शुक्रबार अन्तिम चुनावी परिणाममा पूर्ण बहुमत हासिल गर्न असफल भएपछि न्युजिल्यान्डमा नयाँ प्रधानमन्त्री क्रिस्टोफर लक्सनले तीन–दलीय गठबन्धन सरकार बनाउने बताउनुभएको छ ।
हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सीधानको चामल स्वदेश तथा विदेशमा माग बढ्न थालेपछि यहाँका किसान स्थानीय जातको धानभन्दा मार्सीधान खेतीमा आकर्षण हुन थालेका छन् । अति लोकप्रिया मानिएको मार्सीधानको चामलको माग बढ्न थालेपछि किसान खेतीतर्फ आकर्षित भएका हुन् ।
मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो ।
आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
भारतमा उत्पादित हानिकारक सुर्तीजन्य पदार्थको नेपालमा बिक्री वितरण प्रतिबन्धित छ । तर पनि नेपालगन्ज लगायत बाँकेका विभिन्न ठाउँमा हरेकजसो पान पसल र किराना पसलमा भारतीय सुर्तिको बिक्री खुला रुपमा भइरहेको पाइन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ ।
यतिबेला चितवन जिल्लाका किसानलाई धान काट्ने र भित्र्याउने चटारो छ । जिल्लाको पश्चिम, पूर्वी र माडी क्षेत्रका किसान धान काट्न र भित्र्याउन व्यस्त छन् । धान स्याहार्न जिल्लामा श्रमिक पाइन छाडेपछि यहाँका किसानलाई धान रोप्नेदेखि काट्नेसम्म मधेस प्रदेश र तराईका श्रमिकको भर पर्नुपरेको छ ।
बीमाको रकम समयमै भुक्तानी नहुँदा सिन्धुली अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट बिरामीले निःशुल्क पाउने औषधि पाउन सकिरहेका छैनन् ।
शिक्षक अनुमतिपत्रको परीक्षा दिने परीक्षार्थीले हवाई टिकट पाएका छन् । शुक्रबार समिट एयर र नेपाल एयरलाइन्सको उडानमार्फत् उनीहरु परीक्षा दिन नेपालगन्जतर्फ लागेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले टोलमा रहेको ड्रागन खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । तस्बिरः सुरेश आचार्य/रासस
पोखराका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते हुने प्रतियोगितामा ४ इभेन्ट समावेश गरेको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पनि हुलाकी राजमार्ग निर्माणले गति लिन नसकेको स्थानीय बासिन्दाको गुनासो छ । स्तरोन्नति गर्न सुरु भएको चार वर्षमा कैलाली खण्डमा ३१ किलोमिटर हुलाकी सडक स्तरोन्नति भएको छ ।
भेरी करिडोरअन्तर्गत पर्ने जाजरकोटको तल्लुबगरस्थित भेरी नदीमाथि बेलिब्रिज पुलको निर्माण कार्य तत्काल सुरु गरिने भएको छ ।
नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत वितरण सबस्टेसनको उद्घाटन भएको छ ।
विषाक्त धुवाँका कारण भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार विद्यालय बन्द गरिएको छ । विषाक्त धुवाँले नयाँदिल्लीका तीन करोड बासिन्दाको जीवन कष्टपूर्ण बनेको छ ।