथ्यो तर अहिले उसलाई यस्तो अवस्थामा देखेर माधवलाई अफसोस लागिरहेको थियो । माधवलाई अफसोस लागिरहेको थियो, किनभने उसले चिन्दथ्यो उनलाई । ऊ यसरी चियापसल खोलेर गुजारा गर्नुपर्ने हुन पुग्ली भन्ने उसले सोचेको थिएन । तर यस्तो भयो र त्यो भएको देख्नुप-यो । उसको नाम उसलाई थाहा थिएन तर शारीरिक बनोटले उसलाई माइतदेखि नै मसिनी भनेर बो
मांसाहारी मानिसलाई दसैँको छुट्टै महत्व पनि रहन्छ । मासुका थरीथरीको परिकार बनाएर परिवारका साथ बसेर खानुको मज्जा छुट्टै हुन्छ । मासुका परिकार बनाउँदा ‘गरम मसला’ चाहिन्छ नै । मात्रा मिलाएर उपयोग गर्न सके शाकाहारी परिकारमा पनि गरम मसलाको सुगन्ध र स्वाद बढाउन सकिन्छ । ‘गरम मसला’ बिना
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस अन्नपूर्ण आधार शिविर पुग्नुभएको छ । उहाँले आधार शिविरबाट जलवायु परिवर्तनबारे भिडियो सन्देश रेकर्ड गराउनु भएको छ ।
रामेछापमा तीन महिनाको अवधिमा चार सयभन्दा बढी नागरिकले बायोमेट्रिक विवरणसहितको राष्ट्रिय परिचयपत्र लिएका छन् । जिल्ला प्रशासन कार्यालय रामेछापले २०७७ साउन १ देखि राष्ट्रिय परिचयपत्रको फाराम भर्ने कार्यको थालनी गरेको थियो ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ । उक्त भेटमा विकास साझेदारी, व्यापार र बजारको पहुँच, लगानी र प्रविधि, कृषि र खाद्य सुरक्षालगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको थियोे ।
शरद ऋतु थुप्रै सुखद प्रसङ्ग र मृदु–अनुभूतिहरूको कोसेली लिएर हरेक वर्ष हाम्रो घरदैलोमा टुप्लुकिन्छ । यसले दसैँ–तिहार, छठ, उधौली पर्वजस्ता उमङ्गले भरिएका चाडपर्वको स्वागतार्थ दैलो उघारिदिन्छ । यही समयकालमा बालीनाली मस्तसँग बयली खेल्न थाल्छन् । प्रकृतिको यस्तो अनुपम दृश्यले सबैलाई प्रफुल्लित तुल्याउँछ । अर्कोतिर घामपानी केही नभनी बर्खाभरि दस नङ्ग्रा खियाएर लाएको बाली भित्र्याउँदाको सुखद अनुभूति त आफ्नो ठाउँमा छँदै छ ।
गडेरी (पाल) समुदायको पुर्ख्याैली पेसाका रूपमा रहेको भेडापालन व्यवसाय सङ्कटमा परेको छ । चरनको कमी र भेडाको मासु तथा उन बिव्रmीका लागि बजार अभाव बन्दै गएपछि भेडापालनप्रति किसान आकर्षित हुन सकेका छैनन् । जिल्लामा झन्डै दुई सयभन्दा बढी भेडीगोठ रहेकामा हाल १० वटामा झरेको बताइन्छ । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । पछिल्लो समय जनघनत्व बढेर चरन क्षेत्र घट्दा भेडापालन व्यवसाय सङ्कटमा परेको किसानले बताएका छन् ।
आइसिसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसियाबिच प्रतिस्पर्धा हुँदै छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ ।
इजिप्टका महिला शासकको चर्चा हुँदा सबैले रानी क्लियोपेट्रालाई सम्झने गर्दछन् तर क्लियोपेट्राभन्दा अघि पनि इजिप्टमा महिला शासक थिए । क्लियोपेट्रा झैँ उनीभन्दा अगाडि इजिप्टमा शासन गर्ने महिला शासकमा नेफेरुसोबेक (सोवेकनेफेरु), मर्निथ, ह्यात्सेपसट, नेफेर्टिटी र तावोस्रेटको नाम अग्रपङ्क्तिमा आउँछ । पछिल्लो अध्ययनले उल्लिखित महिला शासकमध्ये नेफेरुसोबेक इजिप्टमा शासन गर्ने पहिलो महिला फारो (शासक अर्थात् रानी) रहेको तथ्य पुष्टि गरेको छ ।
बागमती प्रदेश सरकारले सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, ‘ख’ वर्गका अपाङ्गता व्यक्तिको स्वास्थ्य बिमा गरिदिने भएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले पाँच करोड २५ लाख रुपियाँ खर्च गरेर स्वास्थ्य बिमा गर्न लागेको हो । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम अनुसार पछाडि पारिएका समुदायको स्वास्थ्य बिमा गरिदिन लागेको जानकारी दिनुभयो । बिमा कार्यक्रमबाट वनकरिया, सुरेल, माझी, चेपाङ, थामी, बोटे, दनुवारलगायतका समुदाय लाभान्वित हुने भएका छन् ।