गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १७ गते । आगामी तीन दिन पहाडी भूभागका केही स्थानमा आंशिक बदली भए पनि बाँकी भूभागको मौसम सफा रहनेछ । मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पहाडी भूभागका केही स्थानमा मौसम आंशिक बदली भएको छ ।
केही स्थानमा हल्का बर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार देशको पडाडी स्थानमा बादल देखिए पनि तत्काल ठूलो पानी पार्ने प्रणाली भने विकसित भएको छैन।
भोलि देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी स्थानको मौसम आंशिक बदली रहनेछ । अन्य स्थानको भने मौसम सामान्यतया सफा नै रहने उहाँको भनाइ छ । पुडासैनीका अनुसार पर्सी उच्च हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ । बाँकी स्थानको मौसम सफा रहनेछ ।