पर्वतको बिहादी गाउँपालिकामा आफूले लगाएको अन्नबाली बाँदरले खाने र नष्ट पार्ने भएपछि हैरान भई एक कृषकले सयपत्री फूलको व्यावसायिक खेती गर्न थालेका छन् । बिहादी गाउँपालिकाको वडा नं ६ मा पर्ने शालिग्राम निवासी ५३ वर्षीय कृषक मेघनाथ भट्टराईले गरेको खेती पालिकामा नै पहिलो पटक गरिएको फूलको व्यावसायिक खेती बनेको छ ।
पछिल्ला वर्षमा पाल्पा जिल्लाको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको छ । खेती गर्ने जनशक्तिको अभाव र बसाइँसराइले विभिन्न स्थानको खेतीयोग्य भूभाग बाँझिने क्रम बढेको हो । केही वर्षअघिसम्म मकै, गहुँ, धान तथा अन्य गेडागुडी उत्पादन हुने जग्गा बाँझो हुने क्रम बढेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । विगत १० वर्षअघिको तुलनामा पछिल्ला वर्षमा खेती हुने जमिनको क्षेत्रफलसमेत घटेको ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष चौधरीले बताउनुभयो ।
मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा मङ्गलवार अपराह्न प्रहरीले एक बालकको नगद सहित पक्राउ गरेको हो ।
मदन भण्डारी राजमार्ग निर्माणमा ढिलाइ भएपछि स्थानीय आन्दोलित
नेपालका ७७ जिल्लामध्ये बाजुरा पनि एक दुर्गम जिल्ला हो । यो जिल्लामा नौ वटा स्थानीय तह छन् । तीमध्ये जिल्लाकै दुर्गम तथा पिछडिएको हिमाली गाउँपालिका पनि एक हो । यो पालिका साबिकका बिछ्या, रुगिन र बाँधु गाविस मिलेर बनेको हो । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका स्थानीय नेता गोविन्दबहादुर मल्ल हुनुहुन्छ । दोस्रो कार्यकालका लागि पालिका अध्यक्षमा निर्वाचित हुनुभएका मल्ल आफू राजनीतिभन्दा माथि उठेर पालिकावासीको सेवामा समर्पित भएकाले यस्तो अवसर मिलेको बताउनुहुन्छ । अघिल्लो कार्य
सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा उमेर हदका कारण आजदेखि सेवानिवृत्त हुनुहुने भएको छ । उहाँलाई मंगलबारनै अदालतले एक कार्यक्रम आयोजना गरी बिदाइ गरेको छ ।
काठमाडौँ, कात्तिक १५ गते । सर्वोच्च अदालतले योगराज ढकाल [रिगल] कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि आज [बुधबार] हुने भएको छ ।न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । मगलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गर्नुभएको थियो ।आज बाँकी सुनुवाइ हुनेछ ।संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मगलबारका लागि सुनुवाइ तय गरिएको थियो ।गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो ।साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।
पृथ्वीमा उत्तर तथा दक्षिण धु्रवीय क्षेत्रपछि बढी हिउँको आयतन हिन्दकुश हिमालय शृड्खलामा पर्दछ । त्यसैले यो क्षेत्रलाई विश्वको जलस्रोतको अपार तेस्रो स्रोत मानिन्छ । यही स्रोतबाट समय अनुकूल पानी उपलब्ध हुने गर्छ । नेपालको उच्च हिमाली क्षेत्रमा अवस्थित गोक्योलगायत तीन हजारभन्दा बढी हिमताल पनि जलस्रोतका प्रमुख स्रोत हुन् । जलबिना कुनै पनि सजीवको अस्तित्व सम्भव छैन । विकसित मुलुकहरूबाट उत्सर्जित कार्बनका कारण स्थलीय एवं जलीय पारिस्थितिकी प्रणाली सञ्चालनको मुख्य आधार जल र वायुमा प्रदूषण बढ्दो छ र यसले विश्वव्यापी सङ्कट जलवायु परिवर्तन निम्त्याएको छ । कार्बन उत्सर्जनमा शून्यप्रायः भूमिका रहेको नेपाल जलवायु परिवर्तनको असरबाट अति प्रभावित मुलुकको सूचीमा चाहिँ चौथो नम्बरमा छ । चारदिने नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव
महामहिमहरू, माननीय मन्त्रीज्यूहरू, माननीय सांसदज्यूहरू एवं मित्रहरू, आज यहाँ तपाईंहरूसँग उपस्थित हुन पाउनु सम्मानको कुरा हो । मनमोहक नेपालमा फर्कन पाउनु एउटा सौभाग्य पनि हो । म यहाँ पहिलो पटक सन् १९७० को दशकमा आएको हुँ । जति पटक म यहाँ आएको छु, म छक्क परेको छु । र यो यात्रा पनि कुनै अपवाद होइन ।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको परराष्ट्रनीति तटस्थ, सन्तुलित र स्वतन्त्ररूपमा पञ्चशील सिद्धान्तमा सञ्चालित भएको बताउनुभएको छ । ऐतिहासिक तथ्यहरूका आधारमा एउटा स्वतन्त्र अस्तित्वमा रहेका देशहरूमा हामी पनि भएकाले सोहीअनुसारको अभ्यास भएको उहाँको भनाइ थियो ।
संयुक्त अधिराज्य(बेलायत)सहित युरोप क्षेत्रका विकास वित्त संस्थाका प्रतिनिधिहरूले नेपाल लगानीका लागि आकर्षक गन्तव्य स्थल भएको बताउँदै आफूहरूले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
चलचित्र ‘हल्कारा’ एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको छ । कात्तिक २२ देखि मङ्सिर १७ सम्म संयुक्त राज्य अमेरिकाको लस एन्जलसस्थित कल्भर सिटीमा आयोजना हुने फेस्टिभलको नवौँ संस्करणको प्रतिस्पर्धात्मक खण्डमा चलचित्र छनोटमा परेको हो ।
अमेरिकाको औपचारिक भ्रमणमा आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले अमेरिकी विकास वित्त निगमका प्रमुख कार्यकारी अधिकृत स्कट नाथनसँग मङ्गलबार भेटवार्ता गर्नुभएको छ । उक्त अवसरमा उहाँहरु बीचमा निगमको नेपालमा लगानीका विषयमा छलफल भएको बताइएको छ ।