• १ जेठ २०८२, बिहिबार

गुल्मीमा १५ वर्षीया किशोरीको शव फेला

blog

तिलाचन पाण्डे
तम्घास,कात्तिक १७ गते ।
गुल्मीमा १५ वर्षीया किशोरीको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ वर्षीया किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

शान्तिपुरको पुल मुनी शुक्रबार बिहान अर्धनग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिनुभयो । घटनास्थलमा प्रहरी प्रमुख प्रधानसहितको टोली पुगेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।