व्यास नगरपालिका-२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लाग्नुभयो । उहाँसँग प्राविदेखि मावि तहसम्म अंग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ ।
दसैं सकेलगतै सप्तरीका किसानलाई धान भित्र्याउने चटारो भएको छ । दीपावली आउनुपूर्व नै धान भित्र्याउन सक्यो भने तेस्रो बाली लगाउन खेत खाली हुने र उचित समयमा आलु तेलहन दलहन र अन्य तरकारी बाली लगाउन सकिनेअग्निसाइर कृष्णासवरन ५ का कृषक शम्भु मेहताको भनाइ छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेका हात्तीको उपचारका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । निकुञ्जमा पालिएका हात्तीको जिल्लामै पहिलो पटक स्वास्थ्य जाँच गरिएको हो ।
नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन विकासको पहिलो आधार भएको बताउनु भएको छ ।
समाजिक सञ्जालबाट महिलाको फोटो दुरुपयोग गरी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुर्खेतका एकै परिवारका पाँच जना नेपालीको मृत्यु भएको छ ।
खजुरा प्रज्ञा प्रतिष्ठान बाँकेका उपकुलपति तथा कथाकार डा. इन्द्रबहादुर भण्डारीको कथा संग्रह ‘मयागाँठो’माथि परिचर्चा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।
जर्मनीले हमासका गतिविधिमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । जर्मनीले इजराइलविरोधी गतिविधि गर्ने तथा यहुदीविरोधी विचारहरु फैलाउने एउटा प्यालेस्टिन समर्थक समूहलाई विघटन गर्न आदेश दिएको पनि अल जजिराले बताएको छ ।
तिहारका लागि आवश्यक पर्ने सयपत्री र मखमली फूल जिल्लामै उत्पादन हुन थालेको छ । पुष्प खेती गरेर विगत ६ वर्षदेखि तिहारका लागि आवश्यक पर्ने फूल जिल्लामै पाइन थालेको हो ।
चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।
अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाई मार्न खोजेको आरोपमा कोहलपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।अरुको ज्यानमा पेट्रोल छर्किएर आगो लगाइ मार्न खोजेको आरोपमा प्रहरीले कनकासुन्दरी गाउँपालिका –१ का ३४ बर्षीय चन्द्र भनिने चन्द भण्डारीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।
नेपाल मजदुर किसान पार्टीले इजरायल र प्यालेस्टाइनबीच भइरहेको युद्धको सन्दर्भमा प्यालेस्टिनी शरणार्थीको पक्षमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
परिवारका चार जनाको हत्यापछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिएका छन् । घरका चार जना सदस्यको सामूहिक हत्या भएको खबर पाएपछि वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किएका थिए ।