कोभिड सङ्क्रमणले देशभरि त्रास फैलिएको बेलामा कपिलवस्तुका आशिष् शर्मा भारततिर निस्किनुभयो । चौधरी ग्रुपमा उच्च तहमा कार्यरत शर्मा भारतको ४० बढी शीत भण्डारको अवलोकन गर्नुभयो ।
एसिसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार नेपाल र साउदीअरबबीचको खेल खराब मौसमका कारण रद्द भएको छ।
नेपालले एसियाली विकास बैङ्कलाई उत्पादन र रोजगारी सिर्जना हुने परियोजनामा लगानी गर्न आग्रह गरेको छ ।
चितवन २ को मतगणना सोमबार दिउँसो २ बजेबाट सुरु भएको छ। दिउँसो १ बजेबाट हुने भनिएको मत गणना एक घण्टा ढिला सुरु भएको हो।बिहानको बैठकपछि खाना खाएपछि मतगणना सुरु गरिएको हो।
महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका –४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।
बारा क्षेत्र नं. २ को मतगणना सोमबार दिउँसो १२ः४० देखि सुरु भएको छ । क्षेत्र उत्तरी भेगमा रहेका करैयामाई गाउँपालिका र सुवर्ण गाउँपालिका मतपेटिका खुलेको प्रमुख निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम भए पनि मन्तान्तरण घट्दै गएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको छ ।
अभिनेत्री मलिका महतले आफ्नो फिल्म ‘सतीदेवी’को छायाङ्कन सुरु गर्नुभएको छ । सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभसाइत गरिएसँगै फिल्मको छायाङ्कन सुरु भएको हो ।
नेपाल प्रहरी र लक्ष्मी बैङ्क लिमिटेडबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक, २०७९ मा निजी क्षेत्रलाई पनि अख्तियारको दायरामा ल्याउने व्यवस्था संविधान विपरीत भएको भन्दै निजी क्षेत्रले विरोध जनाएका छन् ।
चलचित्र विकास बोर्डको २३औँ वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नको लागि पछिल्ला दुई वर्ष रिलिज भएका नेपाली चलचित्रहरूको आवेदन माग गरेको छ ।
शिवसताक्षी नगरपालिका –९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ । विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो । सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो ।
जिल्लामा चैते धान खेतीको क्षेत्र विस्तार हुँदै गएको छ । जिल्ला भित्रका विभिन्न फाटमा बर्सेनि चैते धान खेती विस्तार हुँदै गएको हो ।
आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरू सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।