सर्लाहीको बरहथवा नगरपालिका जिल्लाकै पुरानो तथा प्रमुख व्यापारिक केन्द्र हो । साबिकका बरहथवा, मूर्तिया, श्रीपुर, लौकठ, सुन्दरपुर चोहर्वा (सुचु) र जानकीनगर गाउँ विकास समितिका पाँच वटा वडालाई
दया, माया, सद्भाव र शान्तिपूर्ण नेपाली समाजमा २०५२ देखि एक दशक क्रूर सशस्त्र द्वन्द्वले समाजलाई आक्रान्त पा¥यो । राजनीतिक उद्देश्य प्रेरित त्यो सशस्त्र द्वन्द्व अन्ततः शान्तिपूर्ण ढङ्गले नै व्यवस्थापन गर्न सम्बन्धित राजनीतिक पक्ष तयार भए । द्वन्द्वपीडित नागरिकले पीडाको वास्ता नगरी तिनलाई सत्तामा पु¥याए । दलहरू मिलेर नै शासन सत्ता चलाए तर शान्ति सम्झौता भएको दुई दशक पुग्न लाग्दासमेत शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन सकेका छैनन् । त्यसैले द्वन्द्वपीडितले न्याय पाएका छैनन् । क्षमाशील नागरिकको यो सांस्कारिक धैर्यलाई राज्य र त्यो द्वन्द्वका पक्षले अब पनि शक्तिको दुरुपयोगबाट बेवास्तामा पार्न खोज्नु दिगो शान्तिको नेपाली चाहना विपरीत हुने छ । शान्ति सम्झौताबमोजिम शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन द्वन्द्वपीडित, मानव अधिकार पक्षधर अनि विश्व समुदायबाट
अमेरिका, बेलायतलगायत पश्चिमी देशहरूले गाजापट्टीको युद्ध इजरायलको आफ्नो रक्षा अधिकारभित्रको विषय हो भनेर समर्थन जनाएका छन् । रुस र चीनले हमासले पछिल्लो समय गरेको क्रियाकलापको बारेमा प्रतिक्रिया नै नदिई युद्धविरामको आह्वान गरेका छन् । यसबाट के अनुमान गर्न सकिन्छ भने इजरायल प्यालेस्टाइनको मुद्दा नयाँ भूराजनीतिक प्रभावको व्यापक प्रवृत्तिसँग जोडिन पनि सक्छ । मानव समुदायका शान्तिको चाहनाका निन्ति युद्ध रोकिनु पर्छ । मानवीय मूल्यको उच्च सम्मान गर्दै युद्ध रोकी वार्ताद्वारा समाधान खोजिनु वाञ्छनीय छ ।
सरकारी कार्यालयको परिसर भित्र सञ्चालनमा रहेका क्यान्टिनहरूमा बिचौलिया दलालहरूको उठबस बढी भएको गुनासो पछि जिल्ला प्रशासन कार्यालय धादिङले सञ्चालित सबै क्यान्टिन हटाउन निर्देशन दिएको छ ।
मानव जीवन सिकाइको चौघेरो हो । जन्मदेखि मृत्युको शय्या नपुगुन्जेलसम्म सिक्ने क्रम जारी रहँदो रहेछ । त्यसैले जीवन सिकाइको धरातलमा कसैको पनि पूर्ण भएको मानिँदैन । सन् २०१३ मा नेपालबाट अमेरिका बसाइँ सरेपछि जीवनयापनका धेरै अवधारणामा नयाँ सिकाइ थप्ने अवसर प्राप्त भयो । त्यसमध्येको नयाँ सिकाइ दुई छोरीको बाबु हुँदै उनीहरूको शिक्षादीक्षामा केन्द्रित रहँदाको सिकाइ र भोगाइ निकै चाख लाग्दो भयो । पक्कै पनि नेपालमा जन्मी, हुर्की जीवनको महìवपूर्ण क्षण जन्मभूमिमा बिताएको हुँदा आफू हुर्कंदै गर्दाका अनुभव र अमेरिकामा दुई छोरी हुर्काउँदै गर्दाका अनुभवमा तुलना गर्ने अवसर मलाई प्राप्त भ
