• ९ मंसिर २०८१, आइतबार

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

blog

काठमाडौँ,  कात्तिक १७ गते । प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किनुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गर्नुभयो ।

प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । बेइजिङमा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नुभएको थियो । भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत रहनुभएको थियो । प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गर्नुभएको थियो ।  रासस