कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको विस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र विस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको छ भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो ।
१८औँ राष्ट्रिय जुडो प्रतियोगितामा एकै परिवारका तीन खेलाडी स्वर्ण जितेका छन् । नेपाल जुडो सङ्घद्वारा आयोजित प्रतियोगितामा इन्द्रबहादुर श्रेष्ठ र उहाँका बहिनीहरू निशा र देवकीले स्वर्ण जित्नुभएको हो ।
चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरू देखिएका छन् ।
दोस्रो डबल्स ब्याडमिन्टन मेयर कप प्रतियोगिताको उपाधि रोहित बराल र अभय महराले जित्नुभएको छ ।
बंगलाचुली गाउँपालिका –३ भेडाबारी निवासी लालबहादुर राना मगर काठ तथा घर निर्माणको काम गर्दै आउनुभएको छ ।
भेरी नदीमा निर्माणाधीन बेलिब्रिज (पुल) भाँचिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नायब सुब्बा र लेखापढी व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।
संयुक्त राज्य अमेरिका घृणा र चरमपन्थीको आक्रमणमा परेको अध्ययनहरूले देखाएका छन् ।
युक्रेनको वैदेशिक व्यापार सन् २०२३ को पहिलो त्रैमासिकमा वार्षिक ७ प्रतिशतले घटेर २५.८ बिलियन अमेरिकी डलर पुगेको छ ।
प्युठानको गौमुखी गाउँपालिका –५ स्थित ठूलावेशीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारको व्यवस्थापन र गौमुखी गाउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
तानसेन नगरपालिकाले हिजो (बुधबार) बाट सुरु गरेको पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न उच्च अदालत तुलसीपुर बुटवलले आदेश जारी गरेको छ ।
कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। प्रदेश प्रमुख तिलक परियारले उहाँहरूलाई शपथ खुवाउनु भएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायका ठेक्का अलपत्र पार्ने १५ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।
नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका –९ घतानको एक घरको दुर्लभ मानिएको ‘किङ कोब्रा’ (राज नाग) भेटिएको छ । बुधबार साँझ घतानका टेकबहादुर खड्काको घरको पिँढीमा अचानक कोब्रा देखापरेको हो ।