यही फागुन र चैतमा धनकुटाको महालक्ष्मी नगरपालिकाका १० घरमा आगलागी भयो। वनजङ्गलमा लागेको डढेलो बस्तीसम्म पुग्दा करिब दुई महिनाको अन्तरालमा महालक्ष्मी नपाका १० घरमा आगलागी हुन पुग्यो। पछिल्लो समय वनजङ्गलमा आगलागी भइहाले बस्ती जोखिममा पर्ने महालक्ष्मी नपाका प्रमुख ध्रुवराज रायले बताउनुभयो। “दुई महिनाको अन्तरालमा कैयौँ हेक्टर वन र १० घर जलिसकेका छन्। अझै धेरै जोखिममा छन्,” उहाँले भन्नुभयो, “वनमा डढेलो कसले लगाउँछ थाहा हुँदैन, लागिसकेको डढेलो नियन्त्रणमा लिन धेरै गाह्रो हुन्छ।”
तत्कालीन लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको आरौराकोट नजिकै कनकमुनि बुद्धको प्रतिमा सहितको बगैँचा अलपत्र अवस्थामा रहेको छ ।
भूकम्पले क्षतिग्रस्त बनाएका घर पुनर्निर्माण भए पनि दोलखाका गाउँ छाडेर सहर छिर्ने क्रम बढ्दै गएको छ। वि.सं. २०७२ वैशाख १२ को भूकम्प र वैशाख २९ को परकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये दोलखा पनि एक हो। वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु गोरखा भए पनि २९ गतेको भूकम्पको केन्द्रबिन्दु भने दोलखा हो। त्यसैले २९ गतेको भूकम्पले दोलखामा बढी क्षति पुगेको थियो। दोलखामा भूकम्पले क्षति पुगेका ७३ हजार घरमध्ये ६२ हजार ५९० पुनर्निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका असिस्टेन्ट सब इन्जिनियर रामशरण न्यौपानेले बताउनुभयो।
वि.सं. २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पले ठूलो जनधनको क्षति पुर्याएको सिन्धुपाल्चोकमा आठ वर्षपछि पुनर्निर्माण सम्पन्न हुँदैछ। भूकम्पबाट पीडित भएका लाभग्राहीमध्ये ९५ प्रतिशतले सरकारी अनुदान लिएर घर बनाइसकेका छन्।
चितवनको निर्वाचन क्षेत्र नं. २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय नजिक पुग्नुभएको छ ।
चालु आर्थिक वर्षको नौ महिनामा संयुक्त अरब इमिरेट्स (यूएई)मा वैदेशिक रोजगारीका लागि गएका ११७ नेपालीले ज्यान गुमाएका छन । यूएईमा कामका लागि श्रम स्वीकृति लिएर गएकाको तथ्याङ्क नै करिब तीन लाख ५० हजारको हाराहारीमा छ । नेपाली दूतावासले चालुु आर्थिक वर्ष २०७९/८० साउनदेखि चैत महिनासम्म पहिलो नौ महिनामा रोजगारीमा यूएई आएका ११७ नेपालीले रोजगारीका क्रममा ज्यान गुमाएको जानकारी गराएको छ ।
सेती हाइड्रोपावर प्रालिले कास्कीको मुसाटुँडातोडामा निर्माणाधीन २२ मेगावाटको सेती खोला जलविद्युत् आयोजनामा डोल्मा इम्प्याक्ट फन्ड–२ ले ४३ करोड रुपियाँभन्दा बढी स्वपुँजी लगानी गर्ने भएको छ । कुल पाँच अर्ब पाँच करोड लागतमध्ये ऋण ७५ प्रतिशत र स्वपुँजी २५ प्रतिशतमार्फत वित्तीय व्यवस्थापनको टुङ्गो लागेको सो आयोजनाको स्वपुँजीमा ४९ प्रतिशत हिस्सा हुने गरी डोल्माले करिब ४५ करोड रुपियाँ लगानी गर्ने गरी कम्पनीसँग सम्झौता गरेको छ ।
बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउनु भएको छ । उहाँले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहकसँगको मतान्तर तीन हजार पुर्याउनु भएको हो ।
