नेपाली फूलको प्रवर्धनका लागि सरकारले भारतबाट आयात हुने फूलमा प्रतिबन्ध लगाएको छ । बागमती प्रदेश सरकार अन्तर्गत रहेको पुष्प विकास केन्द्रले कात्तिक १ देखि लागु हुने गरी आयातमा रोक लगाएको जानकारी गराएको छ । फूल तथा फूलको बोट, बिरुवा, बिउबिजनसम्बन्धी कार्यलाई सङ्घीय सरकारका तर्फबाट पनि पुष्प विकास केन्द्रले हेर्ने भएकाले देशव्यापी रूपमा नै प्रतिबन्ध लगाएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो ।
अर्जुनचौपारी गाउँपालिकामा गण्डकी प्रदेशमै पहिलो पटक कर सहायता कक्षको स्थापना गरिएको छ । पालिका भित्रका नागरिकका कर सम्बन्धी समस्यालाई सहायता गर्ने उद्देश्यले करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा पालिकामा सहायता कक्षको स्थापना गरिएको हो ।
विगतमा शासकीय वर्गले जनतालाई विभाजन वा लडाएर सत्ता साम्राज्य दह्रो बनाउन रचेको प्रपञ्चस्वरूप जातीय भेदभावले नेपालको संविधान, राज्य नीति, घोषणा, कानुन अर्थात् राज्यलाई नै निरीह बनाइरहेको छ । सन् १९७१ मै जातीय तथा रङ्गभेदविरुद्ध संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित गरेर शृङ्खलाबद्ध रूपमा जातीय भेदभाव उन्मूलनसम्बन्धी नीतिगत व्यवस्था गरेको ‘छुवाछुतमुक्त राष्ट्र’ नेपालको मानव समुदायमा अहिले पनि जातीय भेदभावपूर्ण व्यवहार छुवाछुत कायम छ । करिब सवा स
सुशासन आजको विश्व राजनीतिमा सर्वाधिक चर्चित शब्दावली हो । शक्तिशाली भनिएकादेखि सामान्य गनिएका सबै देशका सरकारले प्रमुख प्राथमिकता नै सुशासन भएको अभिव्यक्ति दिन्छन् । निर्वाचनको समय प्रत्येक प्रत्यासीबाट देशमा सुशासन कायम गर्दै राष्ट्र निर्माणमा सघाउने अभिलाषालाई एउटै उद्देश्यका रूपमा प्रस्ट्याइन्छ । राष्ट्र निर्माणमा निर
‘उन्नतिका लागि आफूले जन्मेको ठाउँ छोड तर नबिर्स,’ भन्ने भनाइ छ । नभन्दै, पहिला गाउँमै जन्मेर अहिले विभिन्न क्षेत्रमा ख्याति कमाएका अधिकांशले आफू जन्मेको गाउँठाउँ छोडेका छन् तर तिनले आफ्नो जन्मथलो बिर्सेका चाहिँ छैनन् । आफ्ना बाउबाजेको थातथलो, रगतपसिना पोखिएको ठाउँ, आफू जन्मे हुर्केर खेलेको गाउँठाउँ कसलाई प्यारो लाग्दैन र ! सपनामा पनि आइरहन्छ । त्यसैले होला, सहर बस्न पुगेका सहरियाहरूले मात्र होइन; संसारको अर्कै गोलाद्र्धमा पुगेकाहरूले पनि आफू जन्मेको गाउँको बारेमा चासो गरिरहन्छन् । आजको अत्याधुनिक सूचना प्रविधिको जमानामा जानकारी पाउन पनि सजिलो भएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
इजरायल र प्यालेस्टिनी हमासबिच यस पटक इतिहासमै नभएको क्रूर र अमानवीय युद्ध भएको छ । दुवै पक्षले युद्धको नियम र सीमा पालना गरेनन् । युद्धमा निहत्था महिला, बालबालिका, वृद्धवृद्धा, बिरामी, चिकित्सक, पत्रकार, विदेशी नागरिक र सर्वसाधारण मानिसको बीभत्स हत्या भयो । २३० जनालाई हमासले बन्धक बनाएको छ । हमास लडाकुहरूको अप्रत्यासित र अकल्पनीय आक्रमणमा इजरायल स्थापना भएयताकै ठुलो क्षति भोगेपछि आक्रोशित इजरायल सरकारले हमासलाई निमिट्यान्न पार्ने भन्दै प्रत्याक्रमण सुरु गरेसँगै युद्ध चर्केको हो ।
