रुपन्देहीको सिद्धार्थनगरका किसानलाई कृषक कार्ड वितरण गरिएको छ । सिद्धार्थनगर वडा –४ ले आफ्नो वडाभित्रका कृषकलाई कृषक कार्ड वितरण गरेको हो । उहाँहरूलाई एक कार्यक्रमबीच कार्ड हस्तान्तरण गरिएको वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरुरी रहेको बताउनुभएको छ । न्यूज एजेन्सी नेपालसँगको शनिबार भएको संवादमा उहाँले सो कुरा बताउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको चार प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गर्दै समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताउनुभएको छ।
विदेशी मुद्रा आर्जनमा देशको अर्थतन्त्रका लागि एक हिस्सा बन्दैगएको नेपाली चियाका लागि थप विदेशी बजारको खोजी थालिएको छ । विगतदेखि नै केही मात्रामा नेपाली चिया जाने गरेको जर्मनी, रुस, जापान, युएइ, चीन, डेनमार्क, नर्वे, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायतका देशमा थप सम्भावित बजारको खोजी थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाका बाँकी कामलाई जसरी पनि पूरा गर्नुपर्ने बताउनुभएको छ।
सल्यान स्थायी घर भई काठमाडौँ कोटेश्वर बस्दैआएका नरेश केसीका परिवारले आफ्नो २० महिने छोरा बचाउन सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका –८ पचुईबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पुर्याइएको छ।
प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गरेको भन्दै १८ वटा सञ्चार माध्यमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
गत फागुन १९ गतेदेखि प्रदर्शनमा रहेको चलचित्र ‘छक्का पञ्जा ४’ ले काठमाडौं उपत्यकाका एघार र मोफसलका छ हलमा एकसाथ एकाउन्न दिन पार गरेको छ ।
बागलुङमा हरेक वर्ष बाढीपहिरामा परी धेरैले ज्यान गुमाउने गरेका छन् । तल समथर भूभाग माथि अग्लो पहाड । त्यसमाथि हुने जतात्यतै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ ।
जिल्लाका सामुदायिक विद्यालयमा विद्यार्थी भर्नासँगै हात हातमा पुस्तक अभियान सञ्चालन भएको छ । स्थानीय तहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरुले घरदैलो गरेर विद्यार्थीलाई भर्ना अभियान सञ्चालन गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र अझैपनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयासमा रहने गरेको बताउनुभएको छ । शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले जथाभाबी विद्यालयहरूको कक्षा कटौती र समायोजन गरेको भन्दै स्थानीय स्तरमा विरोध सुरु भएको छ ।