काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्डविपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको छ ।
जनकपुर क्षेत्रका कलाकार प्रतिभा प्रदर्शनको अवसरबाट वञ्चित भएका छन् । कला क्षेत्रको दुरवस्थाका कारण प्रतिभावान् कलाकारलाई पनि यस क्षेत्रमा टिकिरहन मुस्किल भएको छ । कलाकारको वृत्तिविकास र आर्थिक सुरक्षाका लागि सरकारी निकायबाट ठोस कदम चाल्न नसक्दा यस क्षेत्रको गौरवपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा पुस्तान्तरण पनि हुन नसकी लोप हुने अवस्थामा पुगेको छ ।
चलचित्र ‘कबड्डी ४’ युट्युबमा रिलिज भएको छ । निर्माण संस्था बाँसुरी फिल्मस्ले आफ्नै युट्युब च्यानलमार्फत चलचित्र रिलिज गरेको हो । रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया गुरुङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, प्रकाश घिमिरे, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । नेपालमा सर्वाधिक व्यापार गर्ने नेपाली चलचित्र हो भने विदेशी बजारबाट पनि चलचित्रले आम्दानी राम्रो गरेको थियो ।
पूर्वी नवलपरासी जिल्लामा सिनेमा हल सञ्चालन हुने भएको छ । कावासोतीमा यसअघि सञ्चालनमा रहेको गणपति फिल्म हलमै सुविधासम्पन्न सिनेम्याक्स सञ्चालनको तयारी गरिएको छ । चलचित्र हेर्नका लागि नारायणगढ, बुटवल जानुपर्ने यहाँका दर्शकका लागि यहाँको हल सञ्चालनमा आउने भएपछि यस क्षेत्रका दर्शक चलचित्र हेर्नैका लागि टाढा जानुपर्ने बाध्यता हट्ने छ । पुरानो हललाई व्यवस्थित र सुविधासम्पन्न रूपमा परिमार्जन गरी सञ्चालनको तयारी गरिएको सञ्चालक भरत
नेपालगन्ज उपमहानगरपालिका–२० की महिला उद्यमी बिन्दु चर्तीमगरले व्यावसायिक रूपमा फूल खेती गर्न थालेको पाँच वर्ष पुग्यो । विगत पाँच वर्षदेखि चर्तीमगर फूल खेतीमा रमाइरहनुभएको छ । अरूले भन्दा फरक केही काम गर्नु पर्छ भन्ने मान्यताका साथ आफू फूल खेतीमा लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो सानैदेखिको रहर थियो, फूल खेतीतर्फ मेरो ध्यान गयो र आकर्षण बढ्यो । फूल खेतीका बारेमा सामान्य कुरा बुझेँ र जिल्लामा फूलको माग पनि रहेछ ।” फूल व्यवसाय सुरु गर्दा कम लगानीले पनि पुग्ने र बजार पनि निकै राम्रो भएकाले फूल व्यवसाय सुरु गरेको उहाँले बताउनुभयो । फूल खेतीबाट आम्दानी पनि राम्रै भएकाले आफू निरन्तर फूल खेतीमा लागेको उहाँको भनाइ छ ।
राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘क’ श्रेणीमै कायम भएको छ । ग्लोबल एलायन्स अफ नेसनल ह्युमन राइट्स इन्स्टिच्युसनले आयोगलाई ‘क’ श्रेणीमै राखेको हो । आयोगको कामकारबाही र ऐनका बारेमा प्रश्न उठाएर स्तर घटुवा गर्ने पत्र पठाएको इन्स्टिच्युसनले पछिल्लो समय नेपालको तर्फबाट सकारात्मक पहल भएको भन्दै ‘क’ श्रेणीकै स्तर कायम गरिएको पत्र बुधबार आयोगलाई पठाएको छ ।
संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालविरुद्ध उजुरी आह्वान गरेको छ । सरकारले सुनुवाइका लागि गरेको पत्राचार अनुसार समितिले उजुरी आह्वानको प्रक्रिया अघि बढाएको हो । परराष्ट्र सचिवसमेत रहनुभएका उहाँलाई कात्तिक ३ गतेको मन्त्रीपरिषद्ले राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो । मन्त्रीसरहको मर्यादाक्रम रहने गरी उहाँलाई राजदूतमा सिफारिस गरिएको थियो ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने खारापानीका सन्तोष गुरुङ अचेल सेती नदी धमिलो हुँदा झस्किनु हुन्छ । २०६९ वैशाखमा आएको सेती बाढीमा उहाँकी श्रीमतीसहित २८ जनाको ज्यान गएको थियो । ३० जना अझै बेपत्ता छन् । खारापानीका आठ घर र तातोपानी कुन्डको नामनिसान रहेन । खारापानी अहिले सुनसान छ । त्यहाँ बनेको स्मृति पार्क पनि झाडीले छोपिएको छ । पुनर्निर्माण गर्ने भनिए पनि ११ वर्षमा जग्गा सम्याउनेबाहेक केही भएको छैन । गुरुङ अहिले नजिकैको चिप्लेटी भन्ने ठाउँमा व्यापार गर्नुहुन्छ ।
पुतलीबजार नगरपालिका –९ कोल्माको बराहचौरमा चौथो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी गरिएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आगामी पुस ७ गते राष्ट्रिय स्तरको क्रसकन्ट्री दौड प्रतियोगिता गर्न लागेको हो ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जनताको वास्तविक समस्या समाधान गर्न वर्तमान सरकार दृढ रहेको बताउनुभएको छ ।
सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
स्थानीय अर्गानिक कृषि उत्पादन तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गरी नगरलाई आर्थिक समृद्धिको बाटोमा लैजाने उद्देश्यले त्रिपुरासुन्दरी नगरपालिकाद्वारा आयोजित महोत्सवको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार विद्रोहको आवाज भएको बताउनुभएको छ । बुधबार पोखरामा आयोजित कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको प्रथम क्षेत्रीय सम्मेलन २०८० मा उहाँले सो कुरा बताउनुभएको हो ।
तनहुँमा दैनिक डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेङ्गु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन । मङ्गलबार मात्रै एक सय ८२ जना नयाँ डेङ्गु सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले श्रीमतीको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता गंगाबहादुर थापाका अनुसार २६ वर्षीया सन्ध्या चमारको हत्या गरेको आरोपमा वर्ष २६ का श्रीमान् विनयकुमार चमारलाई प्रहरीले पक्राउ गरेको हो ।