मानवको अस्तित्व उसको वरिपरिको वातावरण तथा पर्यावरण एवं परिस्थितिमा निर्भर गर्दछ । मानिसको अस्तित्वका लागि वनजङ्गल, जल आदिमा पाइने प्राणी तथा वनस्पति आवश्यक हुन्छन् । वनजङ्गल, जल आदिको अस्तित्व सङ्कटमा पर्नु भनेको मानव जीवन पनि सङ्कटमा पर्नु हो । पछिल्ला दिनमा के सहर के गाउँ, जताततै यसको प्रभाव
सरकारको केन्द्रीय संयु्क्त बजार अनुगमन समितिले तिहारलाई लक्षित गरेर बजार अनुगमन सुरु गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग नेतृत्वको संयुक्त बजार अनुगमन समितिले आइतबारदेखि तिहारलक्षित बजार अनुगमन सुरु गरेको हो । विभागका महानिर्देशक तीर्थराज चिलवालले तिहारमा बढी खपत हुने मिठाई, विद्युतीय सामान, भाँडाकुँडा र भाइमसलामा केन्द्रित गरेर बजार अनुगमन सुरु गरेको जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) कैद मिनाहा गरी आममाफी दिने सरकारी निर्णयविरुद्धकोे सुनुवाइ बुधबार सकिएको छ भने अदालतले आज निर्णय सुनाउने भएको छ ।
संयुक्त अधिराज्य (बेलायत) सहित युरोप क्षेत्रका विकास तथा वित्तीय संस्थाका प्रतिनिधिले नेपालमा लगानी गर्न इच्छुक रहेको बताएका छन् । लन्डनस्थित नेपाली दूतावासले मङ्गलबार सिटी अफ लन्डनमा आयोजना गरेको ‘नेपालमा लगानी र व्यापारका अवसर’ विषयक सम्मेलनमा उनीहरूले नेपालमा नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा थप लगानी गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
नेपाली कथानक चलचित्र ‘महाजात्रा’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा आज शुभमुहूर्त गरिएको हो । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्दै हुनुहुन्छ । मुहूर्तमा वरिष्ठ अभिनेता हरिवंश आचार्यसहित अशोक शर्मा, ओमप्रकाश अग्रवाल, फिल्मका कलाकार विपिन कार्की, राजाराम पौडेल, वर्षा राउत, दिव्यदेव पन्त, गौमाया गुरुङ, शिशिर बाङ्देललगायतको उपस्थिति रहेको थियो । दिपेश खत्री (म्याक्स) र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुनुहुन्छ । चलचित्रको लेखक निर्देशक भट्टराई स्वयं हो ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (बिहीबार) बुटवल आउँदै हुनुहुन्छ । बुटवलका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड बुटवल आउनुहुने भएको हो ।
गायक दावा तामाङको स्वर, शब्द र सङ्गीत रहेको गीत ‘झम्के बुलाकी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज, राजेश श्रेष्ठ र दिल समर्पणको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा अभिषेक श्रेष्ठ र करिश्मा श्रेष्ठ फिचर्ड छन् । दुवैलाई रोमान्टिक भावमा देखाइएको छ । गायक दावाले पहिलो पटक यो गीतमा सङ्गीत भरेका हुन् ।