मुक्तिनाथ जाने हो ? जाने भए जाउँ । सिट खाली छन् । तिहारको पूर्वसन्ध्यामा आफन्तले मुक्तिनाथ यात्राको प्रस्ताव लिएर आउँदा उत्साहित हुँदै भनेकी थिएँ– आहा ! त्यत्रो तीर्थ जान पाए किन नजानु । धेरै अघि मुक्तिनाथ जान मन लागेपनि योजना नै बुनेकी त थिइनँ । समयले खटाएपछि योजना आफैँ बन्दो रहेछ ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठुलो मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ ।
भय, घृणा, ईष्र्या, सन्देह, लोभ, मोह, हीनता, अहङ्कार, द्वेष आदि दुर्गुणले मानिसको व्यक्तित्वमा क्रूरता, दुर्बलता, कठोरता, उदण्डता, निरसता, चिडचिडाहटपन, रुखोपन, अल्छीपन, अस्तव्यस्तता, धोका, स्वार्थीपन आदिले भरिदिन्छ । यसले तनाव, कुण्ठा, निरासा, लाचारी, दुःख, असफलता, दरिद्रता, थकावट, असन्तोष आदिबाहेक केही दिँदैन र आन्तरिक शक्ति दुर्बल बनाइदिन्छ तर विश्वास, अभय, सहिष्णु, मृदुता, श्रद्धा, निष्ठा, सहयोग, इमानदारी, दया, करुणा, सत्य आदि सद्गुणले आचार, व्यवहारमा वीरता ल्याई मानिसको व्यक्तित्व उत्साही, आशावादी, प्रसन्न, तनावमुक्त, विनम्र, सहृदयी, अनुशासित बनाइदिन्छ ।
झण्डै पाँच दशकअघि (२०३३ सालमा) तिहारलगत्तै एक दिन मेरा अग्रज पवनराज सुपारीका साथ पशुपति क्षेत्रमा अवस्थित भुवनेश्वरी मन्दिरमा आयोजित भट्टराई बन्धुहरूको भेलामा म सहभागी भएको थिएँ । समय–समयमा काम विशेषले काठमाडौँ जाने–आउने गरेको भए पनि जानपहिचान र सरसङ्गतका दृष्टिले काठमाडौँ मेरा लागि नूतन थियो । यहाँको परिवेश र रहनसहनबारे पढेको मात्र थिएँ– देखे जानेको थिइनँ ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ लाई विश्व सम्पदा सूचीमा समावेश गर्न स्थानीयवासीसँग छलफल गरिएको छ । नगरपालिकाले २०५४ सालदेखि तत्कालीन वडा नं. ५, ६ र ७ (हालको वडा नं. ७) लाई विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रयास गरे पनि हालसम्म सफल हुन नसकेपछि नगरपालिकाले स्थानीयवासीसँग पुनः छलफल सुरु गरेको हो ।
सुरेन्द्र प्रधान हामीबिच हुनुहुन्न । चित्रमा मात्र उहाँ जिवित हुनुहुन्छ । केही वर्षअघि उहाँको क्यान्सरको कारण निधन भयो । नेपाली कलाकारहरुलाई प्रायः क्यान्सरले नै लगेको देखिन्छ । डाक्टर रामकुमार भौकाजीलाई यही रोगले लग्यो । धरानका स्वयंप्रकाश श्रेष्ठको जीवनलीला पनि यही रोगले चुँड्यो । प्राज्ञ शान्तकुमार राई, पुरन खड्का लगायत धेरै होनहार प्रतिभाहरुको जीवनलीलालाई क्यान्सरले नै समाप्त पा¥यो । अझै खोज्दै जाने हो भने अरू पनि धेरै कलाकारहरु छन् जो चाँडै बिते । य
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय क्षति मात्र नभएर करोडौँको धनमाल समेतमा क्षति पुर्याएको छ । भूकम्पमा परी १२८ जनाले ज्यान गुमाई सकेका छन् भने सयौँको सङ्ख्यामा घाइते भएका छन् ।
