नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जित्नुभएको छ ।
सञ्जय पौडेलले ‘एनसेल बाह्रखरी गल्फ’ छैटौँ संस्करणको उपाधि जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट रिसोर्टमा शनिबार भएको प्रतियोगिताको उपाधिसँगै सञ्जयले सुनको बल पुरस्कार पाउनुभयो ।
नेशनल बुद्धिचाल प्रतियोगिताको खुल्लातर्फको उपाधि फिडे मास्टर रुपेश जैसवाल र वोमेन फिडे मास्तर सुजना लोहनीले जित्नुभएको छ ।
“रगत नालीमा होइन, नाडीमा बगाऔं’ बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै आज देशव्यापी रुपमा एकता दिवस मनाइएको छ । सन्त निरंकारी सत्संग भवन ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरी आज एकता दिवस मनाइएको हो ।
चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा रू ४८ अर्ब ३७ करोड बराबर पुगेको छ ।
मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी एक सय नौ जना घाइते भएका बताएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
पूर्वीपाकिस्तानको पञ्जाब प्रान्तमा आज बिहान भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । दुर्घटनामा चार जना महिला र तीन जना बालबालिकाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
साविक विजेता मच्छिन्द्र क्लब र नवप्रवेशी एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् । च्यासल मैदानमा शनिबार भएको खेलमा मच्छिन्द्रले फ्रेन्ड्सलाई २-१ गोलले हरायो ।
प्रतिनिधिसभा सदस्यको आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई महत्त्व दिँदै आएको बताउनुभएको छ।
साउदी अरबले एसीसी प्रिमियर कप क्रिकेटमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा शनिबार भएको खेलमा साउदीले कतारलाई सात विकेटले हरायो ।
उपप्रधान एवम् गृहमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कम्युनिष्ट पार्टीमा वैचारिक सांस्कृतिक समस्या बढ्दै गएको बताउनुभएको छ।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा भएका कम्युनिष्टहरु एकताबद्ध नभएसम्म देश समाजवादको लक्ष्यतर्फ अघि बढ्न नसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुनु जरुरी देखिएको बताउनुभएको छ।