थाई अधिकारीहरूले प्यालेस्टिनी आतङ्कवादी समूहद्वारा इजरायल हमलामा बन्धक बनाइएका २२ थाईको अवस्थाका बारेमा गत साता इरानमा हमाससँग प्रत्यक्ष वार्ता गरेको थाई प्रतिनिधिमण्डलका प्रमुखले बताउनुभएको छ ।
अलराउन्डर मिच मार्स व्यक्तिगत कारणले स्वदेश फर्किएको क्रिकेट अस्ट्रेलियाले बिहीबार बताएको छ । स्वदेश फर्किएसँगै उनी अनिश्चितकालका लागि एक दिवसीय विश्वकपबाट बाहिर भएका छन् ।
आइसीसी टि २० विश्वकप एसिया क्षेत्र क्वालिफायरमा नेपाल बिहीबार रोमाञ्चक खेलमा ओमानसँग पाँच रनले स्तब्ध भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एसोसिएट टिमहरुमा बलियो मानिएको ओमानलाई कप्तान रोहित पौडेलले टस जितेपछि पहिले ब्याटिङ गर्ने निमन्त्रणा दिनुभएको थियो ।
चाडपर्वहरु नजिकिँदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदाय माटाका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसान धान काट्न र थन्क्याउन व्यस्त हुन थालेका छन् । किसानहरु खेतमा धान थन्काउनमा व्यस्त देखिन्छन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा प्रवाहका लागि ‘नागरिक रिपोर्ट कार्ड’ नामको आफ्नै क्युआर कोड सञ्चालनमा ल्याएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लामा चार दिनको अवधिमा २१ सय बढी सेवाग्राहीको विद्युत लाइन काटिएको छ भने एक करोड बढी बाँकी बक्यौता रकम असुल भएको छ ।
कात्तिक र चैत जोगीहरुको फेरी लगाउने महिना हुन् । यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरुलाई छ । दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समयमा आएर आफूहरुको पेसा सङ्कटमा पर्दै जान लागेपछि उनीहरु चिन्तित बनेका छन् ।
गण्डकी प्रदेश सूचना र सञ्चारमा अगाडि छ त्यो पनि स्याङ्जा जिल्ला त झनै सञ्चारमा अगाडि मानिन्छ । तर जिल्ला सदरमुकाम नजिकैको एक सिङ्गो गाउँ नै सञ्चारको पहुँचमा पुग्न सकेको छैन ।
आइसिसी टि २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज (बिहीबार) भएको खेलमा ओमानले घरेलु टोली नेपाललाई जितका लागि १४६ रनको चुनौती दिएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानी कर्ता एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिहरुले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको योगदानलाई राज्यले उच्च सम्मान गर्ने बताउनुभएको छ ।
मौसमा आएको परिवर्तनसँगै पर्सामा रुघाखोकी, ज्वरो र डेंगुका बिरामीको चाप बढेको छ । बिहान तथा बेलुका जाडो र दिउँसो हुने गर्मीका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी निकै बढेका छन् ।
दसैं र तिहारजस्ता चाडपर्व आउँदा सहरबजारबाट गाउँघर जाने त पुरानै चलन हो । तर मनाङको हकमा भने यो सन्दर्भ अलि फरक छ । जब चाडपर्व आउँछन् तब प्रायः मनाङी सहरबाट गाउँ जाँदैनन् ।