शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या ७२ पुगेको छ । थप विवरण आउने क्रम जारी रहेको छ ।
शुक्रवार राति गएको भूकम्पमा परी हालसम्म (यो समाचार तयार पारिन्जेलसम्म) रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ भने ५३ जना घाइते भएका छन् ।
गोङ्गबुस्थित नेसनल डायलासिस सेन्टर अप्रत्यासित रूपमा बन्द हुँदा उक्त केन्द्रमा नियमित डायलासिस गर्ने बिरामी मर्कामा परेका छन्। डाइलासिस सञ्चालकले तीन वर्षको भाडाबापतको बक्यौता रकम नदिएपछि घरबेटीले डायलासिस केन्द्र बन्द गर्न दबाब दिएका थिए। बुधबारदेखि डायलासिस सेवा बन्द भएपछि बिरामीहरूले सेन्टरमा धर्नासमेत दिएका थिए। केन्द्रका सञ्चालक कृष्ण महर्जनले तीन वर्षअघिदेखिको घर भाडाबापत १८ लाख रुपियाँ नदिएपछि डायलासिस केन्द्र बन्द भएको हो।
चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइएमा हेलो सरकार र नेपाल प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा खबर गर्न सकिने भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले चिनीको कृत्रिम अभाव सिर्जना गर्नेबारे हेलो सरकार र नेपाल प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) वा नेपाल प्रहरीको सामाजिक सञ्जालमा खबर गर्न आग्रह गर्नुभएको हो । उहाँले चाडपर्वको अवसरमा चिनीको कृत्रिम अभाव हुन नदिई आमउपभोक्तासम्म सहज बनाउन प्रहरीले सबै उपाय अपनाउने स्पष्ट पार्नुभयो । चिनीको कृत्रिम अभाव सिर्जना हुन नदिन नेपाल प्रहरीको एकाइ परिचालन गरिएको बताउँदै उहाँले दसैँयता मुलुकको विभिन्न स्थानमा लुकाइएका र गैरकानुनी रूपमा ल्याइएका चिनी बरामद गरिएको जानकारी दिनुभयो ।
सिंहदरबार परिसरभित्र तस्बिर, भिडियो खिच्न तथा टिकटक बनाउन रोक लगाइएको छ । केही समययता सिंहदरबार परिसरमा रहेका अति विशिष्टको कार्यालय अगाडि तस्बिर, भिडियो खिच्ने तथा टिकटक बनाउने क्रम बढ्दै गएकाले सो कार्यलाई निषेध गरिएको नेपाल प्रहरीले जनाएको छ ।
सरकारले नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलनपूर्व अनिवार्य रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन गराउनुपर्ने नयाँ कानुन प्रस्ताव गरेको छ । निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयकमा सरकारले नदीजन्य र निर्माणमुखी खनिज पदार्थको उत्खनन गर्नुअघि मूल्याङ्कन प्रतिवेदनको प्रस्ताव गरेको हो । विधेयकमार्फत सरकारले निर्माणमुखी खनिज क्षेत्रबाट उत्खनन र सङ्कलन गर्न अनिवार्य रूपमा अनुमतिपत्रको व्यवस्था प्रस्ताव गरेको छ । अनुमति व्यक्ति, फर्म तथा कम्पनीले लिन पाउने छन् । अनुमतिपत्र स्थानीय तहबाट जारी हुने छ ।
जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनु भयो । मौसमका कारण त्यस क्षेत्रमा जान केही ढिलाइ भएको छ, प्रधानमन्त्री जान तयारी अवस्थामा हुनुहुन्छ, आचार्यले भन्नुभयो ।
गए राती गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३७ जनाको निधन भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्पमा परी घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्नु भएको छ ।
गए रातीको भूकम्पमा परी जाजरकोट र रुकुममा २५ जनाको मृत्यु पुष्टि भएको छ ।
विभिन्न समयमा भएका क्रिकेट प्रतियोगिताको पूर्व घोषित नगद पुरस्कार अर्थ मन्त्रालयले निकासा गरेको छ ।
मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
जिल्लामा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता रानीवन गोल्ड कपको फाइनलमा सिमकोट गाउँपालिका –२ को ठेहे राइजिङ युवा क्लव ‘बी’ र खार्पुनाथ गाउँपालिका –४ को माझा युवा क्लब भिड्ने भएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने भएकाले त्यसको फाइदा पनि स्थानीयले पाउनुपर्ने बताउनुभएको छ । अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री महतले सो कुरा बताउनुभएको हो ।
काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदका लागि दरखास्त आव्हान गरेको छ ।