नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आलोचना गर्न नसकेपछि विरोध भइरहेको बताउनुभएको छ ।
एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो ।
नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लाहरूसँग जोडिएको भारतीय सिमानाकामा रहेका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरेको छ ।
आइसिसी ट्वान्टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने सेमिफाइनलमा नेपाल र युएईले प्रतिस्पर्धा गर्नेछन् । खेल मुलपानी माथिल्लो मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
पछिल्ला वर्षहरूमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा डेङ्गुका बिरामी ह्वात्तै बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। तीन वर्षअघि जिल्लाका विभिन्न स्थानमा गरी जम्मा १४ जनामा मात्र डेङ्गु सङ्क्रमण देखिएको थियो । गत वर्ष बढेर २३३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो । गत वर्ष पाल्पामा डेङ्गुकै कारण एक जनाको मृत्यु भएको थियो ।
लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ ।
होटल सङ्घ पोखराको आयोजना एवं पोखरा महानगरपालिकाको सहयोगमा बिहीबारदेखि पूर्वी नेपालका प्रमुख सहरमा पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु गरिएको छ ।
‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा गोर्खा ब्वाइज स्पोर्टस् क्लब बुटवल विजयी भएको छ । गोर्खा ब्वाइजले सुदूरपश्चिम–११ धनगढीलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भिड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भिड बढेको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले दसैँलगत्तै तातोपानीमा नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन बुझाइएको छ । आयोगका सदस्य सूर्यबहादुर गुरुङले आयोगको आर्थिक वर्ष २०७९/८०
मुसीकोट नगरपालिका–१ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा कार्यरत आठ कर्मचारी अनधिकृत भएको पाइएको छ । विद्यालय प्रशासनले १२ वर्षदेखि कार्यरत आठ कर्मचारी अनधिकृत भएकाले कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ । विद्यालयका प्रधानाध्यापक गोपीराम केसीका अनुसार २०६८ सालमा एक विनियमावली बनाई विभिन्न पद सिर्जना गरेर नियुक्त गरिएका आठ जनाको नियुक्ति प्रक्रिया अनधिकृत छ । विद्यालय प्रशासनले ती कर्मचारीको नियुक्ति कानुनविपरीत भएको निष्कर्ष निकालेको छ ।
नेपाल विद्युत् प्राधिकरणले जुम्लामा ७० मेगावाटको जलविद्युत् उत्पादन गर्ने भएको छ । जुम्लाको तिला नदीमा ७० मेगावाटको विद्युत्का लागि जवा–तिला जलविद्युत् आयोजनाको लाइसेन्स स्वीकृत गरिएपछि विद्युत् निर्माणको काम थालिने भएको छ । जिल्लाको तिला गाउँपालिकामा बगिरहेको तिला नदीबाट विद्युत् उत्पादनका लागि नेपाल विद्युत् प्राधिकरणले इन्जिनियरसहितको टोली खटाएर सर्भे गर्नुका साथै सो क्षेत्रमा विद्युत् आयोजना निर्माण प्रक्रियाका लागि नेपाल विद्युत् विकास बोर्डले लाइसेन्स प्रदान गरेको प्राधिकरणका इन्जिनियर कृष्ण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार टोली जुम्ला आएर भौगोलिक अवलोकनसहित आवश्यक काम गरेपछि लाइसेन्स प्रदान गरिएको हो ।
काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिन्जोर पुल नजिक बिहीबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाबाहिरका विभिन्न बजारमा टिमुरको माग बढ्दै गएको बेला बाजुराका अधिकांश जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । यहाँका स्थानीयले टिमुरका बारेमा खासै चासो नदेखाउँदा विभिन्न वनजङ्गल आफैँ फलेको टिमुरमा त्यत्तिकै खेर जाने गरेको हो । घरमा प्रयोग गर्नका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्र्ने गरी टिमुर टिप्ने नगरेको छेडेदह गाउँपालिका–२, जयवागेश्वरीका स्थानीय बने रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा बिक्री हुँदैन । बाहिर लिएर बेच्न सकिँदैन । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यत्तिकै खेर जाने गरेको हो ।”