• १ जेठ २०८२, बिहिबार

बाघको आक्रमणबाट मृत्यु

blog

मुकुन्द सुवेदी

बर्दिया, कात्तिक १७ गते । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ वर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीका अनुसार आज दिउँसो नजिकैको चिरौटे सामूदायिक वनमा बाख्रा चराउन गएका बेला डाँगीलाई बाघले आक्रमण गरेको थियो ।  

मृतक डाँगीको शव घटनास्थल नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको जनाएको छ ।