• ४ जेठ २०८२, आइतबार

कार दुर्घटनामा चार जना घाइते

blog

बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारबेशीँमा दुर्घटना भएको कार । तस्बिर : केदार तिमल्सिना

केदार तिमल्सिना
काभ्रेपलाञ्चोक, कात्तिक १७ गते ।
बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ चारबेशीँमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको बि आर ०६ डिई ४३११ नम्बरको भारतीय कार शुक्रबार मध्याह्न १२ः३० बजे अनियन्त्रित भई रोशी खोलामा खस्दा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

दुर्घटनामा महोत्तरी गौशला नगरपालिका–५ बस्ने २३ वर्षीय धीरेन्द्र चौधरी, २० वर्षीया खुस्बु चौधरी, १९ वर्षीया प्रेमिका चौधरी र सोही स्थानकी १९ वर्षीया अञ्जली चौधरी घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार पूर्णरुपमा क्षति भए पनि कार चालकलाई भने केही नभएको प्रहरीले जनाएको छ । घाइते चारै जनाको शरीरको विभिन्न भागमा चोट लागे पनि अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेलाई स्थानीय नार्के मेडिकल पठाएकोमा मेडिकलले थप उपचारका लागि धुलिखेल अस्पताल पठाएको प्रहरीले जनाएको छ ।