काठमाडौं, कात्तिक १७ गते । नेपाल मजदुर किसान पार्टीले इजरायल र प्यालेस्टाइनबीच भइरहेको युद्धको सन्दर्भमा प्यालेस्टिनी शरणार्थीको पक्षमा काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेपाल मजदुर किसान पार्टीका जनवर्गीय सङ्गठनहरु नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घकाे संयुक्त आयोजनामा शुक्रबार राजधानीमा उक्त प्रदर्शन भएको हो ।
नेमकिपाका नेता तथा कार्यकर्ताहरुले ‘संसारका न्यायप्रेमी जनता प्यालेस्टिनी जनताको समर्थनमा’, ‘नेपाल सरकार अमेरिकी साम्राज्यवादको पिछलग्गू बन्न नहुने’, ‘संयुक्त राष्ट्रसङ्घमा युद्धविराम र शान्ति प्रस्ताव तुहाइएको’ लगायत विभिन्न नारासहितको पर्चा, ब्यानरसहित प्रदर्शन गरेको छ ।
उक्त जुलुस प्रदर्शन काठमाडौंको विशालबजार, न्युरोड, सुन्धारा, रत्नपार्क हुँदै शान्तिवाटिकामा कोणसभामा परिणत भएको छ ।