• ९ मंसिर २०८१, आइतबार

काठमाडौँ युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचिमा

blog

काठमाडौं महानगरपालिकाले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उपप्रमुख सुनिता डंगोल । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक १५ गते । राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै काठमाडौँ महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो ।

महानगरका उपप्रमुख सुनिता डङ्गोलले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाडौँ क्रिएट द काउन्सिल (केसीएसी, केएमसी) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । चलचित्र क्षेत्रको विकास र विस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताएको छ ।

यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू गतिविधिहरू कार्यान्वयन गर्ने महानगरपालिकाको विश्वास छ । नेपालको राजधानी सहर काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’को रूपमा सूचिकृत गरेको थियो । विश्व सहर दिवसको अवसरमा काठमाडौँसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ । युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ सहर सूचिकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र सङ्गीत समावेश छन् ।

चलचित्र उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन नीति रहेको छ । चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिने बताएको छ । चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिने जनाएको छ ।

पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावी चलचित्र निर्माणको वातावरण बनाइने लक्ष्य छ । महानगरले ल्याण्डस्केप डिजाइन, विश्व सम्पदाहरूको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवर्द्धनहरू चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्‍याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइने जनाएको छ । चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू चलचित्र विद्यालयहरू, उद्योगका विधागत सिप र सिकाइहरूलाई सज्जालमा आबद्ध गरेर प्रवर्द्धन गरिने, अभिलेख, पुस्तकालय र हालको विकास हुने, स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिने, तथ्य तथ्याङ्क निर्माण गरिने, व्यञ्जन कला र शिल्प, हस्तकला उद्योगको प्रवर्द्धन मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिने महानगरले जनाएको छ ।

महानगरले अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म सोमट जस्ता सञ्चालन गर्ने भएको छ । युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसीसीएन) कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले पाँच करोड रुपियाँ विनियोजन गरेको छ ।

महानगरका उपप्रमुख डङ्गोलले भन्नुभयो , ‘‘यस वर्ष सञ्जालमा जोडिएका सहरमध्ये काठमाडौँसहित ५ वटा चलचित्र विधामा छानिएका छन् । यस्तै सङ्गीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा सहर जोडिएका छन् ।

चलचित्र क्षेत्रको विकास र बिस्तार तथा यससँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासका लागि काठमाडौँ क्रिएट द काउन्सिल (केसीएसी, केएमसी) स्थापना हुनेछ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू गतिविधिहरू कार्यान्वयन गर्नेछ । उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबिच समन्वय सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन गरिने ।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, सहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रूपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिनेछ ।

चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिनेछ । पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावी चलचित्र निर्माणको वातावरण बनाइनेछ । ल्याण्डस्केप डिजाइन, विश्व सम्पदाहरूको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवर्द्धनहरु चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्‍याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ । चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू चलचित्र विद्यालयहरू, उद्योगका विधागत सिप र सिकाइहरूलाई सज्जालमा आबद्ध गरेर प्रवर्द्धन गरिनेछ । अभिलेख, पुस्तकालय र हालको विकास हुनेछ । स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिनेछ, तथ्य तथ्याङ्क निर्माण गरिनेछ । व्यञ्जन कला र शिल्प, हस्तकला उद्योगको प्रवर्द्धन मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिनेछ ।

अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म सोमट जस्ता सञ्चालन गरिनेछ । यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सञ्जालमा जोड्नेछ । यसबाट अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र विस्तार हुनेछन् । सदस्य अन्तर्राष्ट्रिय नगरहरूमा विद्यार्थी, कलाकार अनुसन्धानकता र साझेदारबिच ज्ञान, सिप र अनुभव आदान प्रदानका वातावरण प्रदान गरिनेछ ।

युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसीसीएन) का कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । महानगर गौरव तथा स्वर्णिम योजना र विभागहरूले सञ्चालन गर्ने क्रियाकलापका अन्तरसम्बन्ध स्थापित गर्दै लगिनेछ । यो कार्यक्रम देशको पहिचान निर्माण गर्ने कार्यक्रम राष्ट्रिय अर्थतन्त्र, रोजगार, उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम हो । यसको सफलताका लागि हामी सञ्चार जगतबाट सहयोग र समर्थनको अपेक्षा गरेका छौँ ।’’