जिल्ला प्रशासन कार्यालय बाँकेले कार्यालयबाट प्रदान गर्दैआएको सेवा सुविधाहरु सेवाग्राहीमैत्री बनाउँदैलगेको छ । राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम भर्न झन्झटिलो रहेकोमा अब प्रशासनले निःशुल्क फाराम भरिदिने ब्यवस्था मिलाएको हो ।
आइसिसी ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत जारी खेलमा मलेसियाले नेपाललाई एक सय ६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् ।
राष्ट्रियसभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भएको छ । विधायन व्यवस्थापन समितिको सोमबारको बैठकले उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको थियो । गैरसरकारी विधेयकका रुपमा प्रस्तुत गरिने विधेयकमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअनुरुप राष्ट्रिय मर्यादा क्रमसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ ।
ललितपुरको जावलाखेलमा फूल प्रदर्शनी सुरू भएको छ । मङ्गलबारदेखि १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी जावलाखेलमा सुरु भएको हो ।
दोलखाको जिरीमा भोलिदेखि जिरी च्याम्पियनसिप सुरु हुनेभएको छ । युवा सञ्जाल जिरीको आयोजनामा जिरी च्याम्पियनसिप २०८० हुने भएको हो ।
कात्तिक कृष्णपक्ष सुरु भएसँगै मधेशको प्राचीन मिथिला क्षेत्रका बिन र डोम समुदायमा व्यस्तता बढेको छ । दीपावली तथा छठ पर्वका लागि आवश्यक पर्ने बाँसको डाली, छिटी, नाङ्लो, चाल्नो, पङ्खा, कोनीया र अन्य खेलौना बनाउन उनीहरूमा व्यस्तता बढेको हो ।
दोलखामा मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । भीमेश्वर नगरपालिका –७ मा भएको दुर्घटनामा परी गौरीशंकर गाउँपालिका –५ का ४० वर्षीय सुरीका रामकुमार खड्काको ज्यान गएको हो ।
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा आइतबार र सोमबार गरी नौ सय ६ जना सेवाग्राहीको लाइन काटिएको छ ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताउनुभएको छ ।
उपल्लो डोल्पामा भारी मात्रामा चिसो बढेका कारण छिमेकी मुलुक चिनतर्फ नाका खुल्ला गरिएपनि आवतजावत भने हुन सकेको छैन ।
रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुनुपर्ने माग गरिएको छ । नियमित सञ्चालन नभएमा चरणबद्ध आन्दोलन गरिने सिद्धार्थ सञ्जाल रुपन्देहीले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई आज गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गर्नुभयो ।
भारतीय सिमानासँग जोडिएको नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । सो गाउँपालिकाका अधिकांश स्थानीयको भारतमा आउजाउ बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा परेको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टनियो गुटेरेसले लुम्बिनी आएर संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि विश्व शान्तिको कामना गर्नुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शनपछि बोल्दै गुटेरसले सो कामना गर्नुभएको हो ।
आइसिसी टी २० विश्वकप एसियाको फाइनल छनोट अन्तर्गत आज भएको खेलमा बहराइनले हङकङलाई २० रनले पराजित गरेको छ ।