प्राकृतिक फूलको आयात कम गर्न नवलपुर जिल्लामा व्यावसायिक फूल खेती सुरु गरिएको छ । तिहारमा सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने गरिन्छ । नवलपुरका विभिन्न ठाउँमा व्यावसायिक फूल खेती गरिएको छ । तिहारका लागि महत्वपूर्ण मानिने सयपत्री फूलको बिक्री सुरु गरिएको छ ।
स्थानीय तहहरूको आन्तरिक आम्दानी न्यून छ । विकास बजेट पनि कम हुँदा विकास निर्माणका कामलाई अघि बढाउन समस्या हुने गरेको छ तर केही स्थानीय तहले बाह्य लगानी जुटाएर विकास निर्माणका काम अघि बढाएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १० करोड हाराहारीमा बाह्य लगानी जुटाएको छ । नगरपालिकाको आफ्नै वार्षिक विकास बजेट न्यून छ । पालिकाको चालु आव २०८०÷८१ को विकास बजेट ३० करोड हो । अघिल्ला वर्षमा पनि सोही बराबरको बजेट विनियोजन हुने गरेको थियो । विकास निर्माणका काम बाह्य लगानीका भरमै गर्नु परेको नगर प्रमुख हस्त पुनले बताउनुभयो ।
मकवानपुरमा शुक्रबारबाट भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । जिल्लामा भिटामिन ‘ए’ खाने छदेखि ५९ महिना उमेरसम्मका करिब ३५ हजार पाँच सय जना बालबालिका रहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
भनिन्छ– शिक्षा भनेको ज्ञान, सिप, प्रतिभाको प्राप्ति हो । यो एक प्रकारको चेतना वा जागरणको विकास हो । जसले आफू, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगत्लाई चिन्ने र सोही अनुसार आफूलाई अनुकूलन गर्न सक्ने क्षमताको विकास गर्न सक्ने सम्भावनाहरूको खोजी गर्ने, हासिल गर्ने र त्यसको प्रयोगसमेत गर्न सक्ने बनाउनु हो ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि भेरी अस्पतालमा आवश्यक पूर्व तयारी गरिएको छ ।
फोर्थ इस्टेट वा फोर्थ पावर शब्दले प्रेस र समाचार जगत्लाई जनाउँछ । चौथो अङ्ग÷शक्तिले प्रेसमा राजनीतिक मुद्दालाई तयार गर्न सक्ने अन्तर्निहित क्षमता छ भन्ने देखाउँछ । पत्रकारिताले समाचार र विचार मात्र प्रवाह गर्दैन, यसले निगरानी, सहसम्बन्ध, सांस्कृतिक प्रसारण, जनतालाई सङ्गठित गर्ने र जनमत निर्माणको महत्वपूर्ण भूमिका निर्वाह गर्छ । पत्रकारिताको प्रमुख केन्द्रमा नागरिक भएको हुँदा अधिक शक्तिशाली भएको छ । मानिसमा सञ्चारको प्रभाव धैरै पर्छ । प्रत्येक मानिसले सञ्चारमा पहुँच पुगोस भनेर कामना गर्छ । लोकतान्त्रिक देशमा सञ्चार माध्यमलाई राज्यको चौथो अङ्ग भनिने कारण यहीँ हो । चौथो अङ्ग संवैधानिक रूपमा
प्राध्यापक अमत्र्य सेनका अनुसार विकास प्रक्रियाको अन्तिम लक्ष्य मानव विकास हो । जसको दायराभित्र सामाजिक प्रगति, आयमा वृद्धि, क्षमता विकास, समता, सहभागिता तथा स्वतन्त्रता, वातावरणीय दिगोपना र मानवीय सुरक्षा पर्दछ । खासगरी सन् २००० मा घोषित सहस्राब्दी विकास लक्ष्यमा पहिलो पटक मानव विकास र वातावरणलाई अन्योन्याश्रित पक्षका रूपमा स्वीकार गरिएको थियो । तथापि सन् १९८० को दशकमै दिगो विकासको अवधारणासँगै विकासमा वातावर
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठुलो मानवीय क्षति भएको खबरले दुखित भएको उल्लेख गर्नुभएको छ ।