• ७ जेठ २०८१, सोमबार

जाजरकोटमा मात्रै भूकम्पबाट ३७ जनाको मृत्यु

blog

वासुदेव शर्मा

काठमाडौं, कात्तिक १८ गते । गए राती गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३७ जनाको निधन भएको छ । 

जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ, घाइतेहरू ल्याउने क्रम जारी रहेको छ । 

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार चार पटक भूकम्प भएको छ । राति ११ः४७, १२ः०८,१२ः२९,१२ः३५ गरी ४ पटकको क्रमशः ६.४, ४.८, ४.२, ४.३  म्याग्निच्युडको भूकम्प गएको थियो । 

यो पनि पढ्नुहोस

जाजरकोट र रुकुममा २५ जनाको मृत्यु