राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या आएपछि मङ्गलबार अस्पताल भर्ना हुनुभएको छ।
निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचन सम्बन्धमा मतदाता परिचयपत्र पहिचान सम्बन्धमा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।
प्रमुख राजनीतिक दलका नेताले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि पनि सरकार गठनलगायत विषयमा देखिएको राजनीतिक तरलताबीच सङ्घीय संसद्को चालु अधिवेशन संसदीय अभ्यास र उपलब्धिका हिसाबले आशा लाग्दो रहेको प्रतिक्रिया दिनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवम् एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले आज (मङ्गलबार) शिष्टाचार भेट गर्नुभएको छ ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभारसमेत दिइएको छ।
न्युरोड टिम (एनआरटी) शहिद स्मारक ‘ए’ डिभिजन लिगको लयमा फर्किएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३–१ गोलले हरायो ।
सरकारले बुधबार र बिहीबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको हो ।
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मङ्गलबार साँझ बैठक सुरु भएको हो ।
इलामका उत्तरी पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै आजदेखि सन्दकपुर महोत्सव सुरुभएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले महोत्सवको उदघाटन गर्नुभयो । वैशाख १० गतेसम्म आयोजना गरिएको महोत्सवमा रामसार सुचीमा सुचीकृत धार्मिक तथा पर्यकटीयस्थल माइपोखरी, टोड्के झरना, छिन्टापु, फुस्रे पोखरी, ढाप पोखरीहुँदै पर्यटकलाई लग्ने व्यवस्था गरिएको आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले बताउनुभयो ।
सरकारले काेभिड-१९ सङ्क्रमण भए तुरुन्त आइसोलेसनमा बस्न आग्रह गरेको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त हुनुभएको छ ।
नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्मित विभिन्न संरचनाको उदघाटन गर्नुभएको छ । मङ्गलबार उहाँले धनगढी नमूना माध्यमिक विद्यालयको ३६ कोठे भवनसहित बेहडाबाबा मन्दिर परिसरमा निर्मित विभिन्न संरचना, तौलाहा ताल संरक्षणका लागि निर्मित संरचनाको उदघाटन गर्नुभएको हो ।
पछिल्लो २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग मितव्ययीताको सिद्वान्त प्रतिकूल हुने जनाएको छ ।
नयाँ वर्षको आगमनसँगै विमान चार्टर्ड गरी नेपाल घुम्न आएका चिनियाँ पाहुना टोलीले पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ गरेका छन् ।