प्रहरीले बिहीबार प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन(मापसे) जाँच गरेको छ । प्याराग्लाइडिङ उडानका क्रममा मापसे गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच गरिएको हो । यदाकदा पोखरामा प्याराग्लाइडिङ दुर्घटनासमेत हुने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमण मुख्य गरी जलवायु परिवर्तन र नेपालको शान्ति प्रव्रिmयाको विषयमा केन्द्रित रह्यो । सङ्घीय संसद् र लुम्बिनीमा राष्ट्रसङ्घका महासचिवले दिएको भाषणले यी दुई विषयलाई उच्च महìव दिएको स्पष्ट हुन्छ । त्यसो त उहाँले विभिन्न देशमा जारी युद्धको विषयमा समेत चासो दिनुभयो । नेपालको शान्ति प्रक्रिया वर्षौंदेखि अधुरो छ । न्याय नपाएर कैयौँ मान्छे दुःखित र पीडित छन् । यसलाई टुङ्गोमा पु¥याउनु राष्ट्रिय कार्यभार हो ।
नेपाली सेनाले २२९ जना अधिकृत क्याडेट पदमा भर्ना आव्हान गरेको छ । सेनाले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको छ ।
मानव स्वास्थ्यका लागि नर्सको भूमिका अत्यन्तै महत्वपूर्ण हुने गरेको छ । जब मानव समुदाय स्वास्थ्यको विषयमा गम्भीर हुने गर्छ, तब नर्सको भूमिका झन् बढ्न जान्छ । पछिल्ला दिनमा हुने गरेको बसाइँसराइ, आवतजावत र बेलाबेलाको महामारीले गर्दा विश्व समुदाय नै स्वास्थ्यका दृष्टिले निकै संवेदनशील बन्दै गएको छ ।
नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षक देखि प्राविधिक प्रहरी सहायक निरीक्षक सम्मको पदमा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले शुक्रवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको छ ।
कैलालीमा यतिबेला धेरैजसो किसान धान भित्र्याउन र तोरी छर्नमा व्यस्त छन् । टीकापुर नगरपालिका–१, दक्षिणपुर्वा वनगाउँका ५४ वर्षीय सीताराम चौधरीलाई भने मखमली, सयपत्रीको माला र फूल बिक्रीवितरणमा भ्याइनभ्याइ छ । २०७४ सालदेखि पुष्प व्यवसायी सुरु गर्नुभएका सीतारामलाई फूलखेतीले राम्रो आम्दानी मात्र दिएको छैन, जिल्लामै पुष्प व्यवसायीका रूपमा स्थापित र नमुना व्यवसायी हुनुभएको छ । उहाँ पुष्प व्यवसाय प्रशिक्षकका रूपमा पनि स्थापित हुनुहुन्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
बाँकेको चिसापानीमा रहेका मुगालीहरूले आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै आएका छन् । मुगुमा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएसँगै २०३५ सालमा तत्कालीन सरकारले मुगालीलाई त्यहाँबाट स्थानान्तरण गरेर बाँकेको चिसापानीमा राखिएको थियो । महादेव मन्दिर व्यवस्थापन समिति चिसापानीका अध्यक्ष धनभक्त बुढाले आफ्नो मौलिक कला, संस्कृति, परम्परा, रीतिरिवाज र वेशभूषा नै आफ्नो पहिचान भएकाले आफ्नो परम्परालाई बाँकेको बसाइमा पनि निरन्तरता दिएको बताउनुभयो । उहाँले चिसापानीको बसाइसँगै आफ्नो पछिल्लो पुस्तालाई संस्कार र परम्पराबाट टाढा जान नदिन आफ्नो कला संस्कृतिलाई निरन्तरता दिएको बताउनुभयो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
गायक महेन्द्रराज बरालको स्वरमा ‘मोटरबाटो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुष्कर खत्रीको एरेन्ज र एवान म्युजिसियनको रेकर्ड तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ छ । भिडियोमा जिवी चिरण, वेदान थापा, कल्पना खड्का दीपा शाही, दुर्गा काफ्ले, रोयल प्रिन्स र प्रकाश चौलागाईं फिचर्ड हुनुहुन्छ ।