बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारबेँसीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
लहरै रोपिएका सयपत्री फूलका बिरुवा । ती मध्ये कुनै हाँगामा फूलका कोपिला झपक्क छन्, कुनै हलल बढेर ढल्न आँटेका । यही बिरुवाको स्याहारमा जुटेका छन् किसान रामप्रवोध पण्डित ।
उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको बताएको छ ।
नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैंलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् ।
स्याङ्जाको गल्याङ नगरपालिका –७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको मृत्यु भएको छ । छोराको अवस्था गम्भीर रहेको छ ।
छठ पर्व नजिकिँदै गर्दा काठमाडौंको गुह्रेश्वरी क्षेत्रमा एक्जाभेटरको प्रयोग गरी बागमती सफा गरिँदै छ । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको हो ।
सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।
नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदै गर्दा पटाकालगायतका आतसबाजी सामान प्रहरीले बरामद गर्न थालेको छ । इलाका प्रहरी कार्यालय बुटवलले तीन लाख ३७ हजार मूल्य बराबरको पटाका बरामद गरेको हो ।
विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाको सुनका तयारी गहना १५३ ग्राम आठ मिलिग्राम र चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम पाँच मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बाँके जिल्ला अदालतले रिगल भनिने योगराज ढकाललाई शुक्रबार जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ । रिगललाई सर्वोच्च अदालतले आदेश गरेको उनको बाँकी रहेको ११ बर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान गर्नका लागि शुक्रबार कारागार कार्यालय नेपालगञ्ज पठाइएको बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोजनीधि वाग्लेले जानकारी दिनुभयो ।
सुनसरीको इनरुवा–२ का अभिषेक पण्डित माटाको दियो बनाउँदै । तिहार नजिकिएसँगै कुमालेलाई दियोलगायत माटाको भाँडाकुँडा बनाउन भ्याइनभ्याइ छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्याबाट समाधानका लागि यसपटक स्पष्टरुपमा दाबी पेश गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीले दाहालले भन्नुभयो, “जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण पहल लिन सक्छ । यो मुद्दामा विश्वलाई नै हामीले नेतृत्व गर्ने गरी हामी प्रस्तुत हुनुपर्छ ।”
काठमाडौँ महानगरपालिकाले चालु शैक्षिक सत्रका लागि शिक्षामा सीप कार्यक्रममा प्रशिक्षण दिन चाहने सङ्घसंस्था तथा व्यक्तिहरूलाई विद्यालयमा सूचीकृत हुन अनुरोध गरेको छ ।
नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरमा कार्यवाहक अध्यक्षको जिम्वेवारी सचिव विष्नुप्रसाद सापकोटा (बिमल) ले पाउनुभएको छ ।
गुल्मीमा १५ वर्षीया किशोरीको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।