लामो समयदेखि तलब नपाउँदा सागरनाथ वन विकास परियोजनाका कर्मचारी बिचल्लीमा छन् । भदौ महिनादेखि परियोजनाको आर्थिक कारोबार ठप्पप्रायः छ । वैशाखसमेत जोड्दा नौ महिनादेखि तलब नपाएको कर्मचारीको भनाइ छ । यसबीच चाडबाड बिते, छोराछोरीको पढाइ प्रभावित भयो, उपचार र छाक टार्न ऋण लिनु परेकोजस्ता अनेक समस्या झेल्न बाध्य भएको पीडित कर्मचारीको दुखेसो छ । तलब नपाएकै कारण गुजारा चलाउन गाह्रो भएपछि ४० जना कर्मचारीले राजीनामा दिएर पेसा नै परिवर्तन गरिसकेका छन् । परियोजनामा २० वर्षदेखि सेवा दिँदै आएका चौकीदार कृष्णबहादुर तामाङले बाध्य भएर राजीनामा दिएको बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने गरी कुनै कानुन बनाउने पक्षमा सरकार नरहेको पनि स्पष्ट पार्नुभयो। नेपाल रिपब्लिक मिडियाको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सञ्चार क्षेत्रको विगतको भूमिकालाई ध्यानमा राखेर र आगामी दिनमा पनि नागरिकलाई सुसूचित गर्न खेलेको भूमिकाको उच्च कदर सरकारले गर्ने उल्लेख गर्नुभयो। उहाँले पत्रकारिता क्षेत्रको योगदानका आधारमा पनि यसको आलोचनात्मक पक्षलाई सशक्त तुल्याउन सरकारले गर्नुपर्ने सबै कानुनी र अन्य आवश्यक व्यवस्थाको तयारी गरिरहेको जानकारी दिनुभयो। पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहनेहरू सल्बलाउन थालेकाले यसप्रति पनि सतर्क हुनुपर्ने
सुडानमा रहेका नेपाली नागरिकको सुरक्षाका लागि नेपाल सरकारले तदारुकताका साथ पहल थालेको छ । गत सातादेखि सुडानमा चर्किएको द्वन्द्वका कारण त्यहाँस्थित नेपालीको सुरक्षा र उद्धारका लागि सरकारले पहल थालेको हो । इजिप्टको कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका १९ जना नेपाली हालसम्म सुरक्षित रहेको मन्त्रालयले उल्लेख गरेको छ । अन्य नेपाली नागरिकलाई सम्पर्कमा ल्याउन आवश्यक पहल भइरहेको छ । शान्ति मिसनमा कार्यरत तीन जना नेपाली शान्ति सैनिक आइतबार अफ्रिकी मुलुक चाडतर्फ गएका छन् भने खार्तुमस्थित संयुक्त राष्ट्रसङ्घका विभिन्न निकायमा कार्यरत सात जना नेपाली सोही दिन खार्तुमबाट युगान्डा जाने तयारीमा रहेको मन्त्रालयले जनाएको छ ।
मालपोत कार्यालय खोटाङमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । लामो समयदेखि कार्यालय प्रमुख रिक्त हुँदा दैनिक काम समेत प्रभावित भएर सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।
‘शून्य औलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारा सहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।
दुई हप्तादेखि अवरुद्ध रहेको सिंहदरबार परिसर, राष्ट्रपतिको कार्यालय र बालुवाटारस्थित प्रधानमन्त्री निवासको फोहोर उठाउन सुरु भएको छ। सर्वोच्च अदालतले शुक्रबार काठमाडौँ महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन निर्देशन दिएको थियो। सोमबारदेखि सिंहदरबारभित्रको फोहोर सङ्कलन तथा व्यवस्थापन सुरु भएको छ। महानगरले सिंहदरबारको फोहोर उठाउन छोडेपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले फोहोर उठाउन महानगरपालिकाको नाममा आदेश जारी गरेको थियो।
तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेको निर्वाचित हुनु भएको छ । आज बिहान सम्पन्न मतगणना अनुसार डा.वाग्लेले ३४ हजार नौ सय ११ मत प्राप्त गरी निर्वाचित हुनु भएको हो ।