राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मन्त्रिपरिषद्को आदेश विपरीत भित्तेपात्रो प्रकाशन गरेको भेटिएको छ ।
स्पेनिस ला लिगा फुटबलको उपाधि दौडमा रहेको बार्सिलोनाले एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई १-० गोलले हरायो ।
बुट्यान बढेर कुरूप देखिएको सिद्धार्थ गौतम बुद्धको गृह नगरी तिलौराकोट राजदरबार परिसरको सरसफाइ गरिएको छ ।
म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा ब्राइटनलाई सडनडेथमा ७-६ गोलले हरायो ।
कोरोना भाइरसको महामारी सुरु हुनुअघि सन् २०१९ को सोही अवधिको तुलनामा पछिल्लो त्रैमासिक अवधिमा जापानमा होटलको औसत मूल्य १५ प्रतिशतले बढेको एक सर्वेक्षणले देखाएको छ ।
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल वर्षाले प्रभावित बनेको छ । सोमबार ९:०० बजेदेखि मूलपानी मैदानमा सुरु हुनुपर्ने खेल वर्षाका कारण टस समेत नभई रोकिएको छ ।
अकस्मात आज हरिलाई पशुपतिको भिक्षा माग्न लहरै लाम लागेर बसेको देख्दा छक्क परेँ । मुखमा पनि कालो कालो दलेको, झुत्रो कमिज र त्यस्तै फाटेको हाफ पाइन्टमा हरि आफ्नोसामु एउटा सिलेवरको थाल ठटाउँदै “गरिबलाई सहयोग गर्नुहोस् हजुर” भन्दै भिक्षा मागेको देखेँ । एकैछिन टक्क अडेर हेरिरहेँ । उसले देखे न देखे झैँ गरेको ।
हामी उसलाई ‘गुरु’ भन्ने गर्दछौँ; किन भन्दछौँ, यसको कुनै अर्थताŒिवक परिभाषा हामीसँग छैन । एउटा कुरा भने निश्चित के छ भने ऊ कुनै पनि कुरा परिहासपूर्ण तरिकाले यस्तरी भन्ने गर्दछ, मानौँ उसलाई कुनै पी
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने तयारी थाल्नुभएको छ। सरकारलाई दिएको समर्थन नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो।
बैतडीका स्थानीय तहमा ६४ करोड रुपियाँभन्दा बढी बेरुजु थाती रहेका बेला सुर्नया गाउँपालिकाले नियम विपरीत अध्यक्ष र उपाध्यक्षको स्वकीय सचिव नियुक्त गरी मासिक ३४ हजार रुपियाँ तलब सुविधा दिन थालेको छ।
अमेरिकामा महिलामा हुने क्यान्सरमध्ये ५१ प्रतिशत तथा क्यान्सरले हुने मृत्युमा २८ प्रतिशत स्तन, डिम्बाशय एवं पाठेघरको क्यान्सर कारक हुन्छ । विकसित देशको क्यान्सर सूचीमा स्तन क्यान्सर माथि भए पनि विकासोन्मुख देशमा स्त्री जननेन्द्रिय क्यान्सर त्यसमा पनि पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिएको छ ।
कर्णाली प्रदेश सरकारले एक सय दिनको कार्यप्रगति सार्वजनिक गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा आइतबार कार्यसम्पादन प्रगति तथा उपलब्धि सार्वजनिक गरेको हो ।
दार्चुलाको दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल अनिश्चितकालका लागि बन्द गरिएको छ। पुल निर्माण भएको दुई वर्ष बितिसक्दा पनि निर्माण व्यवसायीले श्रमिकको ज्याला भुक्तानी नगरेपछि श्रमिकहरूले शुक्रबारबाट पुल बन्द गरेका हुन्।