इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महाेत्सवको तयारी थालिएको छ । विश्वशान्तिको कामनासहित आगामी मङ्सिर १ देखि ८ सम्म सनातन, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रुपमा महाउत्सव आयोजना गर्न लागिएको हो ।
स्याङ्जाको वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले सयपत्री फूलको व्यावसायिक खेती सुरु गरेको छ ।
कञ्चनपुरको दोधारा चादँनी नगरपालिका-३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो । नेपाल-भारत सीमा क्षेत्रमा भूमिको रक्षाका लागि वि.सं.२०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनहरू समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौँ महानगरपालिकाले ‘बुक फ्रि फ्राइडे’ अर्थात् पुस्तकरहित शुक्रबार कार्यक्रम निरन्तर सञ्चालन गर्न पाँच दिनभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको छ ।
स्रोतको उचित संरक्षण नहुँदा खानेपानीको अवस्था भयावह हुँदै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।
राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो ।
काठमाडौँको गोठाटारमा एक राउण्ड गोली चलेको छ । गोलीबाट एक जना भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ । काठमाडौँ-३ गोठाटारमा लागू औषधको कारोबार भईरहेको सूचनाका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटेको प्रहरीमाथि करिब साढे एक बजे लागू औषध कारोबारीले आक्रमण गर्दा प्रहरीले जवाफी कारबाही गरेको हो ।
काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने तयारी गरेको हो ।
सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।
यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधार प्रयाप्त नभएको बाँकेको नरैनापुर बघौडामा सडक र विद्युत पुगेपछि हाल आएर सो क्षेत्र सुगम बनेको छ ।
नेकपा (एमाले)ले हिन्दुको महान् चाड बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा बुधबार आयोजना गरिएको चियापन सुरु भएको छ ।