लुम्बिनी प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको गुणस्तरमा शङ्का लागेपछि बुधबारदेखि सुरु हुने राष्ट्रिय भिटामिन ‘ए’ अभियान बाँके जिल्लामा स्थगित गरिएको छ। प्रदेश सरकारले पठाएको भिटामिन ‘ए’ क्याप्सुलको म्याद अप्रिल २०२३ सम्म मात्र रहेको र केही बट्टामा क्याप्सुलको रङ फरक भइसकेको पाइएको जानकारी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयमा गराइएको थियो। मन्त्रालयले पत्र पठाएर सो अभियान स्थगित गर्न निर्देशन दिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।
जिल्लाका पुथाउत्तरगङ्गा र भुमे गाउँपालिकास्थित विभिन्न गाउँको नाम दैनिक व्यवहार र जनजिब्रोमा एकथरी र सरकारी कागजपत्रमा अर्काे नामले परिचित हुन थालेका छन्।
भानु मार्ग र पृथ्वी राजमार्ग जोड्ने वागेश्वरी मोटर मार्ग बनेपछि स्थानीय बासिन्दाको यात्रा अवधि छोटिएको मात्रै छैन, धुलो खानुपर्ने र जाममा पर्नुपर्ने बाध्यतासमेत हटेको छ। पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका–१२ घाँसीकुवादेखि भानु मार्गमा पर्ने भानु नगरपालिका–७ चन्द्रावती जोड्ने यस मार्गमा मोटर गुड्न थालेपछि डेढ घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको हो।
धनगढी उपमहानगरपालिकामा रहेका १७ विद्यालयको कक्षा ८ को वार्षिक नतिजा लज्जास्पद आएको छ। धनगढी उपमहानगरपालिकाले सार्वजनिक गरेको नतिजाअनुसार सरकारी १७ विद्यालयका कक्षा ८ का विद्यार्थीले कक्षा ९ मा भर्ना हुन नपाउने गरी ‘ननग्रेड’ नतिजा ल्याएका हुन्।
सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ को दफा २ (ब) बमोजिम रीत नपु¥याई अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गर्दा बेरुजु बढेको बताइएको छ।
अर्थमन्त्री प्रकाशशरण महतले नेपालको जलविद्युत् उत्पादन क्षेत्रमा वैदेशिक लगानी सुरक्षित र उच्च प्रतिफलयुक्त रहने बताउनुभएको छ । विश्वमै हरित ऊर्जाको महत्व र आवश्यकता बढिरहेको भन्दै महतले नेपाली उत्पादकहरूले पनि लगानी प्रवद्र्धन गर्नुपर्र्ने बताउनुभयो ।
सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
ताप्लेजुङमा बुधबार साँझ वर्षासहित परेको असिनाले हिउँदे बालीनालीमा क्षति पुर्याएको छ ।
हिमपहिरोमा परी सगरमाथा क्षेत्रमा बेपत्ता भएका तीन जना भरियाको अवस्था एक सातादेखि अज्ञात छ । हिमपहिरोमा बेपत्ता भएका खुम्बु पासाङल्हामु गाउँपालिका–५, छेसोका तीन जनाको खोजी कार्य जारी रहे पनि हालसम्म फेला पार्न सकिएको छैन । आरोहीको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेका उनीहरू चैत २९ गते हिमपहिरोमा बेपत्ता भएका थिए । बेपत्ताहरूको शेर्पाको समूह, रेको डिभाइस र हेलिकोप्टरबाट खोजी कार्य भइरहे पनि हिउँका ठूला ढिस्कामुनि पुरिएकाले खोजी कार्यमा कठिनाइ रहेको र हिउँ पग्लिएपछि थप खोजी कार्य गरिने इमाजिन ट्रेक नेपालका कार्यकारी निर्देशक दावा शेर्पाले बताउनुभयो ।
पाल्पा दरबार क्षेत्रका अव्यवस्थित घरटहरा भत्काउन सुरु गरिएको छ । बुधबार बिहानदेखि नै ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको सौन्दर्यकरण गर्न त्यस वरिपरिका अव्यवस्थित घरटहरा तानसेन नगरपालिकाद्वारा डोजर लगाएर हटाउने कार्य सुरु भएको छ ।
यही वैशाख १० गते हुने तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ ।
हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ । जसका कारण हाल सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीयले बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडको प्रयोग गर्थे भने गोरेटो बाटोमै यात्रा गर्थे । जब स्थानीय सरकार गठन भयो, त्यसपछि गाउँ–गाउँमा सडक पुग्न थाले । अहिले सडक नपुगेको यहाँका कुनै पनि गाउँ छैनन् ।
काठमाडौँ–मकवानपुर– निजगढ द्रुतमार्ग (फास्ट ट्र्याक) सरकारले उच्च प्राथमिकता दिएर सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनामध्ये एक हो । आर्थिक वर्ष २०६४/६५ मा सुरु भएको यो योजना २०७४ वैशाख २१ मा चार वर्षभित्र काम सक्ने गरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । सोअनुसार २०७८ भित्र निर्माण सकिनु पर्ने हो । २०७८/७९ मा आइपुग्दा ७२.५ किमि कायम भएको यो सडक निर्माणको भौतिक प्रगति २१.१८ प्र